रणभैरव गणमा महिनावारी भएका महिलालाई प्रवेश निषेध


प्रकाशित मिति :2018-08-15 12:59:16

–महिला खबर–

ललितपुर । राजधानीको हनुमानढोकास्थित नेपाली सेनाको रणभैरव गणले महिनावारी भएका महिलालाई सात दिनसम्म मूल गेटबाटै प्रवेशमा निषेध गरेको छ ।


महिनावारी भएको समयमा महिलाहरूलाई उक्त गणभित्र प्रवेश गर्नु हुन्न भन्ने जानकारी नहुन सक्छ भन्दै शुरुमै जानकारी दिन गणले गेटमै सूचना बोर्ड राखेको बताएको छ ।

यसअघि मूल गेट बाहिरै ३ बुँदे सूचना टाँस गरेर महिनावारी भएका महिलालाई मूल गेटबाट प्रवेशमा निषेध गरेकोमा सामाजिक सञ्जालमा व्यापाक बिरोध भएपछि अहिले बोर्ड भने भित्र सारिएको छ ।

गणका प्रमुख कर्णेल कृष्णबहादुर रायमाझीले सामाजिक सञ्जालमा महिनावारी भएका महिलालाई प्रवेशमा रोक लगाइएको बोर्ड बारे चर्को आलोचना भएपछि बोर्ड भित्र सारिएको बताए ।

कर्णेल रायमाझी उक्त गणको गणपति भएर आएदेखि उनैको पहलमा एक वर्षअघि सूचना बोर्ड राखिएको हो । उनका अनुसार नेपाली सेनामा महिला सैनिक पनि कार्यरत रहेको र गणमा आउँदा गेटमा रहेका सिपाहीले महिनावारीबारे सोध्न असहज हुने भएकोले उनीहरूको सजिलोको लागि सूचना टाँसिएको हो ।

महिला खबरसँग बुधबार बिहानको भेटमा उनले भने, ‘मूल गेटको आडैमा निशान कवल (देशभरकै नेपाली सेनासँग सम्बन्धित निशान, शक्ति पीठ) रहेकोले महिनावारी भएको सात दिनसम्म मूल गेटबाट छिरेमा गणभित्र अपसकुन हुन्छ । त्यसैले महिनावारी भएका महिलाहरू भित्र छिर्न मिल्दैन ।’

उनले नेपाली सेनामा कार्यरत सबै सैनिकमा महिनावारी भएका महिला उक्त गेटबाट प्रवेश गर्न नहुने बताए । महिनावारी भएका व्यक्ति मात्रै होइन पानी पर्दा छाता ओढेर र बरखी (आसोच) बारेका व्यक्ति पनि मूल गेटबाट प्रवेशमा निषेध गरिएको छ ।

‘संस्कृतिको पालना गर्नु आ–आफ्नो विश्वासको कुरा हो’ उनले थपे, ‘यहाँ पनि हामीलाई महिनावारी भएका महिला भित्र जानुहुन्न भन्ने विश्वास छ ।’

सैनिक महिला राखिदैंन

नेपाली सेनामा महिला पनि कार्यरत छन् । तर रणभैरव गणमा भने सैनिक महिला राखिएको छैन । गणपति रायमाझीले केही समय अघि २ जना महिला सैनिकको उक्त गणमा पोष्टिङ भएकोमा उनीहरूको पोष्टिङ सारेर अन्तै पठाइएको पनि महिला खबरलाई बताए ।

सैनिक महिलाहरू महिनावारी हुने र त्यो समयमा गणमा बस्न नमिल्ने भएकाले उनीहरूको पोष्टिङ अन्तै सारिएको पनि उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: