–महिला खबर–
ललितपुर । महिला तथा बालकालिकाहरु मनोरञ्जन क्षेत्रमा काम गर्न आउनुको मुख्य कारण घरेलु हिंसा रहेको पाइएको छ ।
गएको मे महिनामा महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन)ले आयोजना गरेको मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकसँगको दुई दिने बन्द कार्यशालामा यस्तो पाइएको थियो । सो कार्यशालामा १० देखि १८ वर्ष उमेर समुहका २४ जना बालिका थिए ।
एटविनले आज मंगलबार काठमाडौंमा आयोजना गरेको ‘मनोरञ्जन क्षेत्रमा हुने व्यवसायिक बाल यौन शोषण तथा आन्तरिक बेचबिखनको समस्या तथा समाधानका उपायहरु’ विषयक अन्तरक्रियामा सो जानकारी गराइएको हो ।
कार्यक्रममा सहजकर्ता निलम शर्माले कार्यपत्र प्रस्तुत गर्दै उक्त कार्यशालामा सहभागिमध्ये ९० प्रतिशतले आफू कुनै न कुनै रुपमा बाल्यकालमा घरेलु वा लैंगिक हिंसाबाट प्रभावित रहेको पाइएको बताइन् ।
यस्तै कार्यशालामा सहभागि २४ मध्ये ६ जना आफन्तको माध्यमबाट, १ जना आफै खाजेर र बाँकी १७ जना साथीको माध्यमबाट यस क्षेत्रमा लागेको बताएका थिए ।
काठमाडौं वडा नं ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले मनोरञ्जन क्षेत्रका समस्या समाधान गर्न सबै लाग्नुपर्ने बताए ।
महिला तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्णीमा उपाध्यायले मनोरञ्जन क्षेत्र मर्यादित नभएकै कारण महिला एवम् बालबालिकाहरु पीडित हुनुपरेको बताइन् ।
श्रम मन्त्रालयका ऋषि भुसालले अहिले नयाँ श्रम ऐन आइसकेको भन्दै यसबाटै यसबारेमा सबै जानकार हुनुपर्ने बताए ।
मानव अधिकार आयोगका यशोधा बन्जाडेले काम गर्ने क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्नेमा जोड दिइन् । एडविनका सचिव बालकुमारी दर्लामीले मनोरञ्जन क्षेत्रलाई मर्यादित नबनाए नयाँ पीडि झन् जोखिममा पर्ने बताइन् ।
कार्यक्रममा सहभागिले मनोरञ्जन क्षेत्रलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । नेपालमा बढी मात्रामा मनोरञ्जन उद्योगहरु (डान्स बार, मसाज पार्लर, क्यावीन रेष्टुरा लगायत) मा महिला तथा बालिकालिकाहरु कामदारको रुपमा रहेका छन् । तर के कति संख्यामा श्रमवीवि महिलाहरु तथा बालबालिकाहरु कार्यरत छन् भन्ने यकिन तथ्यांक छैन् ।
राष्ट्रिय मानव अधिकारी आयोगका अनुसार १ सय ८० जना भित्र गरिएको अध्ययनमा यस्ता उद्योगहरुमा २२ प्रतिशत बालिकाहरु कार्यरत रहेको पाइएको छ । (मानव बेचविखनको अवस्था, राष्ट्रिय प्रतिवेदन, राष्ट्रिय महिला आयोग २०७२/७३)
यस्तै आयोगले १ सय ८० जना भित्र गरेको अध्यइनका यस्ता उद्योगहरुमा २२ प्रतिशत बालबालिकाहरु कार्यरत रहेको पाइएको थियो । मनोरञ्जन उद्योगमा ४९ प्रतिशत महिलाहरु यौन दुव्र्यवहारमा परेका, ४३ प्रतिशतले समयमै तलब नपाएका, ३३ प्रतिशतले यातायात खर्च वा सुविधा नपाएका, २२ प्रतिशतले अतिरिक्त कार्य गरे पावत तलब नपाएका र करिब आधार जसोले मनोरञ्जन उद्योगहरुमा मर्यादीत र सुरक्षित नरको भन्ने पाइएको थियो ।
Comment Here!