महिलाका नदेखिने पीडा धेरै छन्


प्रकाशित मिति :2018-08-14 11:20:36

-सुशीला मिश्र भट्ट, उपप्रमुख धनगढी उपमहानगरपालिका-

पहिलो कुरा त महिलाले आफुलाई पनि चिन्नु पर्ने हुन्छ । किनभने हाम्रा हक अधिकारका कुरा र मानव अधिकारका कुरालाई हामीले पहिचान गर्नुपर्ने हुन्छ ।

मलाई त कहिलेकाहीँ के लाग्छ भने, कि जतिखेर हामीले आदेश दिदैनौँ, तबसम्म आफूमाथि कसैले हिंसा गर्दैन । तर, त्यति भनेर मात्रै नहुँदो रहेछ । त्यसैले विभिन्न ठाउँमा महिलाहरुलाई सचेतनाका कार्यक्रमहरु दिइरहेका छौं ।

महिलालाई आफू पनि हिंसाबाट बँच्नुपर्ने हुन्छ र अरुलाई पनि हिंसा गर्नुहुदैन भन्दै सचेत गराईरहेका छौं । कतिपय महिलाहरुले नै अरुलाई हिंसा गर्ने पनि गर्नुहुन्छ ।

सुशीला मिश्र भट्ट, उपप्रमुख धनगढी उपमहानगरपालिका

अब त्यतिमात्रै हैन । महिला हिंसा किन हुन्छ त ? भन्ने सम्बन्धमा पनि कहिलेकाहीँ हामीले बुझ्नुपर्ने हुन्छ । महिलाहरु आर्थिक रुपले विपन्न रहेसम्म हिंसामा पर्ने गरेको हामीले बुझेका छौं ।

त्यसैले महिलालाई हिंसाबाट माथि उठाउन आयआर्जनका कार्यक्रमहरु दिनुपर्ने देखियो । यो १ वर्षमा हामीले आयआर्जन गर्ने सीपमुलक कार्यक्रमहरु हाम्रो उपमहानगरपालिकामा लागु गर्यौं ।

अबको योजनामा उपमहानगरपालिकाका हरेक वडामा महिला उद्यमशिलता केन्द्र भनेर राख्ने छ । यसमा सबैभन्दा पहिले उद्यमी महिला उत्पादन गर्छौं । पछि तिनै महिलाहरुले समान उत्पादन गर्नेछन् । त्यही केन्द्रबाट आफ्नो बजारको पनि खोजी गर्नेछन् ।

हामीले यसबाट के परिकल्पना गरेका छौं भने त्यो लघु उद्यम भोलीका दिनमा साना उद्योग बन्छ । त्यही उद्योग पछि ठूलो उद्योग पनि बन्न सक्छ ।

यो भनेको आयआर्जनको प्रत्यक्ष माध्यम हो । जसले महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ । हिंसा कहिल्यै अन्त्य हुँदैन भन्ने लाग्छ मलाई । त्यसैले पनि हामी कम्तिमा हिंसा घटाउँ भनेर लागिरहेका छौं ।

महिलाहरुलाई के बोध गराउनुपर्दछ भने, म हिंसामा पर्नु भनेको सबै महिलाहरुलाई हिंसामा राख्नु हो र महिला माथिको विभेद, अन्याय हो ।

यस्ता कुराको बोध गराउन फेरि पनि यस्ता नेतृत्व विकासका कार्यक्रमहरु, महिला सशक्तिकरणका कार्यक्रमहरु, महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरुका साथसाथै आयआर्जनका कार्यक्रमहरु हामीले यो वर्षमा राखेका छौं ।

जसले गर्दा हामी के सुनिश्चत छौँ भने चाँडै नै धनगढी उपमहानगरपालिकामा महिला हिंसाका सवालमा सबैलाई सचेतना हुनेछ । यो संवेदनशीलता सबैले बुझ्नेछन् ।

नेपालको संविधानले प्रत्येक स्थानीय तहमा न्यायिक समिति रहने उल्लेख गरेको छ । त्यसको संयोजकमा उपप्रमुख अथवा उपाध्यक्ष रहने प्रावधान पनि छ ।

यो प्रावधानसँगै धनगढी उपमहानगरपालिकामा निर्वाचित भइसकेपछि म पनि अहिले न्यायिक समितिको संयोजक छु । अन्य २ सदस्य छन् ।

न्यायिक समितिमा हिंसा पीडितहरुले पीडा लिएर आइपुग्छन् । अहिले आफ्नो पीडा महिला सजिलै भन्न सक्ने भएका छन् । महिला सजिलै उजुरी दिन आउने गरेका छन् ।

यस्ता पीडित महिलाहरुलाई राखेर सुरुमा काउन्सिलिङ गर्छौँ । उहाँहरु कस्तो किसिमको हिंसामा परेका छन् । आफै लड्न सक्छन कि हाम्रो पनि सहयोग चाहिन्छ बुझ्छौं ।

उहाँहरुसँग कुरा गरिसकेपछि जसले हिंसा गरेको छ, उसलाई बोलाएर कुरा गर्ने गर्छौं । घटना मेलमिलाप हुने जस्तो छ भने मेलमिलाप गराउँछौं ।

हामी कहाँ आएका हरेक घटनालाई अत्यन्त मसिनो तरिकाले हेर्ने गरेका छौँ । अधिकांश महिला श्रीमानबाट पीडित भएर न्यायको लागि आउँछन् ।

कतिपय भने श्रीमानसँगै परिवारका अन्य सदस्यले पनि हिंसा गरेपछि आउँछन् । तर, हामीकहाँ आउने उजुरी हेर्दा श्रीमानबाट नै सबैभन्दा धेरै हिंसामा पर्ने गरेका पाइन्छ ।

सबैभन्दा बढी रक्सीका कारण महिलाहरु आक्रान्त बनेका छन् । अर्को एकदमै ठूलो बहुविवाहको छ । यो समस्या थारु पहाडी दुवै समुदायमा छ । पहाडीमूलका पुरुषहरुले श्रीमतीलाई एकदमै मानसिक यातना दिने गरेको फेला पारेका छौँ । श्रीमतीलाई शंका गर्ने, चरित्र हत्या गर्ने, गाली बेइज्जती र अपमान गर्ने, ससाना कुरामा निहुँ खोजेर झगडा गर्ने लगायतका हिंसा श्रीमानबाट हुने गरेका छन् ।

यौनिक रुपले पनि श्रीमतीलाई यति धेरै प्रताडना दिने गरेका छन् कि ती श्रीमतीहरुले भोगेका सबै कुरा यहाँ भन्न पनि सकिंदैन । म तिमीबाट सन्तुष्ट छैन भन्दै अर्की श्रीमती भित्र्याउछु भनेर श्रीमतीलाई यातना दिनेृ गरेका मुद्दाहरु आएका छन् ।

म यहाँ आउनुभन्दा दुईदिन पहिले शंकाकै आधारमा श्रीमतीलाई विद्यालयमा काम गर्नबाट हटाएको घटना मैले निरुपण गरेर आएकी छु । भनेपछि अब यहाँहरुले आफै बुझ्नुहुन्छ ।

यौनिक रुपले पनि श्रीमतीलाई यति धेरै प्रताडना दिने गरेका छन् कि ती श्रीमतीहरुले भोगेका सबै कुरा यहाँ भन्न पनि सकिंदैन । म तिमीबाट सन्तुष्ट छैन भन्दै अर्की श्रीमती भित्र्याउछु भनेर श्रीमतीलाई यातना दिनेृ गरेका मुद्दाहरु आएका छन् ।

यस्तो पीडाले मानसिक तनावमा रहेका महिलाहरु पनि हामी कहाँ आउने गरेका छन् । हामीले उनीहरुका श्रीमानलाई सँगै राखेर सम्झाई बुझाई फर्काउने गर्दछौं । धेरै पनि गर्न सकिने अवस्था हुँदैन । घरबारै बिगार्ने कुरा पनि हुँदैन । त्यसैले मेलमिलाप गराउने गरेका छौं ।

आफूलाई सम्पत्तिबाट बञ्चित गरिएको भनेर पनि महिलाका उजुरी परेका छन् । छोराछोरी । उनीहरुलाई पनि खानलाउन दिएको छैन । स्वयं ती महिलालाई पनि खान लाउन दिएको छैन । यो घर तेरो हैन भन्दै श्रीम्तीलाई प्रताडना दिइएको छ ।

श्रीमतीसँग नबोल्ने, बेवास्ता गर्ने, खानलाउन नदिने, हेला गर्ने यस्ता किसिमका मुद्दा आउँछन् । यस्ता महिलाले निकै पीडा पाएका छन् । महिलाका यस्ता पीडा सुनेर मलाई कहिलेकाहीँ त राती निन्द्रा पनि लाग्दैन । महिलालाई हिंसा धेरै छ । देखिने भन्दा नदेखिने पीडा महिलालाई बढी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘बैठकमा कुरा सुन्यो, घर गयो’

-कल्पना भट्टराई- नगर र वडाबाट दलित लक्षित योजनाका प्रस्ताव अघि सार्दा ‘जनप्रतिनिधिले दलितको मात्रै काम गरेर

यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजाय

मानसिकरूपमा कमजोर २७ वर्षीया युवतीमाथि बलात्कार गर्ने ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)

हेर्नुस् दुई पुरुषबाट महिलाको यो हालत

–महिला खबर– श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट

बलात्कार कसुरमा १० वर्ष जेल

-महिला खबर- स्याङ्जा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले एक जनालाई १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: