विवाहको परिभाषामै समेटिएनन् लैंगिक अल्पसंख्यक


प्रकाशित मिति :2018-08-13 15:17:03

–महिला खबर–

ललितपुर । मुलुकी देवानी संहिता ऐनले विवाहको परिभाषामै समलिङ्गी तथा तेस्रोलिङ्गीलाई समेटेको छैन । समलिङ्गी तथा तेस्रोलिङ्गीले विवाहको कानुनी अधिकार खोजिरहेको अवस्थामा आएको मुलुकी देवानी संहिता ऐनले उनीहरुलाई विवाहको परिभाषामै समेट्न नसकेको हो ।

अबको ३ दिनपछि अर्थात् भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी देवानी संहिता २०७४ को दफा ६७ मा निम्न अवस्थालाई विवाह भएको मानिने उल्लेख गरिएको छ ।

जसमा भनिएको छ – ‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पतिपत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।’

कार्यान्वयनमा आउन लागेको कानूनले गरेको विवाहको यस परिभाषाले नै महिला र पुरुषलाई मात्रै पति पत्नीको रुपमा उल्लेख गरेको छ । यहाँ लैंगिक अल्पसंख्यक समूदाय अन्तर्गत रहेका समलिङ्गी तथा तेस्रोलिङ्गीको वैवाहिक अधिकारलाई सम्बोधन गरिएको छैन । अर्थात विवाह विपरितलिङ्गीबिच मात्रै हुन्छ भन्ने कुरालाई विवाहको यो परिभाषाले स्थापित गरिदिएको छ ।

सरकारले कार्यान्वयनमा आउनुअघि यसका केही बुँदाहरुलाई संशोधन गर्नको लागि संसदमा संशोधन प्रस्ताव पनि दर्ता गरेको छ । उक्त संशोधनमा पनि विवाहको परिभाषालाई सम्बोधन गर्न प्रस्ताव लगिएको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलाकाे नयाँ सोच : सयपत्रीकाे हाेइन अालु, बाेडीकाे माला

-विष्णुप्रसाद पोखरेल- खुर्सानी, साना आलुका गेडा, भिजाएको मटर र चनाको गेडा, राज्मा, बनमारा, मकैको दाना,

श्रीमती पाल्ने कि श्रीमान् ?

तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

भारतबाट उद्दार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयो

-विष्णुप्रसाद पोखरेल- भारतबाट उद्धार गरिएका १ सय ४७ जना महिला सहित १ सय ७९ जनालाई नेपाल

आमाको वंश नचल्ने प्रजातन्त्र !

लोकतन्त्र मात्र होइन, गणतन्त्र नै आयो । दूरदृष्टिको अभिमानमा परको सिमाना देखियो । आमाको आँखामा

सञ्चारिकाकी पूर्व अध्यक्ष राणा संयुक्त राष्ट्रसंघीय सीड कमिटीको उपाध्यक्ष निर्वाचित

–महिला खबर– ललितपुर । सञ्चारिका समूहका पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: