घरेलु कामदारलाई दुर्व्यवहारबाट बचाउन गोप्य सञ्जाल


प्रकाशित मिति :2018-08-10 16:55:54

लेबनानका घरेलु श्रमिकहरु अक्सर रोजगारदाताबाट कुटाई वा यौन हिंसाको सामना गर्छन् । तर उनीहरु निर्वासित हुने डरले उजुरी गर्दैनन् । यदि उनीहरुले चाहेमा सहयोग हातमै छ ।

दुर्व्यवहार विरुद्धको विरोधमा प्रवासी श्रमिकहरूले बेरुतमा प्रदर्शन गर्छन् र कानून अनुसारको सुरक्षाको लागि माग गर्छन् ।


जब एन्जेला आफ्नो नियोक्ताबाट भागिन्, एक व्यक्ति जसले उनलाई बलात्कार गरेको थियो र आफ्नो घरमा बन्दी बनाएर राखेको थियो । त्यतिबेला उनको कुनै जाने कुनै ठाँउ थिएन ।

उनले प्रहरीसँग सम्पर्क गर्न हिम्मत गरिनन् । किनकी, उनलाई थाहा थियो कि बेरुतमा भागेका प्रवासी घरेलु कामदारहरु प्रायजसो दुव्र्यवहार गर्नेको मै फर्काइन्थे ।

उनको साथमा पैसा र पासपोर्ट पनि थिएन । ‘म त्यहाँ सडकमा उभिएर बसें । के गर्ने मलाई केही थाहा थिएन’ ४८ वर्षीया युवतीले भनिन् जो फिलिपिन्समा जन्मेकी थिईन् ।

अचानक उनलाई कसैले एउटा चर्च समूहको फोन नम्बर दिएको सम्झना आउँछ जसले उनको मद्दत गर्न सक्थ्यो । उनले त्यही नम्बरमा फोन गरिन् ।

‘मैले तिनीहरूलाई भनें –म बाहिर छु । र तिनीहरू म भएको ठाँउमा आए ।’ उनले भनिन् । ‘तिनीहरूले मलाई लुगा, साबुन, स्याम्पू ल्याइदिए । तिनीहरूले मलाई केही पैसा पनि दिए ।’

एन्जेलाका जस्ता कथाहरू लेबनानमा हरेक दिन दोहोरिन्छन् । जहाँ घरेलु कामदारले नियमित रूपमा रोजगारस्थलमा शारीरिक र यौन दुर्व्यवहार सहन्छन् ।

पुरातन काफला प्रायोजन प्रणालीको कारण जसरी प्रवासी श्रमिक भर्ती गरिन्छ, उनीहरूको कानुनी स्थिती उनीहरूको नियोक्तासँग बाँधिएको हुन्छ ।

यसको अर्थ जब उनीहरूले काम छोड्छन् तिनीहरु हिरासत र निर्वासनको खतरामा पर्छन् । जसले उनीहरूलाई अनौपचारिक तर बढ्दो मदतकारी सञ्जालद्वारा सहयोग खोज्न बाध्य पार्छन् ।

यो भूमिगत समर्थन संजाल चर्चहरू, प्रवासी समुदाय समूहहरू, अनुकुल स्थानीयहरू र अन्य घरेलु कर्मचारीहरू हुन्छन् । हरेक महिना उनीहरूले दर्जनौं महिलाहरूलाई आश्रय, काम र आवश्यक परे घर जाने बाटो खोज्न सहयोग गर्छन् ।

‘हामी कहाँ यसरी आउने धेरै छन्’ एन्जेलालाई सहयोग गरेकी समूहको सदस्य एडिथ भन्छिन् ।

चर्चमा एक सानो कार्यालयमा उनको डेस्कमा कागजको दुइटा टुक्राहरू छन् । जुन दुई फिलिपिनोको लिखित बयान हो जो भागे र सहयोगी ठाँउको खोजी गर्दै यहाँ आए । अर्को कोठामा समूहले महिलाहरूको लागि प्रार्थना गर्छन् । एक जनाको अनुहार भरी आँसुको खोला बगेको छ ।

‘हामी पहिले तिनीहरूका कुरा सुन्छौं । तिनीहरू धेरै समस्याबाट गुज्रिएका छन्’ उनी भन्छिन् – ‘त्यसपछि हामी तिनीहरूलाई सल्लाह दिन्छौं, तिनीहरूलाई आर्थिक रूपमा मद्दत गर्छौ । तिनीहरूलाई चिकित्सा उपचार पाउन सहयोग गर्छौ र तिनीहरूलाई एक वकिलसँग भेटाइदिन्छौ ।’

प्रवासी श्रमिकहरुको बीचमा मद्दत पाउन सक्ने ठाउँका बारेमा मौखिक रुपमा जानकारी दिइन्छ । जसले हिंसा गर्ने नियोक्ताहरूबाट भर्खरै बचेर आएकाहरुलाई मद्दत गर्दछन् । फोन नम्बरहरू र ठेगाना तिनीहरुबीचमा आपतकालिन अवस्थामा प्रयोग गर्न भनेर बाँड्ने गरिन्छ ।

शहरको अर्को तर्फ चर्चमा, एक इथियोपियन समुदायको समूहले यस्तै खालको काम गरिरहेको छ ।

‘हामी हरेक दिन करिब पाँच महिला दौडिरहेको देख्छौं।’ समूहकी नेता ऐडा भन्छिन् – ‘र तिनै हुन् जसलाई हामीले लिइरहेका छौं ।’

‘हामी सबै प्रकारको दुर्व्यवहार देख्छौं । कोही यौन दुर्व्यवहार, शारीरिक दुर्व्यवहारबाट बचिरहेका छन् । कहिलेकाहीँ उनीहरूलाई तीन वर्ष, पाँच वर्षसम्म पनि तलब दिइएको हुँदैन । कसैले पनि उनीहरुलाई खाना खुवाएको छैन । कोही नियोक्ताद्वारा बलात्कृत भएपछि गर्भवती भएर आउँछन् ।’ उनले थपिन् ।

यी महिलाहरूलाई मद्दत गर्दा ठूलो खतरा समावेश छ । त्यस्ता संस्थाहरू जसले गोप्य कुरामा काम गर्दछन्, डराउँछन् कि यदि उनीहरूको सहायता प्रकाशमा आयो भने अधिकारीहरूको निशानामा पर्नेछन् । सबैलाई अभिभावकसँग बोल्दा मात्र एक नाम प्रयोग गर्न आग्रह गर्दछन् ।

प्रवासी श्रमिकहरु जसले बाहिर बोले तिनीहरुले निर्वासनको सामना गरेका छन् । जुलाईमा, एक घटनामा केन्याकी महिला जसलाई दिनको उज्यालोमा हमला भएको भिडियो खिचिएपछि उनको मामला नसुिल्झदै निर्वासन गरियो ।

‘प्रहरीले हामीलाई भने की हामीहरु हस्तक्षेप गर्न सक्दैनौं’ एडिथ भन्छिन्, ‘हाम्रा स्वयंसेवकहरू मध्ये एक जना निशानामा परेकी छन् । किनभने उनले घरेलु कामदारहरुलाई सहयोग गरिरहेकी थिइन् ।’

परिणामस्वरुप मौनताको संस्कृति प्रवासी श्रमिकको दुर्व्यवहारको वरिपरि अवस्थित छ । ठूलो संख्याका घटना लुकेका छन् । किनकी पीडितहरू आक्रोश पोख्न डराउँछन् ।

अनुमानित २० लाख अभिलेख गरिएका प्रवासी श्रमिकहरूले लेबनानमा बस्छन् । अभियन्ताहरु भन्छन्, कि त्यहाँ अझ धेरै अभिलेख नभएकाहरु रहेका हुनसक्छन् । धेरै जसो इथियोपिया, बंगलादेश, श्रीलंका, फिलिपिन्स र केन्याबाट नियोक्ताको घरमै बसेर काम गर्न आउँछन् ।

अधिकार समूहहरूले उच्चस्तरको दुर्व्यवहारको दोष कफला प्रणालीलाई लगाउँछन् । यो प्रणालीको मतलब एन्जेलाले भाग्ने समयमा कानुनलाई तोडिन् ।

‘जब तिनीहरू आफ्नो नियोक्ता छोड्छन् तिनीहरू वास्तवमा मुक्त हुँदैनन्’ लेबनानको अन्तर्राष्ट्रिय श्रमिक संगठनका जेना मेजर भन्छन् ।

‪‘तिनीहरू अनियमितताको प्रणालीमा फसेका छन् । तिनीहरू स्वतन्त्र रूपमा स्थानान्तरण गर्न सक्दैनन् । किनभने तिनीहरू गिरफ्तार हुने र निर्वासित हुने कुराले डराएका छन् । उनीहरू आफ्नो स्थितिको कारण देशबाट बाहिर निस्कन पनि सक्दैनन् । किनभने तिनीहरूका पासपोर्ट जफत गरिएका छन् । तिनीहरूको अक्सर आर्थिक स्थिरताको कमी छ ।’

‘उनीहरूको भाग्यको आधारमा उनीहरूले या त समर्थनको संरचना पाउन सक्छन् वा उनीहरू अर्को शोषणको जोखिममा पर्छन् ।’

विकल्पहरूको कमीले लेबनानको भूमिगत समर्थन नेटवर्कलाई आवश्यक जीवन रेखा बनाउँछ । तर यसले केवल धेरै गर्न सक्छ ।

‘कहिलेकाहीँ हामी मानिसहरुबाट सन्देशहरू पाउँछौं जो अझै घरहरूमा फसेका छन् जहाँ तिनीहरु काम गर्छन्’ एडिथ भन्छन् – तर हामी तिनीहरूलाई सहयोग गर्न सक्दैनौं । किनकी हामी तिनीहरू भएको ठाँउमा जान सक्दैनौं ।

साभार : द गार्जिएन

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: