कैलाली र कञ्चनपुर घटनाको स्थलगत अनुगमनपछि अधिकारकर्मीले यसो भने


प्रकाशित मिति :2018-08-09 17:25:12

–महिला खबर–

ललितपुर । कैलाली र कञ्चनपुरमा भएको बलात्कार घटना विभत्स प्रकृतिको भएको पाइएको छ । राष्ट्रिय महिला आयोग र सङ्कल्प नेपालको टोलीले गत सोमबार र मंगलबार गरेको स्थलगत अनुगमनका क्रममा यस्तो पाइएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका, २ उल्टाखामकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो ।

यो पनि हेर्नुहोस्

बलात्कारीलाई फाँसीको माग, बालिकाको शव उठ्न दिइएन

बलात्कारपछि हत्या गरिएकी बालिकाको दाहसंस्कार

यस्तै कैलालीकी २१ वर्षिया युवतीको सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

यो पनि हेर्नुहोस्

‘चौथोले बलात्कार गर्ने बेला उनले प्राण त्यागिन्’

संकल्प नेपालले बिहीबार राष्ट्रिय महिला आयोगमा आयोजना गरेको ‘महिला हिंसा विरुद्ध महिला साझा अभियान’ अन्तरगत छलफलका क्रममा संकल्पकी अध्यक्ष लिली थापाले दुईटै बलात्कारका घटना विभत्स खालका भएको बताइन् ।

प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिकाको हत्यामा संलग्नलाई अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन । दोषीको पहिचान गरी पक्राउ गर्न सिआइबीको टोली समेत परिचालित भएको छ । अध्यक्ष थापाले घटनामा राजनीति हुने सम्भावना देखिएको बताइन् ।

थापाले यता कैलालीमा भएको किशोरी घटनामा पीडक पक्राउ गरे पनि पहुँचवाला भएकै कारण उन्मुक्ति पाउन सक्ने संम्भावना देखिएको बताइन् । उनले भनिन्, ‘घटनापछि पीडित युवतीका परिवारलाई आर्थिक प्रलोभन देखाइएको रहेछ ।’

अनुगमनका खटिएका महिला आयोगका सूचना अधिकारी धु्रबराज क्षेत्रीले कैलाली र कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएका घटनामा अधिकारकर्मीले आवाज उठाइरहेको पाइएको बताए । दुवै परिवारले पीडकलाई हदैसम्मको कारबाहीको माग गरेको क्षेत्रीको भनाइ छ ।

अनुगमनका खटिएकी संकल्पकी महासचिव शोभा बस्नेतले कञ्चनपुरमा १३ वर्षकी बालिका घटनामा बालिका होमवर्क गर्न गएको घरका परिवारलाई आत्मग्लानी नहुनु शंकाको विषय भएको बताइन् ।

यस्तै कैलालीमा भएको किशोरी हत्याका घटनामा पीडितको पक्षबाट मुद्दा लड्ने सरकारी वकिलमा संवेदनशिलता नपाइएको बताइन् ।

छलफलमा राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुरले ७ नं प्रदेशमा नै अपराधिक घट्ना बढी घटेको भन्दै सरकार संवेदनशिल हुनुपर्नेमा जोड दिए । उनले यस्ता घटना नियन्त्रण गर्न गृहमन्त्रालयले महत्वका साथ लाग्नुपर्ने बताए ।

अधिवक्ता मिरा ढुंगानाले कानून कार्यान्वयन पक्ष नै फितलो हुँदा समस्या देखिने गरेको बताइन् । उनले अपराधमा संलग्न पीडकलाई पनि सुधार गृहमा लग्ने कानूनी व्यवस्थाको आवश्यक रहेको औंल्याइन् ।

डा.छत्र अमात्यले सन्तानलाई असल बाटोमा हिँडाउन उत्साहित गर्नुपर्ने बताइन् ।

थिङ ट्याङका पुकार मल्लले महिलाका विषयमा पुरुषलाई पनि अग्रसर बनाउनुपर्ने बताए । कार्यक्रममा सहभागिले बलात्कार जस्ता घटनालाई अनुसन्धान गर्न छुट्टै निकाय हुनु पर्नेमा जोड दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: