वर्ष दिनमा महिलाका लागि यस्ताे गर्याै‌


प्रकाशित मिति :2018-08-09 12:40:56

–मोहनमाया ढकाल–
उपप्रमुख, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

स्थानीयतहमा निर्वाचन भएको एक वर्ष भइसक्यो । हामीले अहिले पहिलो चरणमा प्रस्तुत गरेको बजेट नीति कार्यक्रम पनि सम्पन्न गरिसकेका छौं ।

यो नगरपालिकालाई कसरी महिलामैत्री नगरपालिका बनाउने भन्ने कुरालाई नगरपालिकाले विशेष महत्वका साथ अघि सारेको थियो । हामीले पहिलो वर्ष ३/४ वटा कार्यक्रम महिलासँग सम्बन्धित लिएर आएका थियौं ।

माेहनमाया ढकाल

पहिलो चरणमा महिला स्वास्थ्य र महिला हिंसाको अन्त्यका लागि के गर्न सकिन्छ त्यो कुरालाई प्राथमिकता दिएर जानुपर्छ भनेर हामीले पहिलो चरणमा छोरी जन्म बचत कार्यक्रम लागु गर्यौं ।

कुन पनि छोरी नगरपालिका भित्र जन्मिएर जन्मदर्ता गर्न आउँदाखेरी स्थानीय सरकारले छोरीको सम्मान गरेर छोरीको सम्मान स्वरुप रु १ हजार सहित बैंक खाता खेलिदिने प्रावधान बनायौं । त्यो निकै राम्रो भयो र सबै जनाले मन पराउनुभयो ।

त्यसैगरेर हामीले आमा सुरक्षा कार्यक्रम लागु गर्यौं । त्यो कार्यक्रम अन्र्तगत वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालसँग समन्वय गर्यौं । नैपनि महिला दिदीबहिनी गर्भवती हुनुहुन्छ भने उहाँले एक पटक निःशुल्क भिडियो एक्सरे गर्न पाउनुपर्छ भनेर यो कार्यक्रम लागु गर्यौं ।

यो कार्यक्रमबाट यो आर्थिक वर्ष भित्र ३ हजार ७ सय महिला दिदीबहिनीहरुले गर्भ परीक्षण पनि गरिसक्नुभयो । यो कार्यक्रमबाट हामी निकै सन्तुष्ट भएका छौं ।

यहि कार्यक्रम अन्तर्गत हामीले जोखिममा परेका महिलाहरुको उपचार अब नगरपालिकाले गर्नुपर्छ भनेर निर्णय पनि गर्यौं । कुनै पनि महिला दिदीबहिनी गर्भकै कारण मर्नु हुँदैन । यदि आर्थिक अवस्था कमजोर छ भने नगरपालिकाले उपचारको ब्ययभार बेहोर्नुपर्छ भनेर हामीले १० लाख रुपैयाँको लैंगिक कोष भनेर पनि स्थापित गर्यौं । यो कार्यक्रमलाई पनि अगाडि बढायौं । यो निकै प्रभावकारी भएको छ ।

त्यसै गरेर न्यायिक समिति स्थानीय तहमा छ । उपप्रमुख त्यसको संयोजक हुने संवैधानिक व्यवस्था नै छ । समितिमा कतिपय यस्ता महिला दिदीबहिनी आउनुहुन्छ । जसले आफ्नो पीडा मात्रै भन्न जान्नुहुन्छ । निवेदन कहाँ लेख्ने, के लेख्ने, के भन्ने कुरा समेत थाहा पाउनुहुन्न ।

उहाँहरुको समस्या सुनेर त्यहि नै निवेदन लेखिदिने लैंगिक हेल्पडेस्क (हिंसा प्रभावित महिलाको लागि) भनेर नगरपालिकामा स्थापना गरेका छौँ । त्यहाँ सुब्बा तहको कर्मचारी फोकल पर्सनका रुपमा हुनुहुन्छ । उहाँले नै महिला दिदीबहिनीहरुको निवेदन लेखिदिनुहुन्छ ।

एक घर एक महिला स्वरोजगार
सुत्केरीलाई यातायात खर्च
गर्भवतीको निःशुल्क भिडियो एक्सरे
छोरी जन्मिए एक हजार रुपैयाँको बैंक खता
१० लाखको लैंगिक कोष
लैंगिक हेल्पडेस्क 

न्यायिक समितिमा आउने समस्या त छँदैछ । थप महिलासँग सम्बन्धित त्यस्तो खालको घटना आएपनि नगरपालिका अथवा स्थानीयतहबाट के गर्न सकिन्छ हामी त्यो गर्छौं । थप कानुनी परामर्श लिएर उहाँहरुलाई कसरी अगाडि बढ्ने भन्ने बाटो पनि देखाईदिन्छौँ । त्यो कार्यक्रम पनि हामीले लागु गरिसक्यौं ।

स्थानीय सरकारले हिंसा प्रभावित महिलाका लागि सुरक्षित भवन बनाउनुपर्छ । यो कर्णाली प्रदेशको राजधानी पनि हो । यहाँ धेरै खालको घटना हुने गर्छन् । भोली महिला दिदीबहिनीहरुलाई सुरक्षित ठाउँमा राख्नुपर्ने हुन्छ भनेर सुरक्षित भवनको अवधारणा अगाडि बढायौं ।

त्यसको लागि रकम पनि बिनियोजन गरेर अहिले नक्सा तयारसम्म गरेका छौं । अब छिट्टै त्यो कार्यक्रम अगाडि बढाउँदैछौं ।

यस्तै स्थानीय तहबाट महिलासँग सम्बन्धित जतिपनि बजेट छुट्याइएको छ त्यो बजेटलाई आयआर्जनको क्षेत्रमा लगाउनुपर्छ भनेर प्रत्येक वडाहरुमा महिला आयआर्जन सम्बन्धि तालिम सञ्चालन गर्यौं ।

हामीले वीरेन्द्रनगरमा महिलाहरुले नै चलाएको होम स्टे जुन सुरुआाती चरणमा छ त्यसैलाई सहयोग गरेर अगाडि बढाएका छौं । एउटा नमुना होमस्टेका रुपमा त्यसलाई लैजाँदैछौं । र, आर्थिक उपार्जन गर्ने खालका तालिम सञ्चालन गरेको छौँ ।

त्यसै गरेर हामीले यो आर्थिक वर्षमा एउटा नारा लियौँ – ‘एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगर नगरपालिकाको समृद्धि र विकासको मुल आधार’ भन्ने नारा तय गरेर एक करोड रुपैयाँ नगरस्तरबाट छुट्याएका छौँ । र, प्रत्येक वडामा ५ लाख छुट्याउन लगाएका छौं ।

त्यसरी हेर्दा १ करोड ८० लाख हुने देखिन्छ । यस्तै अन्य बजेट लगभग २ करोड गरेर महिला स्वरोगजारका लागि भनेर छुट्याएका छौं । अहिले यसको योजनाको चरणमा छौं ।

अहिले सुरुआत भयो । आउँदो ४ वर्षमा हाम्रो नगरपालिकाका एक घरमा कम्तिमा पनि एक महिला कुनै नै पेशा व्यावसाय गरेको हुनुपर्छ । त्यसका लागि हामीले बजेट पनि पास गरिसकेका छौं ।

अर्को महिला सुरक्षासँग सम्बन्धित कुरा, हामीले के अनुभव गर्यौं भने अहिले पनि नगरपालिकामा सुत्केरी ब्याथा लाग्ने बित्तिकै अस्पतालसम्म पुर्याउँदाखेरी लाग्ने एम्बुलेन्स खर्च महिला दिदीबहिनीको परिवारले तिर्न सक्दैनन् । जसले गर्दा कतिपय महिला दिदीबहिनी घरमै सुत्केरी हुन बाध्य भएको अवस्था पनि छ ।

हामीले यस्तो अवस्था भेटिसकेपछि अब स्थानीय सरकारले पनि कुनैपनि दिदीबहिनी सुत्केरी हुँदा नजिकको बर्थिङ सेन्टरमा होस् अथवा अस्पताल होस् त्यहाँ जाँदा लाग्ने एम्बुलेन्स खर्च पनि नगरपालिकाले नै तिरिदिने निर्णय गरेका छौं । त्यसका लागिबजेट पनि छुट्याई सकेको छौं ।

हामी यसरी अघि बढ्दैछौं । नेतृत्व तहमा महिला पुगेपछि व्यक्तिगत रुपमा भन्दापनि नीतिगत रुपमा महिलालाई स्थानीय सरकारको अनुभुती हुन्छ है भन्ने सुरुआात गरेका छौं ।

अबको योजना महिला स्वरोजगारलाई प्राथमिकताका साथ अगाडि बढाउने छ । सबै महिला दिदीबहिनी लगायत अन्य सरोकारवालाहरुको साथ सहयोग र सपोर्ट पाइन्छ भन्ने आशा पनि छ । अहिलेको हाम्रो मुख्य लक्ष्य भनेको महिला स्वरोजगार छ यसलाई नै अघि बढाईरहेका छौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: