कैलाली–कञ्चनपुर घटनामा छानबिन समिति माग (हेर्नुहोस् भिडियो)


प्रकाशित मिति :2018-08-09 12:31:55

–महिला खबर–

ललितपुर । राष्ट्रियसभा सदस्य डा. बिमला राई पौड्यालले कैलाली–कञ्चनपुर बलात्कार घटनामा सरकारले तत्काल छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन् ।

राष्ट्रियसभा सदस्य डा. बिमला राई पौड्याल

राष्ट्रियसभाको हिजो बुधबारको बैठकमा बोल्दै डा. पौड्यालले गएको असार महिनामा कैलालीमा सामूहिक बलात्कारपछि २० वर्षीया युवतीको हत्या भएको घटना र यही साउन महिनामा कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि भएको विभत्स हत्याको घटनामा सरकारले उस्तरीय अनुसन्धान टोली गठन नगरेकोप्रति आफू अचम्म परेको बताइन् ।

‘सरकारले अस्ती नै उस्तरीय अनुसन्धान टोली गठन गरेर छानबिन गरिसक्नुपर्ने । तर किन ढिलाई भो मैले बुझेको छैन’ उनले भनिन्, ‘मानवअधिकारकर्मीका छुट्टाछुट्टै टोली घटनास्थल पुगेर अनुसन्धान गरेका छन् । स्थानीय महिलाहरुले सडक आन्दोलन गरिरहेका छन् । घटनाका बारेमा सबैका आ आफ्नै तथ्य र विश्लेषण छन् । तर आधिकारित रुपमा नेपाल सरकारले एउटा अनुसन्धान समिति समेत बनाएको छैन ।’

सांसद पौड्यालले यी घटनामा गृह मन्त्रालय र महिला मन्त्रालय जसको नेतृत्वमा हुन्छ, तत्काल उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने बताइन् ।

उनले विद्यमान कानुन परिमार्जन गरेर बलात्कारीलाई जन्म कैदको सजाय हुनुपर्ने माग समेत गरेकी छन् ।

हेर्नुस् राष्ट्रियसभा सदस्य डा. बिमला राई पौड्यालले संसदमा बोलेको भिडियो,

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: