सामूहिक बलात्कार घटनामा मिलापत्र गर्न दबाब


प्रकाशित मिति :2018-08-08 12:58:43

–महिला खबर–

ललितपुर । स्याङ्जाको हरिनाथ गाउँपालिकामा गएको वैशाख २४ गते भएको सामूहिक बलात्कारमा मिलापत्र गर्न धम्की आएको पीडित परिवारले बताएका छन् ।

जेठ २४ गते घरबाट सामान किन्न गएकी २० वर्षीया दलित युवतीलाई तनहुँको भिमाद घर भई सोही ठाउँमा बस्दै आएका ३८ वर्षीय गंगा सिंह राना र धन सिंह परियारले बलात्कार गरेका आरोप लगाइएको छ ।

पीडित युवतीका बुबाले महिला खबरसँग कुरा गर्दै भने, ‘मगर परिवारले घटना मिलाउनुस् राहत दिन्छाै‌ भनेर आश्वासन दिने गरेका छन् । राहतको आश्वासन दिँदै घरमा समेत आउने गरेका छन् ।’ तर आफ्नो परिवार छोरीको न्यायका लागि कुनै पनि हालतमा बलात्कारीसँग मिल्न तयार नरहेको उनले बताए ।

पीडक युवतीका भाइले वडा कार्यालयका जनप्रतिनिधिहरुले समेत घटना मिलाउन दवाव दिने गरेको बताए । छोरी बलात्कृत भएको थाहा पाएसँगै युवतीका बुबाले जेठ २६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीकोे आधारमा प्रहरीले परियारलाई पक्राउ गरेको थियो भने मगर अझै फरार रहेका छन् ।

यसरी भएको थियो घटना

जेठ २५ गते दिउँसो ४ बजे युवती पसलमा सामान किन्न गएकी थिइन् । घरदेखि २० मिनेटको बाटोमा सामान किनेर नफर्केपछि उनका परिवारले खोजी गरे । तर फेला पारेनन् । युवती राती १२ बजे आफू बलात्कृत भएको भन्दै रुँदै कराउँदै घर फर्किएकी थिइन् ।

को हुन् मगर र परियार

मगर र परियार दुई जना साथी हुन् । उनीहरु एक महिनादेखि सोही ठाउँमा बस्दै आएका थिए । मगर ट्याक्टर चालक हुन् भने परियार घर बनाउने काममा मजदुर गर्थे । सोही दिन साँझमा बाटो नजिकै रहेको उनीहरु बसेको घरमा लगेर बलात्कार गरेको आरोप लगाईएको छ ।

परियार थुनामा, मगरलाई वारेन्ट जारी गर्ने तयारी

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक चन्द्रबहादुर भुजेलले बलात्कारका आरोपी परियार पूर्पपक्षका लागि थुनामा राखिएको बताए । फरार रहेका मगरको खोजी भइरहेको र वारेन्ट जारी गर्ने तरखरमा रहेको प्रनानि भुजेलले महिला खबरलाई जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: