घरेलु हिंसा पीडितको पक्षमा विश्वमै नमुना कानून


प्रकाशित मिति :2018-08-07 14:35:16

ललितपुर । न्यूजील्याण्डले विश्वकै पहिलो घरेलु हिंसा पीडितलाई १० दिनको तलबी बिदा दिने कानुन पारित गरेको छ । जुन बिदामा उनीहरु आफ्ना पार्टनरलाई छोड्न, नयाँ घर खोज्नको साथै आफू र छोराछोरीलाई सुरक्षा दिन सकुन् ।

गत बुधवार राती जब ५७ का बिरुद्व ६३ मतका साथ विधेयक पास भयो । सांसदहरुले उत्साहित हुँदै ताली बजाए । यो ग्रीन सांसद जान लोजीको सात वर्षको कामको परिणाम हो, जसले राजनीतिज्ञ बन्नु भन्दा पहिला महिला आश्रयमा काम गरिन् ।

केही विपक्षीका बावजूद राष्ट्रिय सांसदहरुले शुरुमा लोजीका निजी सदस्यहरुको विधेयकको समर्थन गरे । अन्तिम पढाइमा पूरै पार्टीले आफ्नो समर्थन फिर्ता लिए । अनि भने कि ‘यस्तो व्यवस्था भए साना र मध्यम आकारका व्यवसायीको लागि लागत बहुत धेरै हुनेछ । र, नियोक्ताले घरेलू हिंसा पीडित हुनसक्ने शंका लागेकालाई काममा राख्न मनाही गर्न सक्छ ।

न्यूजील्याण्ड विश्वका विकसित देशहरुमा सबैभन्दा धेरै घरेलु हिंसाको दर हुने देश मध्येमा पर्दछ । प्रहरीले हरेक ४ मिनेटमा एक परिवारिक हिंसाको घटनामा प्रतिक्रिया दिन्छ । परिवारिक हिंसाका कारण प्रत्यक वर्ष राज्यको चार अरबदेखि सात अरब न्यूजील्याण्ड डलर खर्च हुने अनुमान गरिएको छ ।

जब उनले ल्याएको विधेयक पास भयो लोजीले रुँदै भनिन्, ‘नयाँ कानून विश्वव्यापी र भयानक घरेलु हिंसाको दर निवारण गर्ने पहिलो कदम थियो । र, अन्य देशहरुले पनि यसको अनुसरण गर्नुपर्छ ।’

‘यस पहलको एक भागले पुरै समाज को प्रतिक्रिया पाइरहेको छ । हामी यसलाई यत्तिकै पुलिसकोमा छोड्दैनौं । तर, महसुस गर्छौं कि हामी सबैसँग पीडितहरूलाई मद्दत गर्ने एक भूमिका छ । यो सांस्कृतिक मापदण्डहरू परिवर्तन गर्न पनि हो । र, यसमा हामी सबैको हिस्सेदारी छ र यो ठीक छैन । भनेर भन्नु पनि हो’ लोजीले भनिन् ।

नयाँ विधान अर्को वर्ष अप्रिलदेखि लागु हुनेछ । यसले बताउँछ कि – कुनै पनि घरेलु हिंसाको सामना गर्ने व्यक्तिले कामबाट १० दिनको तलबी बिदाको अधिकार पाउनेछ, जुसको गणना अन्य बिदा र बिरामी बिदाको अतिरिक्त हुनेछ ।

घरेलु हिंसा पीडितहरूले आफ्नो परिस्थितिको प्रमाण पेश गर्नु पर्दैन । उनीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि डिजाइन गरिएका लचिला कामका शर्तहरूको पनि हकदार हुनेछन् । जस्तै, तिनीहरूको कार्यस्थल परिवर्तन, इमेल ठेगाना परिवर्तन गरी उनीहरूको व्यापार वेवसाइटबाट सम्पर्क विवरण हटाइनु पर्दछन् ।

‘घरेलु हिंसाले काम र जीवनबीच विभाजनको आदर गर्दैन । एक विशाल मात्रामा अनुसन्धानले हामीलाई बताउँछ कि एक ठूलो संख्यामा अपमानजनक पार्टनरहरुले हिंसा लाई कार्यस्थलमा ल्याउँछन्’ लोजीले भनिन् ।

लोजीले थपिन्, ‘उनीहरूको पार्टनरलाई निरन्तर रूपमा इमेल वा फोन कलद्वारा वा उनीहरू वा तिनीहरूको सहपाठीलाई धम्की दिइरहन्छन् । केही यस्ता पनि छन कि जागीरबाट उनीहरुलाई हटाउन वा छोड्नको दबाब दिन्छन् । त्यसैले उनीहरु आफ्नो पार्टनरमा अधिक निर्भर हुन्छन् । यो धेरै सामान्य हो ।’

पारिवारिक हिंसा प्रभावित समूहले नयाँ कानूनको स्वागत गर्दै भने कि – यो न्यूजील्याण्डका जनताको लागि सुरुआत थियो भन्ने कुराले बताएको छ । कि, समस्या निवारण गर्नु कर्मचारी कल्याणमा सुधार गर्ने व्यापक बदलाबको अंश थियो ।

महिला आश्रयकी प्रमुख कार्यकारी डा. आंग जूरीले भनिन्, ‘विधेयक कुनै पनि तबरमा ‘जादूको गोली’ थिएन र प्राकृति निवारक थिएन । तर यो ‘सही दिशामा एक महत्वपूर्ण कदम’ थियो ।

उनले भनिन् ‘हामीलाई थाहा छ कि महिलाहरुको आर्थिक अवस्था उनीहरुको छनौटमा निर्णायक छ जसले उनी के गर्न सक्छिन् र सक्दिनन् भनेर निर्णय गर्दछ । यदि उनले घरेलु मुद्दा निपट्दै आफ्नो जागिर यथावत राख्न र उनको नियोक्ताको आत्मविश्वास प्राप्त गर्न सक्छिन् भने त्यो राम्रो खबर हो ।’

घरेलु हिंसाका पीडितहरुलाई सहयोग गर्ने परोपकारी संस्था शाइनकी प्रवक्ता हली कारिन्टनले भनिन्, ‘यसले एक ठोस बेन्चमार्क सेट गर्न सक्दछ । व्यवसायहरुले कानूनी रूपमा के गर्न आवश्यक छ र हामीले यो स्पष्ट हुन आवश्यक छ कि नियोक्ता स्वयंको रुचीको दृष्टिकोणबाट यो गर्न सक्छन्, किनभने ती कर्मचारीहरूलाई सहयोग गरेर उनीहरूले बहुमूल्य कर्मचारीहरूलाई यथावत राख्न र उत्पादकर्तामा सुधार गर्न पाउनेछन् ।’

श्रम गठबन्धन सरकारले मेको बजेटमा पारिवारिक हिंसा समूहहरूको लागि कोषमा अतिरिक्त ८ अरब न्यूजील्याण्ड डलर प्रदान गर्यो । एक दशकमा फ्रन्टलाइन सेवाको लागि पहिलो बढवा कोष ।

तर, कैन्रिगटनले भनिन् – समस्या ‘भारी’ थियो र थप संसाधनहरूको आवश्यकता थियो र परिवार न्यायालयमा सोेधपुछको लागि शाही आयोगको आवश्यकता थियो । यसै हप्ता महिला अधिकारको एक मागमा संयुक्त राष्ट्र समितिले समर्थन गर्यो ।

‘स्पष्ट रूपमा विधेयकको बारेमा हामी खुशी र रोमान्चित थियौं । तर चीजहरूको योजनामा संघर्ष चलिरहन्छ’ क्यान्रिगटनले भने – हाम्रा फ्रन्टलाइन कर्मचारीहरु दैनिक आधारमा कार्यरत छन् । हामीसँग हरेक दिन खतरनाक, उच्च जोखिमका घटनाहरू छन् । जुन प्रणाली उनीहरुलाई पूर्ण सुरक्षा दिन सफल भएको छ । हामीले उत्सव मनाउन समय निकाल्न सकेनौं । सायद हामीसँग हुनुपर्छ, किनकी यो ठूलो जीत हो ।

मार्चमा अष्ट्रेलिया सरकारले परिवारलाई हिंसात्मक परिस्थितिको सामना गर्नका लागि कामदारहरूलाई पाँच दिनको बेतलबी बिदा दिने कानुन ल्याउने घोषणा गरेको थियो ।

साभार : द गार्जिएन

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: