सडकमा हुने दुर्व्यवहारको प्रमाण सीसी टिभी भिडियो


प्रकाशित मिति :2018-08-03 16:42:03

ललितपुर । फ्रान्सेली सरकारले सडकमा हुने दुर्व्यवहारमाथि कारबाही गर्न ‘ठाउँको ठाउँ’ जरिवाना तिराउने कानून छिट्टै ल्याउँदै छ । यसको लागि पहल भइरहेको बेला सार्वजनिक स्थलमा यौन दुर्व्यवहारमा परेकी एक विद्यार्थीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि फ्रान्समा बहसको लागि एउटा ठूलो मुद्दा उठेको छ ।

एक जना फ्रान्सेली विद्यार्थीले पेरिस शहरको सडकमा आफूलाई दुर्व्यवहार गर्ने पुरुषलाई यसो नगर्नू भन्दा उल्टै उनलाई मुखमा हिर्काएका थिए ।

मरी लग्एरले राजधानीको उत्तर–पूर्वी क्षेत्रमा उक्त पुरुषले आफूलाई चड्कन हानेको प्रमाण सीसीटिभी भिडिओबाट देखाईन् ।

‘जरिवानाको थालनी अबको गृष्म ऋतुदेखि गनुपर्छ’ समानता मन्त्री मर्लिन याप्पाले भनिन् ।

फ्रान्सेली सासंदहरूले गत मे महिनामा समर्थन गरेका नयाँ प्रावधान अनुसार पीडकहरूले ९० यूरोदेखि ७ सय ५० यूरोेसम्म तिनुपर्ने छ । सो प्रावधान र सम्बन्धित कानून संसदबाट अनुमोदन हुने क्रममा छ । यो महिलामाथि हुने यौन हिंसा विरुद्धको आन्दोलनका अभियन्ता माझ लोकप्रिय भएको छ ।

२२ वर्षीया मरी लग्एर घर फर्किंदै गर्दा एक जना पुरुषले उनलाई अश्लिल शब्दहरूको प्रयोग गरी होच्याएर टिप्पणी गरे । यौनलाई इंकित गर्ने शब्दहरू र आवाज निकाले, मरीले फ्रान्सेली रेडियोलाई घटनाको बारेमा भनिन् ।

‘त्यो दिन, त्यो हप्ता वा त्यो महिनामा पहिलो पल्ट भएको थिएन । यो विस्तारै थपिंदै गएको थियो । मलाई धेरै रिस उठ्यो । मैले ‘चुप लाग्’ भनें । उसले यो कुरा सुन्छ भन्ने लागेको थिएन । तर उसले सुन्यो’ उनले फ्रान्सेली टिभीलाई भनिन् ।

मरीले थपिन् त्यो सुन्ने बित्तिकै ऊ रिसायो र चुरोट दानी उनीतिर फाल्यो, तर उनलाई लागेन ।

त्यसपछि भनाभन भयो र ऊ मरी भएको ठाउँमा गयो र उनलाई चड्कायो । यो घटनाको दृश्य क्याफेको सीसीटिभीमा रेकर्ड भयो ।

‘मलाई उसले हिर्काउला जस्तो त लागेको थियो । म भाग्न सक्थें तर मैले त्यसो गरिन । म माफी माग्ने पक्षमा पनि थिईंन’ उनले भनिन्।
त्यो पुरुषले उनलाई गालामा हान्यो र एकनासले कराइरहयो ।

क्याफेमा भएका अरू मानिसले त्यो पुरुषको विरोध गर्न थाले । मरी घर फर्किन् । उनले क्याफेमा फर्केर प्रत्यक्षदर्शीहरूको बयान लिने र प्रहरीमा उजुरी दर्ता गर्ने निर्णय गरिन् ।

घटना हुँदा क्याफेमा उपस्थित मानिसहरूले मरीको प्रतिक्रिया स्वभाविक हो भनेका छन् । क्याफेका संचालकले उनलाई सीसीटिभीमा कैद भएको श्रव्यदृश्य उपलब्ध गराएर उनलाई ती आक्रमणकारीलाई समात्न मद्दत गरेका छन् । उक्त भिडियो सामाजिक सञ्जालमा करिब १० लाख भन्दा बढी पटक हेरिएको छ ।

मरी लग्एरले ‘हिंसाको विरोधमा लड्न गाह्रो थियो तर सबै महिला यसबाट प्रभावित छन् । यसलाई राक्नै पर्ने अवस्था आयो । म चुप लागेर बस्न सकिन । हामी चुपचाप बस्न पनि हुँदैन’ भनेर आफ्नो फेसबुकमा लेखिन् ।

उनीमाथि भएको घटनामा सरकारले अनुसन्धान शुरु गरेको छ । पीडकको खोजी भइरहेको छ ।

समानता मन्त्रीले स्थानीय पत्रिकालाई भनिन् ‘नयाँ बन्ने कानूनको उद्देश्य दुव्र्यवहारमाथि पूरा समाजिक प्रतिबन्ध लगाउनु हो ।’

मन्त्रीले भनिन् ‘केही हप्ता अगाडि फ्रान्सले विश्व कप जीतको उत्सव मनाउने क्रममा धेरै महिलाले सडकहरूमा आफूमाथि यौन दुर्व्यवहार भएको उजुरी गरेका छन् । उनले ती प्रत्यक्षदर्शीहरूलाई अगाडि आएर यौन आक्रमणका घटनाहरूमा बयान दिन आह्वान गरेकी छिन् ।

फ्रान्सेली मनोवैज्ञानिक मुरेल सालमोनाले भनिन्, ‘दुव्र्यवहारको सामना गर्दा मान्छेले प्रतिक्रिया दिने शैली वा व्यवहार मान्छे पिच्छे फरक हुन्छ । एउटा मात्र भावनाको हावी हुँदैन । धेरैजसो भावनाहरू र प्रतिक्रियाहरू मिश्रित हुन्छन् ।’

‘तपाईंलाई डर, खतरा, जोखिम मात्र नभएर रिस र छटपटी महसुस हुन्छ । एक दिनमा धेरै पटक (दुव्र्यवहार) भयो भने यी सबै भावनाहरू झन् आउँछन्’ उनले भनिन् ।

हिंसामा परेकी मरी भन्छिन्, ‘मलाई बाहिर हिँड्न सहज र ढुक्क लाग्दैन ।’

साभारः– बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: