लिभीङ टुगेदर : समस्यामा महिला


प्रकाशित मिति :2018-08-03 15:16:47

–इन्द्रसरा खड्का–

ललितपुर । पोखराकीे १६ वर्षीया एक किशोरी अहिले दुई जिउकी छन् । उनको पेटमा ७ महिनाको गर्भ छ । बिहे गर्ने आश्वासन दिएर दुई वर्ष सँगै बसेका उनले श्रीमान ठानेका व्यक्ति भने सम्पर्कमा छैनन् ।

उनी पोखराको एक डान्सबारमा डान्स गर्थिन् । जतिबेला उनको उमेर १४ वर्ष मात्रै थियो । केटा पनि त्यही डान्सबारमा डान्स गर्थे । उनी १७ वर्षका थिए । सँगै काम गर्ने दौरानमा एक अर्काप्रति आर्कषण बढ्यो । कच्चा उमेर हतारमा निर्णय गरे । केटाले डेरा लिएर सँगै बस्ने योजना सुनाए । किशोरी राजी भइन् । सँगै बस्न थालेपछि शारीरिक सम्बन्ध भयो ।

आफूहरु सँगै बस्छौं भन्ने कुरा केटा र केटी दुवैले आ–आफ्नो परिवारमा जानकारी पनि गराए । उनीहरुसंगै बस्ने, घुम्ने, संगै काम गर्ने कुरा दुवैको परिवारलाई थाहा भयो ।

केटी विवाह गरौं भन्थिन् । ‘तिमी सानै छौ । अहिले सँगै बसाै‌ । २१ वर्ष पुगे बिहे गराैंला’ भन्दै केटा विवाहको प्रस्ताव टार्न थाले । उनी गर्भवती भएको चौथो महिनासम्म केटा सँगै थिए । जब पाँच महिना लाग्यो उनी फरार भए । कहाँ छन्, के गर्छन् केटीलाई अत्तोपत्तो छैन ।

उनीहरु एउटै डेरामा बस्न थाले । २ वर्ष सँगै बसेपछि उनी गर्भवती भइन् । गर्भ रहेको चार महिनापछि उनले केटालाई त्यो कुरा सुनाइन् । केटा अहिले सन्तान नजन्माउने भन्दै गर्भ फाल्न दबाब दिन थाले ।

गर्भ रहेको पाँच महिनामा उनी गर्भपतनका लागि काठमाडौं समेत आइन् । तर अस्पतालले एक त उमेरै कम । त्यसमा पनि १२ हप्ता भन्दा बढीको गर्भ फाल्नु पर्दा आमाको ज्यान जोखिममा पर्ने बतायो । फाल्नै परे जिम्मेवारी लिने आफन्त ल्याउ भन्यो । उनले आफन्तलाई भनिनन् । त्यसैले गर्भपतन भएन ।

‘बिहे अगावै यति माया गर्ने मान्छे बिहेपछि त झन् कति माया गर्छ होला भन्ने लाग्यो’ उनले आँसु चुहाउँदै भनिन्, ‘यस्तो पापी होला भन्ने कुरा सोचेकै थिइन ।’

उनी यतिबेला काठमाडौंको एक पुनस्र्थापना गृहमा छिन् । केटाले आफूलाई धोका दिएको कुराले निकै निरास बनाएको छ उनलाई । तर पनि उ फर्केर आउने झिनो आसा भने बाँकी नै रहेको बताइन् । ‘साचो माया गरेको भए फर्केर आउला । बाटो हेर्दाहेर्दै थाकिसके । तर आस चाहिँ मरेको छैन’ उनले भनिन् ।

सिन्धुलीकी २० वर्षीया युवती काठमाडौंमा ज्यामी काम गर्थिन् । काम गर्ने क्रममा उनको मिस्त्री काम गर्ने युवकसँग भेट भो । जो उनकै बालसखा थिए ।

बचपनको साथी सहकर्मीको रुपमा भेटिँदा दुवै जना निकै खुसी भए । कुराकानीका क्रममा बाल्यकालतिर फर्किन्थे । सँगै खेले हुर्केका अन्य साथीहरुको बारेमा कुरा गर्थे । निकै रमाउँथे उनीहरु ।

डान्सबारमा सँगै काम गर्ने केटाले पछि बिहे गर्ने आश्वासनमा प्रेम प्रस्ताव राखे । काठमाडौंमै पाँचतले घर भएका केटा उनीसँगै डेरामा बस्न थाले । पाँच वर्ष सँगै बसे । तर जब उनी गर्भवती भइन्, अनि केटाको व्यवहार परिवर्तन भयो । उनी गर्भपतन गर भन्दै कुटपिट गर्न थाले । 

बालसखा उनीहरुको हरेक दिनको भेटघाट बिस्तारै प्रेममा परिणत भयो । केटाले सँगै बस्ने र अलि पछि बिहे नै गर्ने प्रस्ताव राखे । उनी पनि बचपनको साथीबाट बिहेको प्रस्ताव आएपछि खुसी नहुने कुरै थिएन । ‘हुन्छ’ भनिन् । उनीहरु एउटै डेरामा बस्न थाले । २ वर्ष सँगै बसेपछि उनी गर्भवती भइन् । गर्भ रहेको चार महिनापछि उनले केटालाई त्यो कुरा सुनाइन् । केटा अहिले सन्तान नजन्माउने भन्दै गर्भ फाल्न दबाब दिन थाले । तर केटीले मानिनन् । अनि केटीलाई केही जानकारी नदिएर फरार भए ।

उनीसँग अहिले एक वर्षको छोरा छन् । छोराले बाबा भन्ने र खोज्ने दिन आउन थालेपछि उनी चिन्तित छिन् । त्यसमा पनि बिहे नगरेरै सन्तानको आमा हुनु परेपछि उनी पटक पटक अरुले सोध्ने श्रीमान खोई ? भन्ने प्रश्नबाट कम्ति आजित छैनन् ।

अब छोरालाई बाउ भनेर कसको नाम दिने । के काम गर्ने । छोरा कसरी पाल्ने भन्ने चिन्ता छ उनलाई । अहिले भने उनी काठमाडौं मै एक पुनर्स्थापना गृहको संरक्षणमा छिन् ।

काठमाडौंको एउटा डान्सबारमा काम गर्ने गुल्मीकी २० वर्षीया युवतीको पीडा पनि उस्तै छ । अहिले उनीसँग डेढ वर्षकी छोरी छिन् । न उनको बिहे दर्ता छ, न त छोरीको जन्म दर्ता नै ।

डान्सबारमा सँगै काम गर्ने केटाले पछि बिहे गर्ने आश्वासनमा प्रेम प्रस्ताव राखे । काठमाडौंमै पाँचतले घर भएका केटा उनीसँगै डेरामा बस्न थाले । पाँच वर्ष सँगै बसे । तर जब उनी गर्भवती भइन्, अनि केटाको व्यवहार परिवर्तन भयो । उनी गर्भपतन गर भन्दै कुटपिट गर्न थाले । उनले मानिनन् । गर्भपतन गर्न दबाब दिँदा कुटपिट गरेपछि बसेका घाउका खाटा देखाउँदै उनले भनिन्, ‘नदेखिने चोट त कति सहेँ सहेँ ।’

छोरी जन्मेको ६ महिनामा उनी केटाको घर पत्ता लगाई छोरी बोकेर घर पुगिन् । तर सासूससुराले ‘हाम्रो सम्पत्ति खानका लागि अर्काको छोरी बोकेर आउने तँ को होस्’ भन्दै कुटपिट गरे । छोराले स्वीकार नगरेकी बुहारी र नातिनी उनीहरुले स्वीकार गर्ने कुरै भएन । तर पनि उनले घर छोडेकी छैनन् । रातदिनको कुटपिट र गाली बेइज्जती सहेर केटाकै घरमा बसिरहेकी छन् । केटा भने कहिलेकसो मात्रै घर आउँछन् । कुटपिट गर्छन् र यातना दिन्छन् ।

महिला चनाखो हुनुपर्छः कमला सुबेदी, प्रहरी

हाल नेपालमा विवाहित र अविवाहित दुवै खालका मानिस ‘लिभिङ टुगेदर’मा रहने गरेको महानगरीय प्रहरी वृत, महिला बालबालिका सेवा केन्द्र कालिमाटीका प्रमुख कमला सुबेदीले बताइन् ।

सेवा केन्द्रमा अहिले लिभिङ टुगेदरका उजुरी आउने क्रम बढेको उनको भनाइ छ । कालिमाटी महिला सेलमा गत आर्थिक वर्षको चैत्र महिनासम्म १३ उजुरी परेका छन् ।

कानुनले नै मान्यता नदिएको ‘लिभिङ टुगेदर’मा रहँदा महिलाले नै सजगता अपनाए यो समस्याबाट बच्न नसक्ने उनको उनी बताउँछिन् ।
सँगै बस्नको लागि अमेरीका, युरोप जस्ता विकसित देशको सिको नेपाली युवा युवतीहरुले गर्ने । तर छुट्टिनु परे र जिम्मेवारी लिनु परे नेपाली समाज त्याग्न नसक्ने प्रवृतिका मानिसका कारण समस्या बढेको सुवेदीको बुझाइ छ ।

छुट्टै कानुन चाहिन्छः अधिवक्ता

लिभिङ टुगेदरले महिला र बालबालिका समस्यामा परेका भए पनि कानुन नहुँदा समस्या बल्झिएको राष्ट्रिय महिला आयोगका कानुन अधिकृत निर्मला गुरुङ बताउँछिन् ।

‘बाहिरबाट पढाईको सिलसिलामा अथवा कामको सिलसिलामा काठमाडौँ लगायतका शहरमा आउने र बिहे नगरी केटाकेटी सँगै बस्छन् । जब महिलाको गर्भ बस्छ, अनि केटा फरार हुन्छन् । अथवा फरार नभए पनि गर्भ मेरो हैन भन्छन् । र जिम्मेवारीको एकलौटी भार केटीकै थाप्लोमा थुपारिदिन्छन् ।’

कानुनले लिभिङ टुगेदरबारे कुनै व्यवस्था नगर्दा समस्या भएको भन्दै अब यसलाई नियमन गर्न छुट्टै कानुन बन्न आवश्यक भएको उनको भनाइ छ । उजुरी लिएर आउनेहरुलाई न्याय दिन पनि कानुनी जटिलता भएको भन्दै उनले महिला आयोगले पनि ‘लिभिङ टुगेदर’बारे कानुन बनाउनुपर्ने आवाज उठाएको बताइन् ।

राष्ट्रिय महिला आयोगले ‘लिभिङ टुगेदर’को उजुरी अहिलेसम्म यति नै प¥यो भन्ने छुट्टै तथ्याङ्क भने राखेको छैन । नेपालमा लिभिङ टुगेदरबारे स्पष्ट कानुन नहुँदा यस्ता उजुरीलाई पनि घरेलु हिंसामा समेट्ने गरेको अधिकृत गुरुङले बताइन् ।

केटा केही सँगै बस्ने तर कागजी प्रमाण नजुटाउने गर्दा समस्यामा परेका उजुरीको तथ्याङ्क नभए पनि महिनामा कम्तिमा महिनामा ५,६ वटा उजुरी अनिवार्य आउने गरेको उनको भनाइ छ ।

देखासिकीले निम्त्याएको समस्या

विवाहको सामाजिक तथा कानुनी प्रावधान पुरा नगरी केटाकेटी सँगै बस्नु ‘लिभिङ् टुगेदर’ हो ।

नेपालमा पनि अहिले बिहे नगरेरै केटा र केटी सँगै बस्ने चलन बढ्दो छ । विकसित मुलुकका केटाकेटीको सिको गर्दै नेपालका केटाकेटीहरु पनि बिहे अगाडि सँगै बस्छन् । यसरी बस्दा केटाहरुले केटीलाई पछि बिहे गर्ने आवश्वासन समेत दिएका हुन्छन् । तर जब केटी गर्भवती हुन्छिन् र बिहेका लागि दबाब दिन्छिन् अनि समस्या सुरु हुन्छ ।

यतिमात्रै होइन बिहे नगर्ने शर्तमा सँगै बसेका जोडीहरुमध्ये केटाले अर्कै पार्टनर रोज्दा र केटीले पनि सम्बन्ध अगाडि बढाउन नचाहँदा समेत एक अर्कामा समस्या शुरु हुन्छ ।

यसरी सँगै बस्दा केटीले केटालाई श्रीमान ठान्छिन् । शारीरिक सम्बन्ध हुन्छ । गर्भ बस्छ । सन्तान जन्मिन्छन् । तर सामाजिक मुल्य मान्यता, लोकलाज र परिवारको बहाना बनाएर केटाले श्रीमती स्वीकार गर्दैन । न त सन्तानको जिम्मेवारी नै लिन्छ । यसो हुँदा मर्का र समस्याको भार केटीलाई नै पर्छ ।

बिहे अगाडि केटासँग बोल्ने र संगत गर्ने केटीलाई चरित्रहिनको ट्याग भिराइदिने नेपाली समाजले रातदिन केटासँग एउटै कोठामा बस्ने केटीलाई स्वीकार गर्न मुस्किल छ ।

विकसित देशका जोडीहरु मन मिल्दासम्म सँगै बस्छन् । एकलाई अर्कोसँग बस्न मन नलागेपछि आपसी सहमतीमा सहजै छुट्टिन्छन् । एउटाले अर्काको जीवनमा कुनै खालको हस्तक्षेप गर्दैन ।

तर हाम्रो देशमा जोडीमध्ये एउटालाई उसँग बस्न मन लागेन भने अर्कोले उन्मुक्ति दिन्न । बरु लागे पुगेसम्म उसलाई आफ्नै बनाउन र नसके बदनाम गर्न लागिपर्छन् । जसका कारण समस्या भोग्नेमा महिलाको संख्या धेरै छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: