पत्रकार महिलालाई फुटबल प्रशिक्षण


प्रकाशित मिति :2018-07-22 17:39:38

–महिला खबर–

ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

दुःखमा परेका, उपचार गर्न नसक्ने पत्रकार महिलाहरुको सहयोगका लागि ‘पत्रकार महिला सहयोग कोष’ स्थापना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको नेपाल पत्रकार महासंघका सचिव लक्ष्मी पुनले जानकारी दिइन् ।

यही प्रतियोगितालाई लक्षित गर्दै आजदेखि प्रशिक्षण समेत सुरु भएको सचिव तथा महिला समिती संयोजक पुनले बताइन् ।

उनका अनुसार पत्रकार महिलालाई फुटबल कसरी खेल्ने, फुटबल खेल्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने बारे जानकारी गराउन प्रशिक्षण दिइएको हो ।

नक्सालस्थित सानो गौचरणमा आइतबार कोच देवेन्द्रजंग शाहले पत्रकारलाई प्रशिक्षण दिएका थिए ।

प्रतियोगिता साउन १२ गते काठमाडौंमा हुनेछ । प्रतियोगितामा क्रियाशील पत्रकार महिला, साहित्यकार महिला र स्वतन्त्र लेखक महिलाले भाग लिनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: