भारत महिलाको लागि ‘खतरनाक’ देश


प्रकाशित मिति :2018-07-20 10:50:09

ललितपुर । यौन हिंसाको उच्च जोखिम र दासप्रथाको कारण महिलाको लागि भारत विश्वको सबैभन्दा ‘खतरनाक’ देश भएको एक सर्वेक्षणले बताएको छ ।

थमसन रोयटर्स फाउण्डेसनले हालै सार्वजनिक गरेको प्रतिवेदनमा महिलामाथि हुने यौन हिंसा, घरेलु कामका लागि हुने मानव बेचबिखन, बाध्यात्मक श्रम, करकापमा गरिने विवाह, यौन दासी जस्ता कारणहरूले गर्दा भारत सबैभन्दा खतरनाक देशको रुपमा प्रस्तुत गरिएको हो ।

यसका साथसाथै अनुसन्धानले भारतलाई सांस्कृतिक रीतिरिवाजले महिलामा परेको नकरात्मक असरहरूले गर्दा पनि ‘खतरनाक’ स्थिति भएको देशको रुपमा देखाएको छ । ती हानिकारक रीतिरिवाज र सामाजिक मान्यताका उदाहरणहरू एसिड प्रहार, महिलाको गुप्तांग चिरफार गर्ने प्रथा, बालविवाह र शारीरिक हिंसाका हुन् ।

सर्वेक्षण प्रतिवेदनमा प्रस्तुत गरिएको सूचीमा दसवटा देशहरू मध्ये नौवटा एसिया, मध्यपूर्व र अफ्रिकाबाट थिए । दसौं स्थानमा संयुक्त राज्य अमेरिका थियो । फाउण्डेसनका अनुसार यो यौन हिंसा विरुद्ध चलेको (३ःभत्यय० आन्दोलनसँग सम्बन्धित थियो ।

सर्वेक्षण अनुसार महिलाहको लागि संसारको सबैभन्दा खतरनाक देशहरूको नाम र स्थान क्रमबद्ध रुपमा तल दिइएका छन्ः
भारत, अफ्गानिस्तान, सिरिया, सोमालिया, साउदी अरेयिबा, पाकिस्तान, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, यमन, नाईजेरिया, संयुक्त राज्य अमेरिका ।
उक्त प्रतिवेदन सार्वजनिक हुँदा भारतमा बलात्कारका घटनाहरूले १६ र ८ वर्षका बालिकाहरूमाथि भएका आक्रमणहरूका कारण सर्वसाधरणमा रोष बढेको थियो । सार्वजनिक विरोध र प्रतिक्रयाहरूले गर्दा यौन हिंसाको समस्या फेरि राष्ट्रिय चासोको विषयमा उठाइएको छ ।
गत अप्रिल महिनामा हजारौं प्रदर्शनकारी महिला सुरक्षाको माग राख्दै सडकमा ओर्लिएका थिए । यो प्रदर्शनको जनलहर सन् २०१२ मा एक कलेज छात्राको दिल्लीमा भएको बलात्कार र हत्याको घटनाको विरोधको प्रदर्शन पछि सबैभन्दा ठूलो थियो ।
भारतमा यौन हिंसा व्यापक छ । त्यहाँ विभिन्न स्तरहरूबाट यसको न्यूनिकरण गर्न पहल र संघर्ष गरिंदै आएको छ ।

सन् २०१२ को घटनापछि भारतको केन्द्रीय सरकारले यौन आक्रमण, बलात्कार र यौन दुव्र्यवहार गर्नेलाई नयाँ कानून मार्फत काडा सजायको अनुमोदन गरेको थियो । यसभित्र पीडकको जेल सजाय बढाउने र मृत्युदण्ड पर्छन् ।

कडा कानूनको बाबजुत राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको अनुसार हरेक दिन देशमा एक सय भन्दा बढी यौन आक्रमणका रिपोर्ट प्रहरीमा आउँछन् । सन् २०१६ मा करिब ३९ हजार यस्ता आक्रमणका आरोपहरू रिपोर्ट गरिएका थिए । सन् २०१५ को भन्दा यो संख्यामा १२ प्रतिशतले वृद्धि भएको थियो ।

साभारः सीएनएन 

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: