सरकारी तथा निजी अस्पताल बन्दका कारण बिरामी मारमा


प्रकाशित मिति :2018-07-19 20:35:11

महिला खबर
ललितपुर । डा.गोविन्द केसीको सर्मथनमा डाक्टरहरुले आज देशभरका सरकारी तथा निजी अस्पताल बन्द गरेपछि बिरामीहरु थप मारमा परेका छन् ।

केसीको जीवन रक्षा र माग पूरा गर्न दबाब दिन भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशभरका सरकारी तथा निजी अस्पताल, नर्सिङ होम तथा क्लिनिकमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेपछी उपचारका लागि अस्पताल आउने बिरामी मारमा परेका हुन् ।

बिहीबार काठमाडौंको वीर अस्पताल, टिचिङ अस्पताल, भक्तपुरको भक्तपुर अस्पतालमा समेत आकस्मिक बाहेक सबै स्वाथ्य सेवा बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए ।

बन्द भएन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

काठमाडौं लगायत देशभरका सरकारी तथा नीजि अस्पताल बन्द रहे पनि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल भने बन्द भएन।


अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले अस्पताल जस्तो संवेदनशिल क्षेत्र बन्द गर्न नसकिने भन्दै अस्पतालको सम्पूर्ण सेवा सूचारु रहेको महिला खबरलाई जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: