राष्ट्रिय महिला मञ्च सुरु


प्रकाशित मिति :2018-07-19 18:26:43

–महिला खबर–

ललितपुर । राष्ट्रिय महिला मञ्च आज बिहीबारदेखि ललितपुरमा सुरु भएको छ । महिला अधिकारका लागि क्रियाशील देशभरका अधिकारकर्मीका सहभागीतामा महिला मञ्च सुरु भएको हो ।

‘सामाजिक न्यायमा आधारित दीगो सामाजिक, आर्थिक रुपान्तरणका लागि रुपान्तरित नेतृत्व’ भन्ने मुल नाराका साथ सुरु भएको राष्ट्रिय महिला मञ्चमा देशभरका स्थानीय तहका उपप्रमुख लगायत दुई सय महिला सहभागी छन् ।

मञ्चको उद्घाटन समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष डा.अनुपराज शर्मा प्रमुख अतिथि थिए । कार्यक्रममा उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्याल लगायत प्रतिनिधि सभा सांसद, अधिकारकर्मी लगायतले बोलेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा समाज रुपान्तरणको लागि नेतृत्व कस्तो हुनुपर्छ, सामाजिक सांस्कृतिक रुपान्तरण र हानीकारक अभ्यासहरु, आर्थिक सशक्तीकरणको विद्यमान नीति तथा कार्यक्रम, वर्तमान परिप्रेक्ष्यमा न्यायिक समितिको भूमिका, अभ्यास र चुनौती लगायत विषयमा छलफल हुने आयोजक महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिईन् ।
शनिबार घोषणापत्र जारी गर्दै महिला मञ्चको समापन हुने पनि अध्यक्ष अधिकारीले जनाईन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: