घरमै सुत्केरी गराउँदा मृत्यु


प्रकाशित मिति :2018-07-13 16:25:11

–रमेश रावल–

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा १० रुडुकी राइकोशा थापाको घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।

ढिलोगरी प्राप्त समाचार अनुसार थापाले मंगलबार राती १० बजे घरमै शिशु जन्माएकी थिइन् । सुत्केरी भएको दुई घण्टासम्म पनि रक्तश्राव हुन नरोकिएपछि उनको ज्यान गएको उनका श्रीमान कालीबहादुर थापाले बताए ।

‘डाक्टरहरुले घरमा सुत्केरी नगराउन सल्लाह दिएका थिए’ उनले पश्चाताप गर्दै भने, ‘घरबाट अस्पतालसम्म बोक्ने मान्छे नहुँदा घरमै सुत्केरी गराउनुपर्यो ।’

एक महिना अघि गर्भ जाँच गराउन आउदा राइकोशामा रक्तअल्पता भएको देखिएको र उनलाई अस्पतालमा मात्रै सुत्केरी गराउन सुझाव दिएको तिलागुफा नगरपालिका वडा नं. १० चिल्खाया स्वास्थ्य चौकीका ईन्चार्ज दुर्गाप्रसाद आचार्यले बताए ।

‘एक महिना अगाडी थापा स्वास्थ्य चौकीमा गर्भ चाँच गराउन आउनु भएको थियो । हामीले घरमा सुत्केरी नराउन सुझाव दिएको थियौं ।’ उनले भने, ‘तर, परिवारले हामीले दिएको सुझाव नमान्दा दुर्घटना भएछ । दुःख लाग्यो ।’

गत वर्ष तिलागुफा नगरपालिका वडा नं. ११ की हरिशोभा बि.क.को पनि रक्तअल्पताका कारण मृत्यु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: