सबैभन्दा कान्छी ‘आत्मनिर्भर अरबपति’


प्रकाशित मिति :2018-07-13 15:46:07

ललितपुर । फोर्ब्स म्याग्जिनका अनुसार, ‘किपीङ्ग अप वीथ कार्डसियनस्’ टेलिभिजन कार्यक्रमकी कलाकार काइली जेनर बीस वर्षमै आफ्नै बलबुतामा ९ सय मिलियन डलरकी मालिक भएकी छन् ।

अमेरिकामा फेसन गुरुको रुपमा ख्याति प्राप्त जेनर कार्डसियन परिवारकी सबैभन्दा कान्छी सदस्य हुन् । उनले दुई वर्ष अगाडि श्रृङ्गार सामग्री व्यापारको शुरुआत गरेकी थिइन् ।

उनलाई ३७ वर्षीया दिदी किम कार्डसियन वेस्टसँग तुलना गर्दा जेनर नै बढी धनी छिन् । उनकी दिदीको सम्पत्ति ३ सय ५० मिलियन डलर रहेको छ । किम पनि लोकप्रिय अमेरिकी कलाकार र व्यक्तित्व हुन् ।

काइली जेनर अगष्ट महिनामा २१ वर्ष पुग्नेछिन् ।

जेनरले सन् २०१५ मा उनको ‘किपिङ्ग अप वीथ कार्डसियन’ टेलिभिजन कार्यक्रम चलिरहेको बखतमा उनलाई आफ्ना ओठहरूप्रति विश्वास नभएको र कृतिम तरिकाले यसलाई परिवर्तन गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

त्यसपछि उनले आफ्नो ब्राण्ड ‘काइली श्रृङ्गार सामग्री’को प्रारम्भ गरेकी थिइन् । जुन सामग्रीहरु ग्राहकको ओठलाई ठूलो, आकर्षक र उपयुक्त आकारको बनाउने खालका थिए ।

पुराना परम्परागत श्रृङ्गारका सामग्री बेच्ने तरिका नअपनाएर जेनरका प्रायः सबै उत्पादनहरूलाई व्यापक रुपमा अनलाइनमार्फत् बिक्री गरियो ।

जेनरका उत्पादनहरू उनका प्रशंसकहरू माझ धेरै लोकप्रिय भयो र उत्पादनहरुको माग ह्वात्त बढ्यो । बिक्री पनि वेवसाइटहरुमार्फत् सबैतिर फैलियो र छिट्टै भयो ।

फोर्ब्सका अनुसार जेनरको आफ्नो कम्पनिको सम्पत्ति ८ सय मिलियन डलर रहेको छ ।

अमेरिकाको सबैभन्दा स्वाबलम्बी धनी व्यक्तिहरुको फोब्र्स सूचीमा जेनर २७ औं नम्बरमा पर्छिन् भने अन्य महिलामा बार्बरा स्टे«सान्ड (४ सय मिलियन डलर), बियोन्स नोलेस (३३५ मिलियन डलर) र टेलर स्वीफ्ट (३२० मिलियन डलर) पर्छन् ।

जेनर फेसबुकका संस्थापक मार्क जुकरबर्गभन्दा कम उमेरमा अरबपति बन्ने क्रममा छिन् ।

मार्क जुकर २३ वर्षको उमेरमा अरबपति भएका थिए ।

हुनत स्न्यपच्याटका मालिक इभान स्पीगल २० वर्षको उमेरमा अरबपति भएको भनिएता पनि उनले त्यो लक्ष्य कहिले हासिल गरे भन्ने कुरा स्पष्ट छैन ।

जेनरले आफ्नो इन्स्टाग्रामका ११० मिलियन फलोअरका लागि लेख्दै भनिन् ‘वा ! म विश्वासै गर्न सक्दिन म मेरो फोर्ब्स कभर यहाँ पोष्ट गरिरहेको छु । यो लेख र सम्मानको लागि धन्यवाद ! हरेक दिन आफूले चाहेको कुरा गर्न पाउँदा मैले आफूलाई अत्यन्त भाग्यमानी पाएकी छु ।’

जेनर पहिलो पटक दश वर्षको उमेरमा आफ्नो परिवारसहितको टेलिभिजन रियालिट कार्यक्रमबाट चर्चामा आएकी हुन् ।

सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताहरुले फोर्ब्समा जेनरले स्वयं आर्जन गरेकोे सम्पत्ति भनिएता पनि उनको आमाबाबु पहिलेदेखि नै प्रसिद्ध र धनी थिए भन्ने प्रतिक्रिया व्यक्त गरेका थिए ।

साभार – बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: