अल्छी श्रीमानमाथि यौन कर


प्रकाशित मिति :2018-07-10 11:56:56

एउटा विद्यालयकी शिक्षक आनेत नानोजी आफ्ना श्रीमान्सँग रिसले चुर भईन् । उनका श्रीमान् मोटर गाडी बनाउने काम गर्थे । तर आफ्ना चार जना छोराछोरीहरूलाई लालनपालन गरेर हुर्काउने जिम्मेवारी लिन मान्दैनथे ।

आनेतले थाहा पाइन्, उनको श्रीमान् आफ्नो तलब रक्सीमा र यौन क्रिडामा खर्च गर्थे । यी ३४ वर्षीया महिलाले श्रीमान्लाई राम्रोसँग पाठ पढाउने निर्णय गरिन् । अब घरको नियम परिवर्तन भएको छ । जब श्रीमान् घर आउँछन् र उनीसँग यौन सम्बन्ध राख्न चाहन्छन् उनले श्रीमतीलाई पैसा तिर्नुपर्छ ।

यो विवादास्पद रणनीतिको रुपमा देखिए पनि युगान्डामा यसको अभ्यास बढ्दै गएको छ । यसले महिलाको सशक्तीकरणमा ठूलो भूमिका खेलेको छ ।

मानव अधिकारवादी संस्थाहरूको सहयोगमा यी महिला पितृसत्तात्मक समाजले उनीहरूलाई दिएको असमान जिम्मेवारी र उनीहरूको हितमा नभएका मूल्य र मान्यताहरू विरूद्ध लडिरहेका छन् ।

राजधानी कम्पालामा छिटपुट घटनाको रुपमा देखापरेको श्रीमान्लाई कर तिराउने अभ्यास अहिले एउटा अभियान नै बन्दै गएको छ । धेरै महिलाले आफ्ना श्रीमान्लाई घरखर्चको जिम्मेवारी लिन र घरायसी कामकाज नगरे प्रायश्चित गराउन दबाब दिइरहेका छन् । घरायसी कर वा जरिवानालाई उनीहरूले श्रीमान्लाई तह लगाउने एउटा अस्त्रको रुपमा प्रयोग गरिरहेका छन् ।

तीन वर्ष अगाडि, १५० महिलाले युगान्डामा एक सय वर्षदेखि काम गर्दै आएको मदर्स युनियन नामक संस्थामा उनीहरूले आफ्ना श्रीमान्हरूलाई आफूसँग यौन सम्पर्क राखे बापत पैसा तिराएको बताएका थिए । यो जानकारी संस्थाकी सचीव रूथ नालुग्वाले दिएकी हुन् । यो संख्या सन् २०१६ मा ५,००० पुग्यो । अहिले यस्ता महिलाको संख्या ३०,००० पुगेको कुरा नालुग्वा बताउँछिन् ।

गत मे महिनामा युगान्डाको सरकारी समाचारपत्र द न्यू भिजनले लेखेको थियो, ‘चुट्किलाको रुपमा शुरु भएको यो (अभियान) अहिले वास्तविकता बनेको छ ।”

फैलिंदै गरेको यो अभ्यासले युगान्डा समाजलाई विभाजन गर्न थालेको छ । कतिपय श्रीमान्ले पैसा तिर्न तयार भएका छन् । केही पुरुष परिवारप्रति आफ्ना जिम्मेवारी निभाउन थालेका छन् । अरूले यौनको लागि श्रीमतीलाई पैसा तिर्न मानेका छैनन् । केही घटनाहरूमा श्रीमतीका यस्ता मागहरू घरेलु हिंसामा परिणत भएका छन् । केहीको त मृत्यु पनि भएको छ । केही धार्मिक नेताहरू र मन्त्रीहरूले यो अभ्यासलाई अनैतिक र अधार्मिक क्रियाकलापको संज्ञा दिएका छन् ।

तर धेरै महिला र मानव अधिकारवादी संस्थाहरूले यो रणनीतिलाई समर्थन गरेका छन् । उनीहरू भन्छन्, ‘यो अभ्यासले गैरजिम्मेवार श्रीमान्हरूलाई आफ्ना परिवारको कल्याण र सुखमा योगदान पुर्याउने भएकोले यो सान्दर्भिक छ ।’

संयुक्त राज्यमा धेरै भोक हड्ताल र विध्वंसक आक्रमणहरू गरिएपछि मात्र महिलाको मत हाल्ने अधिकारको बारेमा राष्ट्रिय छलफल शुरु भयो ।

‘यदि पुरुष गैरजिम्मेवारी छन् र श्रीमतीहरूले घर चलाउन उनीहरूबाट पैसा लिनु बाहेक अरू उपाय अपनाउन सक्दैनन् भने श्रीमतीहरूले उनीहरूबाट यौन कर लिने कुरा ठीक हो,’ महिला अधिकारकर्मी टिना मुसुया भन्छिन् ।

धेरै महिलाको लागि यसरी लिइने कर पैसासँग मात्र नभएर सम्मानसँग पनि जोडिएको छ । राजधानीदेखि १२० किलोमिटर मसाका बजारमा पसल चलाउने बेट्रिस अटिमको धारणामा यो अभ्यासले गर्दा श्रीमान्ले उनलाई हल्का र सहज रुपमा लिन र सम्बन्धको दुरुपयोग गर्न निरुत्साहित गर्छ ।

श्रीमतीलाई कुट्ने प्रथा युगान्डामा व्यापक छ । यो त्यहाँको जीवनशैली हो । भर्खर गरिएको सर्वेक्षण अनुसार त्यहाँका ४९ प्रतिशत महिलाले कारण दर्शाउँदै आफ्ना श्रीमान्हरूले उनीहरूलाई कुटेको ठीक थियो भन्ने आशय व्यक्त गरेका थिए । उक्त सर्वेक्षणले समेटेका महिला मध्ये १८ प्रतिशतले श्रीमान्सँग यौन सम्पर्क राख्न नमान्दा श्रीमतीले कुटाइ खानु स्वभाविक हो भन्ने राय दिएका थिए ।

उनका श्रीमान् विहान काममा निस्किँदा उनलाई घरखर्चको पैसा नदिइ जान्थे र श्रीमतीले नै घरको सबै कामकाज गरोस् भन्ने अपेक्षा राख्थे । अरू महिलाले आफना श्रीमान्हरूबाट यौन कर लिएको सुनेपछि उनलाई पनि लिन मान लाग्यो । यदि उनको श्रीमान्ले उनीसँग यौन सम्पर्क राख्न चाहे भने उनले तीन डलर माग्थिन् । यो लेनदेन सफल भयो । ‘उसले यो प्रस्ताव स्वीकार्यो । उसले झगडा नगरी मलाई पैसा दिन्छ । किनभने उसलाई थाहा छ म यो घरको लागि नै खर्च गर्छु’ उनले भनिन् ।

अरू श्रीमान्हरूले भने यो प्रक्रियालाई सहजरुपमा स्वीकारेनन् । ट्याक्सी चालक थमस ओवारीले श्रीमतीलाई यौनको लागि पैसा तिर्न मानेनन् । यौन करको माग राख्दा उनले श्रीमतीको गाला पनि चड्काए । बिस्तारै उनले श्रीमतीको कुरा बुझ्न थाले । अहिले उनले श्रीमतीसँग एक पटक यौन सम्पर्क राखेपछि छ डलर दिन्छन् ।

पसलमा काम गर्ने फिलिप ब्याबसैजा यो अभ्यासको कुनै पनि हालतमा समर्थन गर्दैनन् । श्रीमतीले आफूसँग यौन सम्पर्क गर्न दिए बापत श्रीमान्सँग पैसा माग्ने कुरा उनलाई पटक्क मन पर्दैैन । उनकी श्रीमतीले यस्तो माग राख्दा पिटाइ पनि खाइन् । श्रीमान्को पिटाइ खाएपछि उनले यो कुरा कहिल्ये उठाइनन् ।

श्रीमतीलाई कुट्ने प्रथा युगान्डामा व्यापक छ । यो त्यहाँको जीवनशैली हो । भर्खर गरिएको सर्वेक्षण अनुसार त्यहाँका ४९ प्रतिशत महिलाले कारण दर्शाउँदै आफ्ना श्रीमान्हरूले उनीहरूलाई कुटेको ठीक थियो भन्ने आशय व्यक्त गरेका थिए । उक्त सर्वेक्षणले समेटेका महिला मध्ये १८ प्रतिशतले श्रीमान्सँग यौन सम्पर्क राख्न नमान्दा श्रीमतीले कुटाइ खानु स्वभाविक हो भन्ने राय दिएका थिए ।

साभारः– डब्लूडब्लूडब्लू एमएसएन डट कम

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: