नारीको धर्म


प्रकाशित मिति :2018-07-10 11:12:23

नारीको धर्म सृष्टिको कर्म त्यै रजस्वला हो ।
पवित्र बेला सृजना मुहान त्यै मैनावारी हो ।
धन्य हुन् नारी पवित्र हुन्छन् त्यै रजस्वलाले ।
सृजना गर्छन् यो मानव जीवन त्यै मैनावारी हो ।

रजस्वलामा नारीलाई पुज्नु शास्त्रले भन्दछ ।
एकान्त, शान्त, सफा र सुग्घर रसिलो ख्वाउनु छ ।
उत्सव एउटा महिनावारी बनेर आउँछ ।
आमाको गुण दया र माया त्यै बेला उरलिन्छ ।

पद्मराज जोशी ‘प्रभात’

महिनावारी भएको बेला आराम गराउनु ।
रसिला मिठा ताकत दिने आहार ख्वाउनु ।
छुइने भनि गोठमा राख्नु त्यै ठूलो पाप हो ।
धर्म र कर्म विनास गर्ने यै ठूलो खाल्डो हो ।

आँखामा आँसु नाकमा पानी मुखमा थुक आउछ ।
त्यसै नै गरी मैनावारीमा रगत बग्दछ ।
रगत बग्छ शरीर कम्जोर हुन्छ त्यै बेलामा ।
कठोर काम गराउनु हुन् त्यो मैनावारीमा ।

उतार चढाउ हार्मोनमा हुन्छ, महिनावारीमा ।
दिग्दारी लाग्छ ओठ मुख सुक्छन् बिहानीपखमा ।
रिसाउनु हुन्न प्रफुल्ल बनाई हँसाई राख्नु छ ।
रगत बग्दा सम्मलाई पति अलग्गै बस्नु छ ।

इन्फेक्सन हुन्छ मिलन गर्दा त्यो मैनावारीमा ।
योन रोग जाग्छन् असावधान भए त्यो रजस्वलामा ।
घरभित्र बस्नु खाटमा सुत्नु पोसिलो खाएर ।
शरीर पुष्ट बलियो बनाई बस्नु छ हाँसेर ।

छुइने भनी गरेमा हेला नर्कमा परिन्छ ।
किटाणु हुन्छन् रगतमा दुषित सरसफाई गर्नु छ ।
विज्ञानको आँखा यसमा लगाई हेर्नु छ सबैले ।
राम्राका लागि रीति र थिति बनाउनु सबैले ।

सुरक्षित राख्नु रजस्वलामा सबैको धर्म हो ।
छाउपडी गोठ भत्काइदेउ अब त्यै ठूलो पौरख हो ।
घरभित्रै बस्नु घरभित्रै सुत्नु घरमा नै नुहाउनु ।
सकेको काम हाँसेर गर्नु त्यसमै रमाउनु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: