अपहरण तथा शरीर बन्धकका दोषी पक्राउ


प्रकाशित मिति :2018-07-09 15:43:26

–महिला खबर–

पाँचथर । १९ वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले रिसन चेम्जोङलाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का २१ वर्षीय चेम्जोङ्लाई असार २३ गते प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला अदालतले गरेको फैसला अनुसार दोषी ठहर भई फरार रहेकाहरूको खोजी गर्ने क्रममा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्सपेक्टर अनिल पौडलेलले बताए ।

जिल्ला अदालतले ०७१ मङ्सिर २ गते आरोपितविरुद्ध चार वर्ष कैद र ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो ।

गिरफ्तार गरिएका कसुरदारलाई असार २४ गते जिल्ला अदालत पेश गरिएको इन्सपेक्टर पौडेलले जानकारी दिए ।

कसुरदार विरुद्धको फैसला अनुसार कैद तथा जरिबाना भुक्तानका लागि उनलाई जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन जवेगुले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: