अफगानी महिलामा किन बढ्दै छ आत्महत्या ?


प्रकाशित मिति :2018-07-09 10:58:02

ललितपुर । ‘म अरू बढी बाँच्न चाहदैनथें । यसकारण मैले विष खाएर मर्न खोजें ।’ जमिला (परिवर्तित नाम) ले आफ्नो विहे पक्का भएको केटाले धोका दिएको महसुस गरेपछि आत्महत्या प्रयास गरिन् । मगनी भएको ६ वर्षपछि उनीसँग विहे पक्का भएको केटाले बिहे नगर्ने निर्णय सुनाए । जमिला ‘अब तन्नेरी’ नभएको कुरा पनि बताए ।

अहिले जमिला १८ वर्षकी भइन् । उनी १२ वर्षको हुँदा उनको परिवारले उनको विवाहको काम–कुरो छिनेका थिए । गएको महिना जमिलाले आत्महत्या गर्ने प्रयास गरिन् । उनकी आमाले उनलाई हेरतको एक अस्पतालमा उपचार गराइन् ।

जमिला अफगानिस्तानका एक हजार महिला मध्ये एक हुन् जो हरेक वर्ष आफूलाई मार्न खोज्छन् ।

अफगानिस्तानको स्वतन्त्र मानव अधिकार आयोगको अनुसार लगभग ३ हजार अफगानीहरु हरेक वर्ष आफ्नै जीवन अन्त्य गर्ने प्रयास गर्छन् ।

हेरत प्रान्तमा मात्रै यिमध्ये आधा भन्दा बढी घटना भएका छन् ।

हेरतका स्वास्थ्य अधिकारीहरूका अनुसार, सन् २०१७ मा १ हजार ८ सय मानिसले आफैलाई मार्न खोजे । जसमध्ये १ हजार ४ सय महिला थिए । ३५ जनाले आफ्नो जीवन आफै समाप्त पारे ।

यो आँकडा अघिल्लो वर्षको भन्दा लगभग दोब्बरले उच्च छ । विश्वभरको तथ्यांक हेर्दा महिलाले भन्दा बढी पुरुषले आत्महत्या गरेका छन् । अफगानिस्तानमा अनुमान गरिए अनुसार आत्महत्याका प्रयास मध्ये ८० प्रतिशत महिलाले गर्ने गरेका छन् ।

स्वतन्त्र मानव अधिकार आयोगले चेतावनी दिएको छ, आत्महत्या प्रयासको संख्या अझ बढ्न सक्छ । किनकी अफगानिस्तानमा धेरै मानिस विभिन्न कारणले आत्महत्याको रिपोर्ट गर्दैनन् ।

आत्महत्या प्रयासलाई निन्दनीय र गैरइस्लामिक मानिने कारण ग्रामीण इलाकाका धेरै मानिस आत्महत्या प्रयासको घटना र जानकारीलाई आफू र आफ्नो परिवारभित्र सीमित राख्न चाहन्छन् ।

अफगानिस्तानमा महिलामा देखिएको उच्च आत्महत्या प्रयास दरको कारक तत्व एउटा मात्र देखिँदैन । स्वतन्त्र मानव अधिकार आयोगको हवा अलार्म नुरिस्तानी भन्छिन्, ‘ती कारणहरू मानसिक स्वास्थ्य समस्या र घरेलु हिंसादेखि लिएर जबरजस्ती विवाह र महिलाले सामना गर्दै आएका अन्य धेरै सामाजिक दबाबहरु हुन सक्छन् ।’

यो कुरा स्पष्ट छ, अफगानिस्तानको जीवन धेरैका लागि अत्यन्त गाह्रो छ । खास गरी महिलाको लागि । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुमान अनुसार दस लाख भन्दा बढी अफगानीहरू निराशाजनक मानसिक विकारहरूबाट पीडित छन् । यो देशले ४० वर्षको सशस्त्र संघर्ष भोगिसकेको छ ।

यहाँ महिलामाथि हुने हिंसा व्यापक छ । संयुक्त राष्ट्र जनसंख्या कोषको अनुमानित तथ्यांक अनुसार अफगानिस्तानका ८५ प्रतिशत महिला शारीरिक, यौन वा मनोवैज्ञानिक हिंसा मध्ये कम्तिमा एक प्रकारको हिंसाबाट पीडित छन् । ६२ प्रतिशतले विभिन्न प्रकारका दुव्र्यवहारहरू भोगेका छन् ।

किन महिलाले पीडाबाट बच्न आत्महत्या गर्न खोज्छन् ? जबरजस्ती विवाहलाई पनि एउटा कारकको रुपमा प्रस्तुत गरिएको छ ।

युनिसेफको रिपोर्ट अनुसार अफगानिस्तानको एक तिहाई किशोरीहरुको १८ औं जन्मदिन अघि नै विवाह भइसकेको हुन्छ । गरिबी र रोजगारीको अवसरको कमीे महिलाको सबैभन्दा ठूलो चिन्ताको विषय रहेकोे रिपोर्टमा उल्लेख गरिएको छ ।

खतरनाक पदार्थहरू

विश्व स्वास्थ्य संगठनले विषको सहज पहुँच र बढ्दो आत्महत्या दरबीच सम्बन्ध रहेको जनाएको छ । अफगानिस्तानको अर्को समस्या भनेको विषादी सर्वसुलभ उपलब्ध हुनु हो ।

‘पछिल्ला केही वर्षहरूमा मानिसलाई औषधि र अन्य पदार्थहरू पाउन सजिलो भएको छ’ हेरतको मुख्य अस्पतालका प्रवक्ता मोहम्मद रफिक शिरजीले बीबीसी अफगानिस्तान सेवालाई बताए – ‘गत वर्ष हामीले सरोकारवाला संगठनहरूलाई खतरनाक पदार्थहरू सजिलै उपलब्ध हुन नदिन आग्रह गर्याैं ।’

हेरतका चिकित्सकहरु भन्छन्, आत्महत्या रोकथामको लागि उपयुक्त रणनीति नभएसम्म आत्महत्याको दर घट्ने छैन ।

काबुलका अफगानी स्वास्थ्य अधिकारीहरूले रोकथामको लागि राष्ट्रिय योजनाको रुपरेखा तयार पारेका छन् ।

जसमा मानसिक स्वास्थ्य समस्याबाट पीडितहरूलाई चिकित्सा केन्द्रहरूमा पहुँच प्रदान गर्नु पनि सम्मिलित छ ।

त्यहाँको सार्वजनिक स्वास्थ्य मन्त्रालयले एउटा कार्ययोजना तयार पार्न तथ्यांक खोजी रहेको बताएको छ ।

साभारः बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: