उच्च तापक्रममा पनि किन पानी पिउँदैनन् महिला ?


प्रकाशित मिति :2018-07-08 15:52:20

ललितपुर । भारतको राजधानी दिल्लीको एक फोहोर सुकुम्बासी बस्तीकी मोना (परिवर्तित) ले थाहा भएर पनि शरीरलाई आवश्यक भन्दा कम पानी पिउने गरेकी छिन् । पिसाब बढी आउला भन्ने डरले उनले पानी कम पिएकी हुन् ।

‘म पानी कम पिउँछु किनकी हामी जहाँ शौच गर्न जान्छौं त्यो ठाउँ कुख्यात केटाहरुले भरिएको हुन्छ’ उनले भनिन् ।

सोही स्थानकी तेह्र वर्षीया बालिकालाई पनि खाना र पानी कम दिइने गरिएको छ ।

उनलाई दिसा पिसाब गर्न खुला मैदानमा जाँदा यौनजन्य हिंसा होला भनेर परिवारले एक्लै दिसापिसाब गर्न पनि पठाउने गरेका छैनन् ।

उनी कि बिहान सबेरै कि त बेलुकी दिसापिसाबका लागि अन्य महिलाका साथ खुला मैदानमा जाने गरेकी छन् ।

दिउँसो यदि पिसाब आएमा महिलाले रोकेरै बस्ने र बेलुका मात्र खुला चौरमा जाने गरेको बताउँछन् ।

संयुक्त राष्ट्र संघको आँकडा अनुसार भारतमा करिब ५२ करोड ४० लाख महिला खुला मैदानमा दिसा पिसाब गर्ने गर्छन् । यस्तो अवस्थामा महिला असुरक्षित हुने र यौनजन्य हिंसाको जोखिममा पर्ने गरेका छन् ।

धेरै अध्ययनहरुले पनि शौचालय विहिन अवस्थामा रहेका र खुला मैदानमा दिसापिसाब गर्न जाँदा महिला यौनजन्य हिंसामा पर्ने गरेको देखाएका छन् ।

दिल्लीको सुकुम्बासी बस्तीमा बसोबास गर्ने महिला खुला मैदानमा दिसा पिसाब गर्न गएको बेलामा स्थानीय पुरुष तथा युवाले उनीहरुमाथि यौनजन्य दुव्र्यवहार र हिंसा गर्ने गरेको बताउँछन् ।

सुकुम्वासी बस्तीकी सविता (परिवर्तित नाम) भन्छिन्, ‘हरेक पटक जब हामी खुला मैदानमा जान्छौं हामी डरले भयभित हुन्छाैं ।’

कतिपय आफ्नै घरमा चर्पी भएका महिला पनि संयुक्त परिवारमा बस्ने र त्यसमा पनि चर्पी जाने पहिलो प्राथमिकतामा पुरुष पर्ने कारणले पनि आफूहरु खुला मैदानमा दिसापिसाब गर्न जाने गरेको बताउँछन् ।

पानी पिउन बेवास्ता

जब महिलालाई स्वास्थ्य वा सुरक्षामा के चुन्ने भन्ने प्रश्न उठ्छ तब के जवाफ दिन्छन् ?

‘यदि उनीहरु जानीजानी आफूमा पानीको मात्रा कम गर्छन् । यसले गर्मी ठाउँ वा अधिक तापक्रम रहेको ठाउँ छ भने यसले शरीरमा गम्भिर असर पुर्याउन सक्छ ।’ अमेरिकाको थिङ्क ट्यांक राण्ड कर्पोरेशनको अनुसन्धानकर्ता गुलरेज साह अजहरले भने ।

उनले सन् २०१० मा गरेको एक अध्ययनमा भारतको अहमदावादको पश्चिम शहरमा पानीको मात्रा कम भएर मर्ने व्यक्तिहरुमा अधिकांश महिला रहेका पाएका थिए ।

‘सामान्यतया घरभित्र बस्ने महिलामा डिहाइड्रेसनको प्रभाव कम हुन्छ भन्ने विश्वास गरिन्छ । तर, आधारभूत सरसफाइको कमीका कारण यो भनाइ पनि सत्य’ उनले भने ।

घरभित्रै खाना बनाउँदा धुँवा फैलिन्छ । जसले वातावरणलाई अझ तातो बनाउँछ । अझ भारतीय परम्परागत पहिरन ५ मिटर लामो सारी बेरेर बस्ने कारणले पनि महिलालाई थप गर्मीको सामना गर्नु पर्दछ ।

अत्याधिक गर्मी

भूमी सेलुकर माखला गाउँकी हुन् । जुन महाराष्ट्र विदर्भ क्षेत्रमा पर्दछ । गर्मीको समयमा यहाँ अत्याधिक तापक्रम बढ्छ । अझ कहिलेकाँही त ४७ डिग्रीभन्दा माथि तापक्रम पुग्छ ।

त्यतिबेला अत्याधिक पानीको संकट पर्दछ । भूमी र अन्य महिला केही लिटर पानी टाउकोमा भाँडो राखी अत्याधिक गर्मीमा ओसार्छन् ।

‘हामी पानी ओसार्न २ देखि ३ किलोमिटरसम्म हिँडुनुपर्छ । तर एकपटक ल्याएको पानीले आवश्यकता पुरा हुँदैन । त्यसैले एकपटकमा एउटा भाँडोमा बोक्छौं । यसरी धेरै पटकसम्म पानी ओसार्नुपर्छ ।’ भूमिले थपिन्, ‘टाउकोले कत्तिको वजन बोक्न सक्छ र ? पानी लिएर घर फर्किदा लखतरान भएका हुन्छौं ।’

अहम्दावादको पश्चिममा महिलाहरुले घरको काम जस्तै पकाउने, सफा गर्ने गर्नु भने सांस्कृतिक मान्यता नै हो । त्यसैले उनीहरुको स्वास्थ्य प्राथमिकतामा पर्दैनन् ।

दामिनी रमेशभाइ माडवारी तिनैमा एक महिला हुन् ।

‘हामीले शौचालय प्रयोग गर्न गाह्रो छ । पहिला पुरुषको पालो आउँछ’ उनले भनिन् ।

आफैलाई प्रतिबन्ध

दामिनीले भनिन्, ‘महिला भएकोले हामी पहिला घरको काम सकाउँछौं । आफू कम प्राथमिकतामा पर्छौं । त्यसैले गर्मीको समयमा मलाई जण्सिले समाप्त पार्न लागिसकेको पाएँ । किनकी म आफैले आफूलाई पानीबाट प्रतिबन्ध लगाएको थिएँ ।’

गुलरेजले भने, ‘मौनताको संस्कृति जसबाट महिला घेरिएका छन् । यसले महिलाको सफाइलाई बेवस्ता गर्दछ, जसले महिलाको मृत्यु निम्त्याउँछ ।’

‘यसको दीर्घकालिन समाधानको उपाय समनता र महिलाको अधिकारको सम्बोधन हो’ उनले थपे ।

द इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) संयुक्त राष्ट्र संघको वातावरण विज्ञानको एउटा अंग पनि हो । यसले दक्षिण एसियामा उच्च तापक्रमको लहर व्यापक बन्दै गएको भनी सावधानी गराउँदै आएको छ ।

आइपीसीसीको पाँचौं आँकलन रिपोर्ट अनुसार बीसौं शताब्दी र दुई हजार भन्दा बढी अफ्रिकी देशमा तापक्रम बढ्दै गएको छ ।

गुलरेज भन्छन्, ‘स्थानीय वातावरणमा नै यसको समाधान खोज्न जरुरी छ । यसको पहुँचका लागि स्थानीयलाई मोबाइल फोनको पहुँच बढाउन जरुरी छ । जसले तापक्रमबारे सचेत र सहयोगको लागि सम्पर्क गर्न सहज गर्दछ ।’

‘यसको साथै अन्य व्यवहारिक प्रयोगहरु घरका छानाहरुमा सेतो रंग लगाउने, झ्यालमा जुटको पर्दा लगाएर पनि घरभित्र बस्नेहरुलाई उच्च गर्मीबाट केही हदसम्म राहत दिलाउन सकिन्छ’ उनले भने, ‘ यद्यपि घरभित्रै चर्पीको व्यवस्था र सफा पिउने पानीको पहुँच सबैभन्दा महत्वपूर्ण उपाय हो ।’

साभारः बीबीसी 

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: