साथी कुर्न छाउगोठमा सुतेकी किशोरी बलात्कृत


कुर्न बोलाउने साथीसहित ४ जना पक्राउ

प्रकाशित मिति :2018-07-05 11:56:27

–महिला खबर–

ललितपुर । सुर्खेतमा छाउगोठमा साथी कुर्न गएकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

बलात्कार गरेको आरोपमा १४ र १५ वर्षीय दुई बालक र १८ वर्षका पदम गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

फायल फोटो

यस्तै बलात्कार गर्न सहयोग गरेको आरोपमा अनुसन्धानका लागि छाउ भएकी किशोरीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।

पश्चिम सुर्खेतकी १५ वर्षीया बलात्कृत किशोरीलाई उनकै साथीले ‘मलाई एक्लै डर लाग्छ । आज मसँगै सुत न’ भन्दै यही असार १७ गते छाउगोठमा सुत्न बोलाएको र राती ३ जना केटाहरु गोठमा प्रवेश गरी बलात्कार गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

बलात्कारीले अर्की किशोरीलाई गोठबाट बाहिर राखेर उनकी साथीलाई गोठभित्र पालैपालो बलात्कार गरेको पनि प्रहरीले बताएको छ ।

बलात्कृत किशोरी र आरोपित चारैजना मिल्ने साथी भएको पनि खुलेको प्रहरीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

एकल महिला समूहमा कुन्दा

–महिला खबर– ललितपुर । मानवअधिकारका लागि महिला एकल महिला समूहको १५ औं अधिवेशनबाट कुन्दा शर्माको

जनशक्ति र कानूनी ज्ञानको अभावमा न्याय सम्पादन प्रभावित

यसै विषयमा छायांकन गरिएको कार्यक्रम ‘समकोण’ आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

बहाना प्रेमको, चाहना यौनको

–सरिता दाहाल– ‘प्रेममा यौन स्वभाविक हो भन्ने हिसाबले पुरुषले भनेको मान्ने हो भने महिला समस्यामा पर्न

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: