‘भगवान’ का अश्लील रूप


प्रकाशित मिति :2018-07-04 14:14:07

मन्दिरको वरिपरि बसेर हेरिरहेका बाबा र साधुलाई ढोगिहाल्ने बानी र आफ्नो मनको कुरा भनेर आशीर्वाद लिने चक्करले कतिजनाको पारिवारिक जीवन नै खत्तम हुन पुगेका घटना समाजमा धेरै पाइन्छन् । तर ती घटना प्रकाशमा आउँदैनन् ।

मलाई पनि एकचोटी बाबाले भनेका थिए, ‘तिमीमा योगी बन्न सक्ने योग्यता छ, ‘तर तिमीले आफ्नो परिवार त्यागेर लोग्नेलाई दाजु मान्नुपर्छ ।’ बाबाको कुराले मलाई वाक्कदिक्क लाग्यो । म त्यो ठाउँमा जानै सकिनँ ।

तर पछिल्लो समयमा जब ‘बाबा’, ‘योगी र बाबुहरूको अश्लील काम उनीहरूले किशोरी र महिलाहरूलाई गरेको यौनशोषण, यौन दुव्र्यवहार र ठगीका घटना देखेपछि ‘बाबा’लाई देखेर मनमा श्रद्धा उब्जिनुको सट्टा धिक्कारको लाग्न थालेको छ ।

भारतका ‘भगवान’ मानिने आशारामको किशोरी र महिलाको यौनशोषण गरेको समाचारले केही समयअघि आमसञ्चारमा निकै चर्चा पाएको थियो । नेपालबाट पनि कति महिला आशारामलाई ढोग्न जान्थे । अहिले ती भक्तजनको के हालात् भएको होला ?

डा. अरुणा उप्रेती

के उनीहरू अहिले पनि बाबा रे बाबा, छिटो आएर हामीलाई मुक्ति दिनुस् भन्लान् कि ?

आशारामले २०१२ डिसेम्बर २६ मा एक युवतीमाथि बलत्कार हुँदा भनेका थिए ‘यदि ती युवतीले सरस्वतीको मन्त्र पढेको भए, बलात्कारीलाई तिमीहरू मेरो दाजुभाइ हो, मलाई छोडिदेउ भनेको भए र केटा साथीसँग बसमा नचढेको भए उनको बलात्कार हुँदैनथ्यो ।’ यस्ता बाबाको अश्लील बोली र विचार चिन्न कति लामो समय लागेको होला हाम्रो समाजमा ?

धार्मिक गुरुहरू भन्दैमा उनीहरूले यौनहिंसा गर्न सक्दैनन्, बदमासी गर्न जान्दैनन्, ठगी गर्न सक्दैनन् भन्ने विचारलाई परिवर्तन गरौं र ठगीको सिकार नबनौं । अरूलाई नैतिकताको पाठ पढाउने यी धर्मगुरु कति यौनपिपासु रहेछन् र कसरी महिला आफ्नो जालमा पार्दा रहेछन् भन्ने कुरा खुलेपछि त अहिले कति जनालाई योगी र सन्तप्रति नै शंका लाग्न थालेको छ ।

१२ वर्षअघिको कुरा हो मातातीर्थमा बस्ने एकदम ठूला ज्योतिषी बाबा छन् रे भनेको सुनेको थिएँ । मेरी एकजना दिदी ज्योतिषी र बाबाहरूमा असाध्यै श्रद्धा राख्ने हुनाले उनले मलाई पनि लिएर गइन् ती बाबाकहाँ । ‘प्रकाण्ड ज्योतिषी, त्रिकालदर्शी’ जे भन्यो त्यही ठ्याक्कै मिलाउने ती बाबाको कुरा सुन्ने लोभले मलाई पनि तानेको थियो ।

बिहान ६ बजे घरबाट जाँदा झुटो बोलियो । मातातीर्थको बाबाकहाँ पुगेपछि एक घन्टा कुर्नुपर्यो । बाबाले मलाई पनि दर्शन दिए । ‘दक्षिणा राख्नुहोस्’ भनेपछि मैले २० रूपैयाँ राखेँ । रकम थोरै भयो कि क्यारे उनले बांगो नजरले हेर्दै भने ‘तपाईंको आर्थिक अवस्था राम्रो रहेनछ ।
तपाईंलाई भविष्यमा आर्थिक संकट परिरहनेछ । श्रीमानले दिए खान पाउने, नत्र भोकै पर्ने स्थिति रहेछ । तर त्यसबाट मुक्ति दिलाउन म प्रयत्न गर्छु । एक महिनापछि यहाँ जप हुँदैछ । २५ सय दियो बाल्नको लागि पैसा छोड्नु होला, सबै ठीक हुन्छ ।’

मेरो अवस्था नराम्रो थिएन । म आफैं कमाउँथे । मैले लगाएको पुरानो लुगाले बाबालाई मेरो निजी कमाइ छैन भन्ने लागेछ क्यारे । ती बाबाको ‘त्रिकालदर्शी’ चर्चा त गलत रहेछ भन्ने भान भयो ।

एक सातापछि नै एक पत्रिकामा ती बाबाको नालीबेलीसहित फोटो र जालझेलको घटना छापियो । २० दिनपछि सोही आश्रमबाट तपाईंको २५ हजार जप गर्नको लागि पैसा छोडिदिनुस् भनेर फोन आयो । मैले ‘भइहाल्यो जपसप गर्नु पर्दैन’ भनेर फोन राखेँ ।

अर्का निर्मल बाबाको लड्डु खाउ, गोलकप्पा खाउ, अनि सबै राम्रो हुन्छ भन्ने विज्ञापन र पैसाको ठगी भएको कुरा भारतीय सञ्चारमा आएपछि ती बाबाको विज्ञापन रोकियो ।

नेपालमा पनि निर्मल बाबाका धेरै महिला भक्त थिए । पैसा कालो पर्समा राखे बढ्छ भन्ने बाबाको भनाइलाई स्वीकारेर कालो रङको पर्स किन्ने धेरै महिला थिए । ती बाबाको ‘ठगी’ पछि कति जनाले धत्तेरिका भनेका थिए । तर पनि एक टीभीमा निर्मल बाबाको विज्ञापन अझैं पनि आइरहन्छ । डा. अरुणा उप्रेतीको फेसबुकबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: