एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण


प्रकाशित मिति :2018-06-25 12:38:53

– मन्जुला भट्टराई–
काउन्सिलर, एआरटी सेन्टर वीर अस्पताल

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका अनुसार नेपालमा ३२ हजार ७ सय ३५ जना व्यक्ति एचआईभी संक्रमित छन् । जसमध्ये १२ हजार ५ सय ३ जना महिला छन् ।

अहिले ७ हजार ३५ महिला उपचाररत छन् । महिला र पुरुषमा एचआईभी एड्स सर्ने तरिका उस्तै हो । अझ केही त्यस्ता जनसंख्या छन् जसलाई एचआईभी सर्ने सम्भावना बढी हुन्छ । ति भनेका महिला र पुरुष सेक्स वर्करहरु हुन् ।

अर्को भनेको लागूऔषध प्रयोगकर्ता । जुन महिला, पुरुष लागूऔषध प्रयोगकर्ता छन् । यस्तै वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु पनि यसको जोखिममा छन् ।

अर्को जनसंख्या भनेको समलैंगिक यौन सम्पर्क राख्ने व्यक्ति । यद्यपी, तथ्याङ्क हेर्दा भने हामीले संक्रमणको जोखिम कम भएका भनेका महिलाहरुमा बढि देखिएको छ ।

मुख्य प्रश्न यो को कि, कम जोखिम भएका महिलामा किन बढी संक्रमण देखिएयो ? न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई आफ्नै श्रीमानबाट एचआइभी सर्ने सम्भावना बढी हुन्छ । जोखिमपूर्ण व्यवहार उनीहरुले आफ्नो तर्फबाट गरेका हुँदैनन् तर श्रीमानबाटै एचआईभी हुने महिलाहरु धेरै छन् ।

त्यसैले यस्ता महिलाले आफ्नो सुरक्षामा ध्यान दिनुपर्छ । महिलाहरु सचेत हुनुपर्छ । सुरक्षित यौन सम्पर्क राख्ने, सुईहरुको प्रयोग गर्दा सावधानी अपनाउने गर्नुपर्छ ।

महिलाहरु लागुऔषध प्रयोगकर्ता पनि छन् । आफूले बच्चालाई एचआईभी नसार्नका लागि गर्भवती अवस्थामा अनिवार्य गर्भ जाँच गर्ने जुन सरकारले नै व्यवस्था गरेको छ ।

रगत दिनुपर्दा वा लिनुपर्दा जाँच गरेर मात्रै प्रयोग गर्ने । यी कुरा सबैको लागि लागू हुने कुरा हो । तर कम जोखिम छन् भनिएका महिलाहरुमा पनि आफ्नो श्रीमान श्रीमतीबीच विश्वसनीयता हुनुपर्छ । आफ्नो श्रीमानमा पनि जोखिम छ भन्ने शंका लाग्छ भने रगत जाँच गराउनुपर्छ ।

एक किसिमले रगत जाँच गरेर उपचारको दायरामा ल्याउनु भनेको अर्को मान्छेलाई एचआइभी संक्रमण हुन नदिनु हो । यदि कुनै महिलाको श्रीमान एचआईभी सर्ने जोखिममा हुनुहुन्छ भने उहाँको त्यस अवस्थामा थाहा नहुँदा महिलालाई पनि एचआईभी सर्ने सम्भावना बढी हुन्छ ।
श्रीमानको रगत जाँचपछि एचभाईभी पोजेटिभ, वा नेगेटिभ छ भन्ने थाहा भयो भने पोजेटिभ रहेछ भनेपनि महिलाले बेलैमा आफूलाई सर्नबाट रोक्न कन्डमहरु प्रयोग गर्न सक्दछन् । पहिलो कुरा त रगत परीक्षण गर्नु नै आफैँमा एउटा राम्रो उपाय हो ।

एचआइभी संक्रमितमा पुरुषको तुलनामा महिला कम नै छन् । तर महिलाहरु कम जोखिम भन्न मिल्दैन् । हाम्रो सेन्टरमा महिलाहरु परीक्षण, काउन्सेलिङको लागि आइराख्नुहुन्छ । यहाँ हामी जाँच भन्दा पनि यो सम्बन्धि बढी जानकारी दिन्छौ ।

रगत जाँच गर्नुभन्दा पहिले काउन्सेलिङ गर्ने, त्यसपछि के गर्दा राम्रो, के गर्दा नराम्रो, औषधि शुरु गर्नुभन्दा अगाडि के कुरामा ध्यान दिने भन्ने बारेमा काउन्सेलिङ गर्छौं ।

अर्को एचआइभी भएका महिला वा पुरुष दुबैलाई व्यक्तिगत समस्या हुन्छ । एचआइभी भएका व्यक्तिलाई समाजले हेर्ने नजर फरक छ । उनीहरुले समाजमा विभेद झेल्नुपर्ने, बाहिर खुलेर कुरा गर्न नसक्ने हुनुसक्छ । उहाँहरुका सबै कुरा सुन्ने र परामर्श दिने काम हामी सेन्टरबाट गर्छौं ।

हाम्रो सेन्टरमा महिलाहरु आउनुहुन्छ । यहाँ काउन्सेलिङका लागि रेगुलर आइराख्ने, औषधीहरु, रगत टेष्ट गर्ने महिला दैनिक २० देखि ३० जना हुन्छन् । त्यसमा पोजेटिभ देखिएका महिलालाई परामर्श दिनुपर्छ ।

एचआईभी भएका महिलाबाट जन्मिएका बच्चामा एचआईभी सर्ने सम्भावना धेरै हुन्छ । त्यसले गर्भवस्था, प्रसव, प्रसूती र स्तनपान गराउँदा विशेष ध्यान दिनुपर्छ ।

जोखिम न्यूनिकरण गर्न गर्भवस्थामा के गर्ने भनेर सरकारले नै प्याकेज बनाएको छ । जसले गर्दा गर्भ परीक्षण गराउनुपर्छ भन्ने हुन्छ ।
यदि कुनै महिला वा पुरुषलाई एचआइभी लागि हालेमा हामी एआरटी भन्ने औषधी खान सल्लाह दिन्छांै । जसले भाइरसको मात्रा एकदम कम बनाउँछ ।

एचआइभी भएका व्यक्तिका शरीरमा जति धेरै भाईरस भयो त्यति सर्ने सम्भावना पनि बढी हुन्छ । तर औषधीको मात्रा पुग्यो भने सर्ने सम्भावना कम हुन्छ ।

एचआइभी संक्रमित महिला यदि गर्भवती छिन् भने प्रसूती गराउँदा सुरक्षित ठाउँमा गराउनुपर्छ । बच्चालाई एचआइभी स¥यो कि सरेन भनेर परीक्षण गराउनुपर्छ ।

अहिलेको स्थितिमा हेर्दा जे कारणले महिलाहरुमा एचआइभी सरेपनि भेदभाव छ । कम जोखिमका महिलाहरुमा बढी सरेको अवस्था छ ।

उनीहरुले केही गल्ती गरेकै हुँदैनन् तर पनि उनीहरु पीडित छन् । त्यो भनेको उनीहरु आफूले विश्वास गरेको श्रीमानबाटै एचआइभी संक्रमित हुन बाध्य हुन्छन् । हामीसँग खुल्नुहुन्छ तर समाजमा खुल्न चाहनुहुन्न । हामी उहाँको परिचय गोप्य राख्छौं । उहाँहरु पनि गोप्य नै राख्न चाहनुहुन्छ ।

महिलाहरु आफ्नो नजिकको एआरटी सेन्टरमा औषधी नखाने र अलि टाढाको सेन्टरमा गएर औषधि खाने चलन त्यहि कारण हो । उनीहरु समाजमा खुल्न चाहदैनन् ।

प्रस्तुती : सन्दिप वि.क

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: