किन गर्छन् बालकले अपराध ?


प्रकाशित मिति :2018-06-14 17:07:55

-सन्दिप वि.क-  

ललितपुर ।

घटना १.

गएको फागुन ३ गते सप्तरीमा दुई वर्षकी बालिका बलात्कृत भइन् । छिमेकी १३ वर्षका बालकले बालिकालाई बलात्कार गरेका थिए । बिहान घरमै खेल्दै गरेकी छोरी रुँदै आमा छेउ आएपछि छोरीको अवस्था हेर्दा घटना सार्वजनिक भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बलात्कार गर्ने बालकलाई सोही दिन नै नियन्त्रणमा लिइ कारबाही अगाडी बढाइएको थियो ।

यस्तै सप्तरीको हनुमाननगर गाउँपालिका ५ मा बालकबाटै बालिका बलात्कृत भइन् । यही जेठ १० गते ११ वर्षीया बालिकालाई १२ वर्षका बालकले बलात्कार गरेका थिए । जिल्ला अदालतबाट म्याद थप लिई बालकको अनुसन्धान गइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

घटना २.

गत साउनमा चिवतनस्थित इलाका प्रहरी कार्यालय नवलपुरले लागू औषधसहित एक बालकलाई पक्राउ ग¥यो ।  चितवनको भरतपुर उपमहानगरपालिका–९ निवासी ती १४ वर्षीय बालकलाई प्रहरीले कावासोतीबाट लागू औषधसहित पक्राउ गरेको थियो ।

ना ४ ख ५५४५ नम्बरको बसमा नारायणगढतर्फ जांदै गरेका बालकको साथबाट प्रहरीले नाइट्रोजन एक सय पिस, पेनेरागन १० पिस, सेरेज्याक १० पिस, टल्गेशल नामक आगूऔषध १० र सिरिन्ज ४ पिससहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तीन महिना कैद

काठमाडौं जिल्ला अदालतले गएको चैत्रमा लागूऔषध अभियोगमा पक्राउ परेका तीन बालकलाई तीन महिनाको कैद फैसला सुनाएको छ ।
न्यायाधीश रमेशराज पोखरेलको एकल इजालसले चैत १८ गते उक्त फैसला सुनाएको थियो ।

काठमाडौं प्रहरीले उनीहरुलाई लागू औषधसहित पक्राउ गरि फागुन २३ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको थियो । लागू औषधसहित पक्राउ परेका बालकहरू१२, १३ र १४ वर्षका थिए । फैसलासँगै उनीहरुलाई अहिले सुधार केन्द्रमा राखिएको छ ।

बलात्कारका फस्दै बालक

जिल्ला अदालत काठमाडौंको तथ्यांक अनुसार चालु आ.व.मा सबैभन्दा बढी बालक विरुद्ध बलात्कारका मुद्दा परेको छ । तथ्यांक अनुसार बलात्कारका १०, चोरीका ८ र लागूऔषधका २ मुद्दा परेका थिए । जसमध्ये १७ थान मुद्दा फैसला भइसकेको जिल्ला अदालतले जनाएको छ । यो चालु आवमा ०७३÷७४ का ४ थान मुद्दा जिम्मेवारी सरेका थिए ।

६८.९ प्रतिशत बालबिज्याँईका मुद्दा फैसला

आर्थिक वर्ष २०७३/०७४ मा जम्मा २ सय ३५ वटा बालबिज्याई (अपराध) सम्बन्धी मुद्दाहरूमध्ये १ सय ६२ (६८.९ प्रतिशत) मुद्दाहरूफैसला भइसकेका छन् भने बाँकी ७३ अर्थात ३१.१ प्रतिशत मुद्दाहरूचालु अवस्थामा रहेका छन् ।

यस आ.व.मा फैसला भएका १ सय ६२ मुद्दामध्ये १ सय १९ (७३.५ प्रतिशत) मुद्दाहरुमा बालबालिका दोषी ठहर भएका छन् । यसै आर्थिक वर्षमा १४ प्रकृतिका २ सय ३५ वटा बालबिज्याई सम्बन्धी मुद्दामा ३ सय ४७ (३ बालिका) बालबालिका प्रतिवादी रहेका छन् । जसमध्ये सबैभन्दा बढी १ सय १५ वटा मुद्दा जबरजस्ती करणी तथा थप १२ वटा जबरजस्ती करणी उद्योगका रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७२/७३ मा प्राप्त १ सय ३८ वटा बालबिज्याई सम्बन्धी मद्दाहरूमध्ये १ सय २ अर्थात ७३.९ प्रतिशत मुद्दाहरूफैसला भइसकेका छन् । बालबालिकाले गर्ने बिज्याईहरुमा सबभन्दा बढी जबरजस्ती करणीसम्बन्धी मुद्दाको संख्या ३७ देखिएको छ ।

त्यसपछि साधारण चोरी सम्बन्धी बालबिज्याईको संख्या २७ देखिन्छ भने लागू औषधसम्बन्धी मुद्दाको संख्या १६ देखिन्छ ।

बालबिज्याईमा संलग्न रहेका ४ जना बालिका र २ सय ३४ जना बालक गरी कूल २ सय ३८ जना बालबालिका क्रमशः भक्तपुर, विराटनगर र कास्कीमा सञ्चालित तीनवटा बालसुधार गृहमा रहेका छन् ।

बढ्दैछन् बाल अपराधि

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ४ अन्तरगत दफा ३९ मा कसुरको गम्भीरता घटाउने अवस्थाको व्यवस्था गरेको छ । दफाको (क) मा कसुरदारको उमेर अठार वर्षभन्दा कम वा पचहत्तर वर्षभन्दा माथि भएको हुनुपर्नेछ भनिएको छ ।  यो कानून आगामी भदौ १ गतेबाट लागू हुनेछ । पुरानो मुलुकी ऐनमा कसुरदारको उमेर १६ वर्षभन्दा कम मानिएको थियो ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार कृष्ण प्रसाद नेपाल भन्छन्, ‘संयुक्त राष्ट्र संघले नै १८ वर्ष मुनिकालाई बालक मानेको छ । हामीले त्यसलाई अहिले अवलम्बन गर्दै छौ ।

कसुरदारको उमेर १८ वर्ष वर्षभन्दा कम मान्दा अवराध गर्ने बालबालिका स्वत बढ्ने देखिन्छ । यसमा राज्य जिम्मेबार हुनुपर्छ । अबदेखि १८ वर्षका बालकले कुनै अपराध गरेमा बाबुको संरक्षणमा जिम्मा लगाउनुपर्ने हुन्छ ।’

कानूनी व्यवस्थामा सजाय

नयाँ मुलुकी अपराध संहिता ऐन २०७४ अन्तरगत बालबालिकालाई हुने सजायमा कानुन बमोजिम कसुर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दा बखत दश वर्ष पुगेको रहेनछ भने निजलाई कुनै सजाय हुने छैन भनिएको छ ।

यस्तै दश वर्ष वा दश वर्ष भन्दा माथि र चौध वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई कैदको सजाय गर्दा बढीमा ६ महिनासम्म कैदको सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्न सकिनेछ भनिएको छ ।

चौध वर्ष वा चौध वर्षभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानुन बमोजिम हुने सजायको आधा सजाय हुनेछ ।

र सोह्र वर्ष वा सोह्र वर्षभन्दा माथि र अठार वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानुन बमोजिम हुने सजायको दुई तिहाई साजय हुनेछ भनिएको छ ।

बालक किन अपराध गर्छ ?

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेख थापा क्षेत्री भन्छन्, ‘अहिले परिवारहरूसंयुक्तबाट एकल परिवारमा विभाजन हुने क्रम बढ्दो छ । जसले गर्दा उनीहरुले पारिवारिक संस्कार नै सिक्न पाउदैनन् । अर्को कुरा बाबुआमा दुवै जागिरे हुँदा, सूचना प्रविधिको गलत प्रयोगले पनि यस्तो समस्या हुने गरेको छ ।’

यस्ता गलत प्रवृतिलाई रोक्न परिवार, समाज र राज्यको सहयोग आवश्यक पर्ने प्रवक्ता थापा बताउँछन् । गलत साथीको संगत, पारिवारिक विचलन, अभिभावकको उचित माया र स्नेह नपाउँदा पनि बालबालिका अपराधतिर अग्रसर हुन्छन् ।

यस्तै बढ्दो उमेरसँगै मान्छेमा यौन चाहानाको विकास हुन्छ । यदि बालबालिकाले सही यौन शिक्षा पाएनन् भने यौन जिज्ञासा मेटाउनका लागि पनि आफू भन्दा साना बालिका बलात्कार गर्छन् । जुन कुरा उनीहरुले अपराध हो भन्ने बुझेकै हुँदैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उपसभामुख बीच अब भिडियो कुराकानी

–महिला खबर– ललितपुर । संघीय संसद र प्रदेश संसदका उपसभामुख बीच बिद्युतीय रुपमा सम्बाद शुरू भएको

पुरुष सभामुखले जब संसद चलाइरहेकै बेला शिशुलाई दूध ख्वाए

एजेन्सी । संसदमा चर्काचर्की बहस चलिरहेकै बेला न्युजिल्याण्डका सभामुखले बच्चालाई दूध खुवाएर बसेका छन्।

छाउगोठ हैन छाउसोच भत्काउँ

-राधिका सापकोटा-  २०७४ असार १ गते म विहान देखि नै अफिसको काममा थिए । जिल्लामा सिन्धुपाल्चोक

बलात्कारको मुद्दा मिलापत्र गर्न खोज्ने ८ जना पक्राउ

–महिला खबर– नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास गर्नेहरूलाई प्रहरीले

अधिकारकर्मीको दबाब : महिला आयोगमा छिटो नियुक्ति गर

–महिला खबर– ललितपुर । राष्ट्रिय महिला आयोग २२ महिनादेखि पदाधिकारीविहीन भएपछि सरोकारवालाले चासो देखाएका छन्।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: