खेलकुद क्षेत्रमा महिला सहभागिता बढाइने


प्रकाशित मिति :2018-06-12 18:05:48

–महिला खबर–

ललितपुर । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रमा महिला सहभागिता वृद्धि भएमा महिला हिंसा न्यूनिकरणमा सहयोग पुग्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले महिला हिंसा न्यूनिकरण गर्न खेल क्षेत्रमा महिला सहभागिता बढाउनुपर्ने बताएका हुन् ।

उनले खेल क्षेत्रमा महिलाहरुको सहभागिताका लागि सरकारले प्राथमिकता दिने पनि बताए । मन्त्री विश्वकर्माले खेलकुदकै माध्यमबाट आपसमा तिक्त सम्बन्धमा रहेका संयुक्त राज्य अमेरिका र उत्तर कोरियासमेत आपसमा शिखर वार्तामा आउन तयार भएको सन्दर्भ उल्लेख गर्दै भने, ‘खेलको विकास बिना समाजको समग्र विकास हुँदैन ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले चालू आर्थिक वर्षमा शुरु भई आगामी वर्षमा पनि राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ बजेट बिनियोजित गरिएको छ ।

परिषद्का सदस्य सकुन्तला नकर्मीले काुननी र नीतिगतरुपमा खेल क्षेत्रमा महिलाको सहभागिताका वृद्धिका लागि कुनै समस्या नहरे पनि सामाजिक परिस्थिति र पुरातन संस्कारका कारण खेल क्षेत्रमा तुलनात्मकरुपमा महिलाको सहभागिता बढ्न नसकेको बताईन् ।
सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले बलात्कार हुनु मात्र महिला हिंसा नभएकाले परिषद् भित्रै लैङ्गिक समताको सोच र व्यवहार हुनुपर्ने बताउँदै हाल खेल क्षेत्रमा रहेका महिलाहरुले भोग्नुपरेका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिईन् ।

त्यस्तै कार्यक्रममा नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक आरती चटौतले समाजमा महिलाले कडा र गाह्रो काम गर्नु हुन्न र उसलाई घरबाट बाहिर लानु हुँदैन भनिन्छ, त्यही समाजमा महिला हिंसा हुने भएकाले महिलालाई खेल क्षेत्रमा लगाउन सकिए सामाजिक परिवर्तनमा योगदान पुग्ने बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: