दलित भएकै कारण यसरी मारिइन् मना नेपाली


घटना प्रतिवेदन

प्रकाशित मिति :2018-06-12 17:54:31

मृतकको नामः मना नेपाली (४२)
मृतकको श्रीमानको नामः चुरे नेपाली (४५)

छोराहरूः ३ छोरीहरू ३ वटा

१. पदम नेपाली (२५) १. थुमा नेपाली (२७)
२. प्रेम नेपाली (२२) २. रामपुरा नेपाली(१९)
३. नेत्र नेपाली (१४) ३. रमिला नेपाली(१६)

नातिनातिनाः ४ नाति, ३ नातिनी

ठेगानाः नरहरीनाथ गाउँपालिका वडा नं. ९, ढाटीकोट गाउँ, कालिकोट ।

घटना भएको मितिः २०७५।०२।१९। राती ९ः३० वजे
घटना घटाउने व्यक्तिः राजिन्द्रा शाही (२५)  सृजना शाही (२१)

पीडकको बुवाको नामः कम्बर शाही

ठेगानाः नरहरीनाथ गाउँपालिका वडा नं. ९, ढाटीकोट गाउँ, कालिकोट ।

घटना भएको स्थानः नरहरीनाथ गाउँपालिका वडा नं. ९, चिनाडी टोल, कालिकोट

घटनाको विवरण

मना र राजिन्द्रा शाहीका परिवार एउटै टोलमा बसोबास गर्छन् । एउटै बनपाखा, खानेपानीको धारा, कामका बेला अर्मपर्म चलाउने छिमेकी पनि हुन् ।

केही समय यता खानेपानीको धारा एउटै भएकाले पटकपटक जातिय विभेदकै कारण राजिन्द्राकी आमाले गाली वेइज्जती गर्ने र बेलाबेलामा मनमुटाव हुने गरेता पनि मनाले सामान्य मौखिक प्रतिवाद मात्रै गर्दै आएकी थिइन् । जब मनाले स्थानीय चुनावमा त्यस वडाबाट दलित महिला सदस्यमा जितिन् त्यसपछिका दिनमा राजिन्द्राकी आमाले झन् बढी जातिय रुपमा अपमान हुने गाली बेइज्जती र चरित्र हत्या गर्ने काम शुरु गरिन् ।

घटनासँग सम्बन्धीत फोटोहरुः

सधैँ जसो मनाले सहेर बसिन् तर २०७५ जेठ १२ गते सो खानेपानी धारामा पानी भर्न जादा राजिन्द्राकी आमा पनि पानी भर्न गएकी थिइन् । उनले फेरि दलित डुमेनी, चमार्नी, इज्जत नभएकी म पानी भर्न लागेको देखिनस् र घारामा आईस् । ठूली भएकी । खुब नेता भएकी भनि चरित्र हत्या हुने खालको गाली गलौच गरिन् । र त्यस समयमा मनाले पनि अब सधैं यसरी सहेर बस्दिन । कानुनी रुपमा अघि बढ्छु भनेपछि राजिन्द्रा शाहीहरूले कुटपिट गर्न खोज्दा अरु पानी भर्न गएका छिमेकीले रोके । त्यही दिन राजिन्द्रा शाहीले ‘तँलाई एक दिन मारेरै छोड्छु’ भनेकी थिईन् ।

माथिको घटना भएको १ हप्तापछि मिति २०७५ जेठ १९ गते साँझ ५ः३० बजेतिर मना प्याजबारीमा प्याज उखेल्नको लागि जाँदै गर्दा राजिन्द्रा शाही बारीको काल्नामा लुकेर बसेकी रहिछन् । राजिन्द्राले त डुमेनी, दलित भएर पनि हाम्रो हिँड्ने बाटो हिड्छेस् भनि गाली गलौच गर्दै हातपात गर्न थालिन् । मना दगुरेर नजिकैका छिमेकी तपेन्द्र शाहीको घरमा आश्रय लिन पुगिन् । राजिन्द्राले आफ्नो बहिनी सृजनासहित लगेर मना लुकेको तपेन्द्रको घरमा पुगिन् । मनालाई ढुंगा र पैंयूको लट्ठीले मरणाशन्न हुने हानी घाईते कुटिन् । २ जनाको कुटाईबाट घाइते भएकी मनालाई उनको १४ वर्षीय कान्छो छोराले बचाउन जादाँ उनी समेत घाइते भए । कान्छो छोराले आफ्नो छिमेकीको अंकल नाता पर्ने व्यक्ति बोलाई घरमा लगे । घरमा लगेको १० मिनेट नपुग्दै मनाको ९ः३० बजे मृत्यु भयो । मरणाशन्न हुने गरि कुटिएकी मनाको शरीरमा नै दिसापिसाब भएको थियो । उनलाई उपचारका लागि स्वास्थ्य चौकीमा लिन नपाउँदै मृत्यु भयो ।

जातिय विभेदकै कारण घाईते भई मृत्यु भएकी मनालाई राजिन्द्रा शाहीले आफ्नो बुवासँग अवैध सम्वन्ध रहेको आरोप लगाउँदै आएकी छिन् । यसो भनिरहँदा राजिन्द्रालाई आफ्नो बुवासँग अवैध सम्वन्ध भएकीलाई मारेँ, त्यसमा पनि दलित मारे भन्ने विषयमा गर्व छ ।

मना दोषी नै हुन् भने कानुनी बाटो किन खोजिनन् राजिन्द्राले ? आफ्नो बुवा र मनालाई राखेर सामाजिक कार्वाही गराउन किन पहल गरिनन् ? यो घटनाले नेपालमा जातिय विभेदको अवस्था कस्तो छ भन्ने कुराको झ–झल्को देखाउछ । यो लोकतन्त्रको उपहास हो ।

घटना हुनु भन्दा पहिला मना र कम्बर शाहीको पारिवारिक सम्बन्ध

आज भन्दा पहिला ३ वर्ष अघि राजिन्द्रा शाहीका बुवा कम्वर शाहीले मनाका श्रीमान चुरे नेपालीसंग २५ हजार भारु भारतमा नै कामको शिलशिलामा गएको वेला सापट लिएका थिए । चुरे नेपालीले कम्वर शाहीसँग आफूले दिएको पैंसा माग्दा गाली गलौचसहित चोट खानु प¥यो र पैंसाको पनि माया मार्नु प¥यो ।

मनाले २०७३ को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर अबिरसहितको विजय जुलुसपछि घर फर्कने क्रममा राजिन्द्राले ‘आज रंगले रंगिएको निधार केही दिनमा कालो रंगको बनाउँछु’ भनि धम्की दिएकी थिईन् । धम्की दिएको वर्ष दिन मै राजिन्द्राले मनाको ज्यान लिएरै छाडिन् ।

को हुन् मना नेपाली ?

२०७३ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट नरहरिनाथ गाउँपालिका वडा नं. ९ बाट दलित महिलाबाट वडा सदस्यमा जम्मा खसेको ९०० मत मध्ये ३ सय ८० मत प्राप्त गरि विजय भएकी समाजसेवी महिला हुन् । उनी समाजको एक उदाहरणीय र इमान्दार महिला हुन् । जस्ले जीवन भर न्यायको पक्षमा पैरवी गर्दै आईन् ।

मनाको हत्यापछि न्यायका लागि भएका कामः

१. २० गने नै राजिन्द्रा र सृजना शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको ।
२. २२ गते ३ः०० बजे जातिय भेदभाव तथा छुवाछत र ज्यान सम्बन्धी मुद्दा दर्ता ।
३. २२ गते ४ः०० वजे मंगलबार लास (मना सार्की) को पोष्टमार्टम ।
४. २३ गते हिन्दु संस्कार अनुसार अन्तिम दाहसंस्कार ।
५. २२ गते गृहमन्त्री रामबहादुर थापा (बादल) लाई कार्यकक्षमा भेटी ध्यानाकर्षण पत्र बुझाएको र पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य जितु गौतमको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य पार्वती विशुन्के र राष्ट्रियसभा सदस्य खेम नेपालीको उपस्थितिमा ।
६. २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटारमा प्रतिनिधिसभा सदस्य अंजना विशंखेको नेतृत्वमा प्रतिनिधिसभा सदस्य पार्वती विशुन्केद्वारा ध्यानाकर्षण पत्र बुझाएको ।
७. राष्ट्रिय दलित नेटवर्क, दलित महिला केन्द्र नेपाल, दलित महिला संघ, दलित महिला अन्तरपार्टी संजाल, मानव अधिकार रक्षक संजाल लगायतका, देश भरीका दलित संस्था तथा संजाल, सामाजिक संघ संस्थाले प्रेश विज्ञप्ती जारी गरेको ।
८. दलित विकास समितिको कार्यालयमा २०७५।०२।२६ गतेका दिन घटनालाई थप के कसरी सशक्त बनाउन सकिन्छ भनि दलित अगुवाहरूको सहभागितामा गहन छलफल भएको छ ।
९. २०७५।०२।२६ गतेका दिन दलित विकास समितिमा दलित अगुवाहरूको सहभागितामा मना नेपालीको घटनाकका विषयमा व्यापक छलफल गरि देश व्यापी रुपमा दलित संघर्ष समितिको अगुवाईमा विविध कार्यक्रम गर्ने तय भएको ।
१०. २०७५।०२।२७ गतेका दिन चलिरहेको प्रतिनिधिसभाको सदनमा विशेष समयमा माननीय पार्वती विशुन्केले यो घटनाको वारेमा सदनको गम्भीर ध्यानाकर्षण गराएको ।

कालिकोटका अभियन्ताहरू हजा सुनार, रमेश नेपाली र दर्शना नेपालीको सहयोगमा प्रतिनिधिसभा सदस्य पार्वती विशुन्केद्वारा तयार गरिएको घटना प्रतिवेदन जस्ताको तस्तै ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: