बलात्कार र मृत्युपछिको न्याय


प्रकाशित मिति :2018-06-12 14:19:49

–महिला खबर–

ललितपुर । बलात्कारपछि बालिकाको हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपैलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

आफ्नै डेरामा बसिरहेकी १० वर्षीया बालिकाको २०७३ जेठ ५ गते बलात्कारपछि हत्या गर्ने मोरङको बाहुनीका दिनेश चौधरी भन्ने विश्वराम रनपैलीलाई सोमबार सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।

छोरीका बलात्कारी र हत्यारालाई कार्वाही नभएसम्म शव नउठाउने भन्दै बालिकाकी आमाले अहिलेसम्म उनको शव बुझेकी छैनन् । बालिकाको शव १३ महिनादेखि शिक्षण अस्पताल काठमाडौ मै राखिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले जबरजस्ती करणी र हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । त्यस्तै पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।

बालिकाकी आमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेकी छिन् ।

उनी अरु दिन जस्तै २०७३ जेठ ५ गते पनि छोरा र छोरीलाई कोठामा छाडेर उनी काममा गएकी थिइन् । त्यो दिन स्कुलमा अतिरिक्त क्रियाकलापका लागि चाहिने ड्रेस नभएका कारण अमृता स्कुल गएकी थिइनन् ।

भाइ स्कुलबाट फर्किदा अमृतालाई कोठामा अचेत अवस्थामा देखेपछि आमालाई बोलाउन पुगेका थिए । सन्तोषीका अनुसार उनी कोठामा आउँदा छोरीलाई हातखुट्टा खुम्चिएको र झ्यालमा सलको पासो अड्किएको अवस्थामा भेटेकी थिइन् ।

प्रहरी आएर मुचुल्का र पोर्टमार्टम गर्ने क्रममा बालिकाको यौनांगमा चोट र घाँटीमा समेत चिथोरिएको देखियो । उनले विगतदेखि नै शंकास्पद गतिविधि गरेका छिमेकी विश्वरामविरुद्ध किटानी जाहेरी दिएकी थिइन् तर, सुरुमा प्रहरीले जाहेरी नै लिन मानेन ।

त्यसपछि आमाले छोरीको हत्यारालाई सजाय नदिलाएसम्म छोरीको शव नै नउठाउने अठोट लिइन् ।

सोमबार अदालतले विश्वरामलाई दोषी ठहर गर्दै सजाय सुनाएपछि सन्तोषीले छोरी र आफ्नो परिवारले न्याय पाएको अनुभूति गरेको बताइन् ।

तर अस्पतालमा बुझाउनु पर्ने रकम अभावमा छोरीको शव बुझ्न मुस्किल हुने आमाले बताएकी छन् । उनका अनुसार अस्पतालले महिनाको १५ हजार शुल्क लाग्ने भनेको छ ।

मजदुरी गरेर बिहान बेलुकीको गुजारा गर्ने बालिकाकी आमाले १३ महिनाको शुल्क बाफत हुने १ लाख ९५ हजार रुपैयाँ चुक्ता गर्न नसक्ने बताएकी छन् ।

पीडितको पक्षबाट अधिवक्ता शशी बस्नेत, पुण्यशिला दवाडी, टीपी शर्मा कँडेल र स्वागत नेपालले बहस गरेका थिए ।

यो पनि हेुर्नहोस्,

बलात्कारपछि हत्या गरिएकी बालिकाको शव आठ महिनादेखि टिचिङमा

बलात्कारीलाई मृत्युदण्ड !

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: