उसुमा युवतीको आकर्षण बढ्दो


प्रकाशित मिति :2018-06-12 12:30:40

–सर्मिला बुढाथोकी–

दोलखा । दोलखामा उसु खेलप्रति युवा युवतीको लोकप्रियता बढ्दै गएको छ । २०५२ सालबाट सुरु भएको उसु खेलमा युवा युवतीको आकर्षण बढ्दै गएको राष्ट्रिय खेलकुद परिषदका सहायक उसु प्रशिक्षक जगत जिरेल बताउछन् ।

दोलखाले उसुको राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाएदेखि ५० भन्दा बढी खेलाडीले स्वर्ण लगायत विभिन्न पुरस्कार प्राप्त गरिसकेको सहायक प्रशिक्षक जिरेल बताउछन् ।

पुरस्कृत अस्मीता र मिङमा

त्यसरी पुरस्कार प्राप्त गर्ने खेलाडीहरूमा युवतीहरूको संख्या उल्लेख्य हुने गरेको जिरेलको भनाइ छ । तर दोलखामा पुरस्कृत खेलाडीको उचित मूल्याङ्कन हुन नसकेकोमा भने जिरेलको गुनासो रहेको छ ।

पछिल्लो पटक नेपाल उसु संघले आयोजना गरेको अन्तर क्वान खुला उसु प्रतियोगीता २०७५ मा दोलखाका दुई उसु खेलाडी अस्मिता सुनुवार र मिङ्मा शेर्पाले तृतिय पुरस्कार प्राप्त गर्न सकेको सहायक प्रशिक्षक जगत जिरेलले जानकारी दिए । अस्मीता सुनुवार महिला सान्सो ५२ केजी समूहमा तृतिय भएकी थिईन भने मिङमा शेर्पा ५६ केजी समूहमा तृतिय भएकी थिईन् ।

जिल्लामा युवा युवतीहरू उसु खेलमा आकर्षित भए पनि प्रशिक्षणको लागि उचित वातावरण नभएको र उत्कृष्ट खेलाडीलाई जिल्ला तहबाट उत्साहित तथा सम्मानित गर्न नसकिएकोले केहि समस्या देखिएको जिरेलको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषदका सहायक उसु प्रशिक्षक जिरेलका अनुसार विहान बेलुका गरि अहिले दैनिक ४०\५० जनाले उसुको प्रशिक्षण लिई रहेका छन् ।

जिल्ला खेलकुद विकास समिति र अन्य सरोकारवाला निकायले सहयोग गर्ने वातावरण बन्ने हो भने उसु खेल अझ बढी आकर्षित हुने र राष्ट्रिय\अन्तराष्ट्रिय स्तरमा थप पुरस्कारहरू भित्रन सक्ने जिरेल बताउछन् ।

दैनिक प्रशिक्षण लिने उसु खेलाडीहरूमा पनि युवतीको संख्या उल्लेख्य रहेको र यसबाट युवतीहरूको आत्मविश्वास बढेको प्रशिक्षक जिरेलको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: