आगो लगाउनुपर्ने पितृसत्ता


प्रकाशित मिति :2018-06-11 13:03:09

–पशुपती कुँवर–

‘लैङ्गिक हिंसा अन्त्य गरौं, कुरा होइन सोच बदलौं ।’ यस नाराबाट पनि प्रष्ट हुन्छ कि, महिला हिंसाका बारेमा थुप्रै कार्यक्रम भए । अन्तरक्रिया, गोष्ठी, धर्ना भए । अधिकारकर्मी आन्दोलित भए । नेताहरूले भाषण गरे । धेरै बहस चले । तर व्यवहारमा के भयो त ? किन महिलाहरू हिंसा मुक्त सकिरहेका छैनन् ? किन महिलाहरूमाथि समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सकिरहेको छैन ?

छोरी मान्छे जन्मिनु नै अपराध जस्तो देखिन थालेको छ । दुई महिना अघि नवलपरासीमा ८ महिनाकी बालिका आफ्नै बुबाबाट बलात्कृत भइन् । बलात्कारी बुबा अहिले छोरी बलात्कार गरेको मुद्दामा थुनामा छन् । छोरीको सबै भन्दा पहिलो संरक्षक मानिने बुबाबाटै भएको यो घटनाले पनि छोरीहरू कहाँ सुरक्षित छन् भन्ने सोच्न बाध्य बनाइदिएको छ ।

बाबुछोरीको जस्तो पवित्र सम्बन्धलाई नै ध्वस्त बनाइदिने यस्ता बाउहरू कै कारण छोरीहरू आफ्नै हजुरबुबा, दाजु, काका, मामा लगायत नजिकका आफन्तबाटै असुरक्षित रहेको कुरा प्रमाणित हुन्छ ।

केही दिन अघि मात्रै सिराहामा एक वृद्धा बोक्सी आरोपमा आफ्नै छोराबुहारीबाट घर निकाला भइन् । बोक्सीकै आरोपमा कयौं महिलाले ज्यान गुमाए । कति घर निकाला भए । कति ज्यूँदै जलाइए, कति कुटिए र अपमान खेपे त्यसको लेखाजोखा नै छैन ।

जीवनभरी साथ दिने वाचा कसम गरेको श्रीमान र उसका परिवारको शारीरिक तथा मानसिक यातना सहन नसकेपछि आत्म हत्या गर्ने महिलाहरूको संख्या पनि बढ्दै छ । यद्यपि मान्छे नै मरिसकेपछि उसको अधिकारका लागि बोल्नु बेकार ठानिदिने मानसिकताले आत्महत्या गर्नेहरूका पीडा र वेदना पनि उनीहरूसँगै विलय भएर गइदिन्छन् । उसलाई आत्महत्या गर्न बाध्य पार्नेहरूलाई भने न नेल हुन्छ, ने जेल ।

गरिवी निवारण कोषका कार्यकारी निर्देशकले आफ्नै कार्यालयकी सहायक स्तरकी कर्मचारीमाथि अढाई वर्षदेखि यौन हिंसा गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ ।

यी र यस्ता घटनाक्रमहरूले महिलाहरूको सुरक्षित स्थान कहाँ छ भन्ने सोच्न बाध्य बनाउँछ । ओत लाग्ने घर, काम गर्ने कार्यालय, पढ्ने स्कुल कलेज, हिँड्ने बाटो, यात्रा गर्ने सवारीसाधनमा महिलाहरू असुरक्षित छन् । जन्मेदेखि नमरुञ्जेल महिलाले भोगिरहेको हिंसाको जिन्दगी बारे सोच्ने हो भने के महिला पनि मान्छे नै हुन् त ? भन्ने सोच्नु र लाग्नु अस्वाभाविक छैन ।

हिन्दु धर्मले महिलालाई देवी मान्छ । जुन घरमा महिलाको सम्मान हुँदैन, त्यो घरमा देवताको वास हुँदैन भन्छ । यसो भन्नुको अर्थ हरेक मान्छेले महिलालाई सम्मान गरुन् भन्नु हो । तर व्यवहारमा भने ढुंगालाई देवी सम्झेर पूजा गर्नेहरू जिउँदो देवी महिलामाथि भने निर्ममता देखाइरहेका छन् । उसले यसो गर्दैगर्दा उ आफू मान्छे हुनुको महानता गुमाइरहेको कुरा महसुस गर्न सकिरहेको छैन ।

महिला हिंसाका दोषीलाई कडा कानुनी कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने माग गर्दै अधिकारकर्मीले आवाज उठाएको दशकौं बितिसक्यो । महिलाको पक्षमा बनेका ऐन, कानुनको चाङ पनि कम छैन । महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धि महासन्धि ‘सिड’ मा नेपाल सरकारले हस्ताक्षर गरेको वर्षौ भयो ।

सन् २०१० लाई लैङ्गिक हिंसा विरुद्धको वर्ष पनि घोषणा गरिएकै हो । घरेलु हिंसा कसुर ऐन २०६६, लैङ्गिक हिंसा विरुद्ध राष्ट्रिय कार्ययोजना पनि बनि सो अनुरुप कार्यक्रम संचालन भइरहेका छन् । यति प्रयास हुँदाहुँदै पनि दिन प्रतिदिन महिला हिंसा, हत्या, बलात्कार, आत्महत्या, बोक्सी, दाइजो र छोरा जन्माउन नसकेको भन्दै महिलाले भोग्ने शारीरिक तथा मानसिक यातना भने कम हुन सकेनन् ।

यी सबै कुराको दोषी कुनै पुरुष वा कुनै एक मान्छे भने पक्कै होइन । यसको दोषी हो– पितृसत्ता । पितृसत्ताको अर्थ हो समाज र परिवार पुरुषवादको आधिपत्यमा चल्नु ।

छोरीलाई सानै छँदा भात पकाउने भाँडाकुँडा, ढाडु पन्यू चलाउन सिकाइन्छ । छोरा अर्थात् पुरुषलाई यो कार्यबाट टाढा राखिन्छ । उसलाइ खेलौना दिनु पर्यो भने नी बन्दुक, भलिबल, गाडि जस्ता सामाग्री दिइन्छ । जसको फलस्वरुप उसको मनोबल बढ्दै जान्छ । उसलाई रुन सिकाइदैन ।

हाम्रो समाजले पुरुषलाई माथिल्लो र महिलालाई तल्लो दर्जा दिएको छ । परिवारमा शिशु जन्मिदा छोरा र छोरीमा फरक व्यवहार गर्दै छोरा र छोरीलाई फरक किसिमले हुर्काइन्छ । अनि विस्तारै उनीहरूको काम, कर्तव्य र भूमिका विभाजन हुन्छ । छोरालाई वंश चलाउने कुलको दियोको रुपमा लिइन्छ । उसलाई सबैले माया र ममता दिन्छन् । उसको व्यक्तिगत विकासको लागि परिवार र समाजले हरेक अवसर दिन थाल्छ । उसलाई कुनै बाधा हुँदैन । उसले कुनै नियममा बाँधिनु पर्दैन र उ स्वतन्त्र हिँड्डुल गर्न सक्छ । मन लागेको ठाउँमा सजिलै जान सक्छ ।

तर छोरीलाई सानै छँदा भात पकाउने भाँडाकुँडा, ढाडु पन्यू चलाउन सिकाइन्छ । छोरा अर्थात् पुरुषलाई यो कार्यबाट टाढा राखिन्छ । उसलाइ खेलौना दिनु पर्यो भने नी बन्दुक, भलिबल, गाडि जस्ता सामाग्री दिइन्छ । जसको फलस्वरुप उसको मनोबल बढ्दै जान्छ । उसलाई रुन सिकाइदैन । उ जन्मदै बलियो हुनु पर्ने मान्यताका साथ लालनपालन गरिन्छ । जसका कारण पुरुष आफूलाई कहिल्यै कमजोर ठान्दैन । र महिला कहिल्यै बलियो । यसको प्रमुख कारण भनेको हुर्काइ र संस्कार नै हो ।

अझ कतिपयले त महिला हिंसा हुनुमा महिलालाई नै दोषी ठान्छन् । तर पितृसत्ता, जसले महिलालाई मान्छे ठान्दैन यसको जरो चिन्ने प्रयास कमैले मात्रै गरिरहेका छन् । समाजमा विष बनेर फैलिरहेको पितृसत्ताको जरो उखेलेर ढुंगामा सुकाई आगो लगाएर नष्ट गर्नुपर्ने कुरामा कसैको ध्यान छैन ।

त्यसकारण अब हरेक आमाबुबा र अभिभावकले छोरालाई पनि असल र चरित्रवान बनाउने संस्कार दिनुपर्छ । तिमी कुनै पनि महिलामाथि हिंसा गर्ने हुनुहुन्न, तिमी नैतिकवान बन्नुपर्छ भन्ने शिक्षा दिनुपर्छ । र छोरीलाई नियन्त्रमा मात्रै राखिराख्ने मानसिकता हटाउनै पर्छ । छोरीको गतिशिलतामा पर्खाल हाल्ने अनावश्यक प्रश्न र रोकतोक हट्नैपर्छ । अनिमात्रै आजको मान्छेले एक्काइसौं सताब्दीप्रति गर्व गर्न सक्ने आधार सृजना हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: