तिमीहरुको गंगामाया फेरी अनसन बसेकी छिन् नि !


प्रकाशित मिति :2018-06-11 10:00:02

– रसना ढकाल-

मुसलधारे पानी परिरहेको थियो । म नियमित काम बाट घर फर्किन गोगंबु चौकमा भक्तपुरको गाडि कुरिरहेको थिएँ । त्यतिकैमा एक परिचित सर र म्यामलाइ उहाहरुको आफ्नै गाडिमा देखे । उहाँहरुको गाडि मेरो अघि राेकियाे ।

– रसना ढकाल-

देख्ने बित्तिकै मैले भनें, ‘नमस्कार ! आरामै हुनुन्छ सर ?’

जवाफमा सरले भने, ‘नमस्कार नानी । आजभोली वीर अस्पताल जाँदैनौ ?’

उनको प्रश्न सुनेर म आश्चर्यमा परें । भनें, ‘किन र सर ?’

‘तिमीहरुको गंगामाया फेरी अनसन बसेकी छिन् नि ! थाहा छैन र तिमिलाई ?’ उनको प्रश्न थियो ।

‘अँ सर । गंगामायाले फेरि अनसन सुरु गर्नुभएछ । यस्तै हो न्याय माग्नु नै अपराध रहेछ ।’ मैले भने ।

‘त्यहि त फेरी तिमीहरु जाउ न । सरकारको भन्दा पनि तिमीहरुको कुरा गंगामायाले मान्छिन् । गएर अनसन तोडाइ देउ तिमिहरुले ।’ उनले थपे ।

असमञ्जसमा परें । जवाफ दिने शब्द आएन । र चुप बसें । त्यसपछि कुुरा टुंङग्याएँ, ‘सर मेरो गाडि आयो म जान्छु है ।’ अजि त्यहाँबाट हिँडे ।

त्यो छोटोभेटमा ति सरले मलाई भनेको ‘तिमीहरुको गंगामाया त फेरी अनसन बसेकी छिन् नि ! शब्दले मेरो दिमाग घुमायो ।

बाटोभरि मलाई सरले भन्नु भएको त्यो शब्दले बारम्बार घोचीरह्यो । उनको भनाई सुन्दा यस्तो लाग्थ्यो, गंगामाया आफ्नो समस्याले अनसन बसेकी होइनन् । बरु अधिकारकर्मीहरुले उस्काएर बसेकी हुन । उनले अनसन बसेर अपराध गरेकी छिन् ।

के आफु माथि अन्याय पर्दा राज्य सामु न्याय माग्नु अपराध हो ? एक नागरिकको न्यायिक यात्रामा जो कोहिले पनि साथ दिन्छ भने के त्यो अपराध हो ? ति आमा जो अनसनमा छिन् एक नागरिकको हैसियतले राज्य सामु कानूनी उपचारको लागि माग गर्नु उनको नैसर्गिक अधिकार होइन ?

आफनो सन्तानको हत्यारालाई कारबाहीको माग गर्दा गर्दै नन्दप्रसाद (गंगामायाको श्रीमान्) को २०७१ असोज ६ गते प्राण गयो । श्रीमानको लडाईंमा सँगै रहेकी गंगामाया आज पनि छोराको हत्यारालाई कारबाहीको माग गरिरहेकी छिन् । एउटा न्यायप्रेमी सरकारले उनको दर्द बुझ्नु पर्दैन ?

हुन त मैले पाएको जस्तो टीप्पणी सामाजिक क्षेत्रमा काम गर्ने हरेक महिला या पुरुषले बारम्बार पाउँछन् । तर, केही व्यक्तिले उकासेको ठानी एक आमाले माग गरेको न्यायप्रति सरकारले नजरअन्दाज गर्न मिल्छ ?

यदि गंगामायाले झुठो रुपमा अनसन बसेको भए उनको नाम जोडेर अरुलाइ भन्न सायद सुहाउँथ्यो । तर, एक आमा जसले द्वन्द्वमा निरअपराधी छोरा गुमाएकी छिन् । न्याय माग्दा माग्दै श्रीमान गुमाएकी छिन । परिवार उजाडिएको छ । जसको पक्षमा स्वयं उनका परिवार बोल्न सक्दैनन् हो तिनको न्यायको पक्ष लिँदा एक नागरिकको हैसियतमा मेरो दोष के ?

स्मरण गराउन चाहन्छु, कुरा २०७०/७१ सालको हो । म एक मानवअधिकारसँग सम्बन्धित संगठनमा ३ महिना आवद्द भएर वीर अस्पतालमा गोरखा फुजेलका अधिकारी दम्पतिको अनसनको दैनिक स्वास्थ्यको अनुगमनको साथै यस विषयमा राज्यले के गरिरहेको छ भनेर खोजखबर गरिरहेको हुन्थें ।

त्यतिबेला अस्पताल र सिहदरबारसँग नजिक भएर काम गरेको थिएँ । त्यसमा मलाई मानवअधिकारकर्मीहरुको साथै सिहदरबारबाट एकदमै सहयोग भएको थियो ।

धेरै पटक राज्यका प्रमुखहरुले अधिकारी दम्पतीलाई अनसन तोड्न अनुरोध पनि गरे । तर घटनाको भित्री पटो राजनिति दलसँग जोडिएको कारण राज्यले पनि हत्यामा आरोपितहरुलाई न समाउन त सक्यो न कारबाही अघि बढाउन नै । पछि यहि कारणले गर्दा व्यवस्थापिका संसद नै अवरुद्ध भएपछि आरोपित व्यक्तिहरु थुना मुक्त भए ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले अधिकारी दम्पतिको किटानी जाहेरीमा परेका १३ जनालाई समाउन आदेश दिएका थिए । पछि तिनीहरु पनि धरौटिमा रिहा भए । अधिकारी दम्पतीको न्यायको लागि राज्यले कोशिश गरेको हो तर राजनीतिक मुद्दा भएको कारण यो घटनाले झनै विकराल रुप लियो ।

२०७१ असोज ६ गते सोमवार साँझ ५ बजे वीर अस्पतालको पुरानो आइ.सि.यु.मा अनसनको ३ सय ३३ दिनको दिन नन्दप्रसाद अधिकारीको मृत्यु भयो । त्यसपछि झनै ठुलो मुद्दा भयो ।

नन्दप्रसाद अधिकारीको मृत्यु पुर्व नै संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिमा पनि अधिकारी दम्पतिको अनसनको चर्चा भैरहेको थियो । यता सरकारलाई पनि संयुक्त राष्ट्रसंघबाट अनसन तोडाउन आग्रह भएको थियो ।

यहि क्रममा नन्दप्रसादको अनसनकै क्रममा मृत्यु भयो । त्यसपछि गंगामायाको अनसनको एकल यात्रा सुरु भयो । जुन आजको मितिसम्म पनि चलिरहेको छ । योबीचमा चितवन जिल्ला अदालतमा चलेको मुद्दाको फैसला विरुद्ध पुनरावेदन अदालत हेटौंडामा मुद्दा चल्यो ।

त्यहाँ पनि जिल्ला अदालतकै फैसला सदर भएपछि फेरी सर्वोच्च अदालतमा गंगामायाले हत्यारा पक्राउ गरि कारवाहिको माग गर्दै गंगामायाले मुद्दा हालिन् । अन्तत : २०७२ पौष ६ गते आरोपितहरु मध्ये छविलाल पौडेललाई थुनेर कारबाही गर्ने आदेश भएपछि उनको अनसन यात्रा टुङ्गिएको थियो ।

अदालतले दिएको आदेशको पालना राज्यले नगरेको कारण फेरी गंगामायाले अनसन सुरु गरिन । तर उहाँको पक्षमा लडिरहेका अधिवक्तहरु, मानव अधिकारकर्मीहरुको आह्वानमा अनसन तोडिन् । यस्तै गर्दै ति आमाको १३ वर्ष देखिको न्यायको लडाईं चलिरहेको छ ।

गंगामायाको न्यायको लडाईंलाई यो वा त्यो नामको आक्षेप लगाएर समाजका कथित गन्यमान्यहरु हत्तोसाहित बनाउँछन् । के सम्मानपुर्वक बाँच्न पाउनु एक नागरिकको अधिकार होइन ?

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिडः हिंसाको हतियार

एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुपहरू मध्ये एक हो । महिला वा पुरुष जो

पश्चिम नेपालमै पहिलो पटक फिस्टुला उपचार केन्द्र

–लक्ष्मी भण्डारी– सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फिस्टुला उपचार केन्द्र स्थापना भएको छ ।

इह्रिकनमा मीना शर्मा निर्वाचित

–महिला खबर– राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न विषयमा प्रशिक्षण दिँदै आएकी शर्मा यस अघिको कार्य समितिमा

२५ प्रतिशत बजेट माग गर्दै ‘एकसुत्रीय देशव्यापी अभियान‘ शुरु

–महिला खबर– ललितपुर । ‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सात राजनीतिक दलका

‘राज्यले दुई खाले नागरिकको उत्पादन गर्नुहुँदैन’

–महिला खबर– ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यले नागरिकता दिँदा विभेद

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: