एपीएफकी सरस्वती सर्वाेत्कृष्ट खेलाडी


प्रकाशित मिति :2018-06-10 15:59:59

–महिला खबर–

कैलाली । महिला भलिबलको सशक्त टोली विभागीय नेपाल एपीएफ क्लब चौथो आरबीबी एनभीए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपीएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।

एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरिन् । उपाधिबाट बञ्चित रहेको डायमण्डले व्यक्तिगत विधामा भने वर्चस्व जमायो ।

डायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाइकर, अरुणा शाही उत्कृष्ट सर्भर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए ।

आर्मीकी जानकी भण्डारी उत्कृष्ट सेटर र आर्मीकै सोफिया पुन उत्कृष्ट व्लकर घोषित भए । उनीहरुले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, नेपाल सेटलाइट टेलिकम प्रालिकी कार्यकारी निर्देशक अस्मिता सुमार्गी, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायले पुरस्कार वितरण गरे ।

जेठ २१ गतेबाट शुरु भएको प्रतियोगितामा गत फागुनमा भएको एनभीए छनोट खेलबाट छनोट भएका ६ टोलीले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: