प्रदेश नं ७ ले लैङ्गिक हिंसा नसहने


प्रकाशित मिति :2018-06-10 13:27:43

–महिला खबर–

ललितपुर । प्रदेश नं ७ मा लैङ्गिक हिंसा अन्त्य गर्न शून्य सहनशीलता नीति अवलम्बन गरिने भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख मोहनराज मल्लले सो कुरा बताएका हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा मानव संसाधन क्षमताको अभिवृद्धि तथा सहभागितात्मक विकास पद्धतिको अवलम्वन गरी संविधानले अंगिकार गरेका विविधतामा एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, आर्थिक सामाजिक विकास, सीमान्तकृत, वञ्चितिकरणमा परेका, फरक क्षमता भएका, जेष्ठ नागरिक, मुक्त कमैया, महिला तथा बालबालिका, एकल महिलाको उत्थान र विकास तथा द्वन्द्वपीडितहरूको उत्थान एवं सामाजिक पुनस्र्थापनाका साथै सबै प्रकारका भेदभाव अन्त्य गरी सामाजिक न्याय तथा मानवअधिकारको संरक्षण सम्वद्र्धन सुनिश्चित गर्नेतर्फ प्रदेश सरकार निरन्तर रुपमा प्रतिबद्ध रहने र लैङ्गिक हिंसा शून्य सहनशीलता नीति अवलम्वन गरिने विषयलाई समेत समेटिएको छ ।

समाजमा व्याप्त लैङ्गिक विभेदको अन्त्य गर्दै सम्पुर्ण महिलाहरूको समानुपातिक समावेशी सिद्धान्तका आधारमा उनीहरूको क्षमता लगायत चौतर्फी विकास गर्न समन्वयात्मक आधारमा विभिन्न कार्यक्रम सञ्चालन गरिने भनिएको छ ।

यस्तै छुवाछुत, छाउप्रथा, बोक्सी, लैंगिक, हिंसा जस्ता कुरीति र कानूनले बर्जित गरेका कुप्रथाको अन्त्य गर्न सरोकारवालाहरूलाई प्रोत्साहित गरि प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसहित गाउँवस्ती शहरमा सामाजिक रुपान्तरण अभियान चलाइने छ । साथै कानून कार्यान्वयनलाई प्रभावकारी बनाइने प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा ‘द्धारिकादेवी ठकुरानी महिला सशक्तीकरण कार्यक्रम’ संचालन गरिने र चेलीवेटी, बालबालिका बेचबिखन, मानव ओसारपोसार कार्य रोक्न विशेष कार्यक्रम ल्याईने प्रदेशको नीति कार्यक्रममा समेटिएको छ ।

‘टिकाराम पार्की दलित छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिने, मातृ तथा बाल स्वास्थ्यमा सुधारका कार्यक्रमहरू प्रभावकारी रुपमा सञ्चालन गरि मातृ मृत्युदर, नवजात तथा बाल मृत्युदरमा कमि ल्याईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: