कानून लत्याएर नेकपा दर्ता


प्रकाशित मिति :2018-06-07 13:05:12

– महिला खबर –

ललितपुर । नेकपा एमाले र एकीकृत नेकपा (माओवादी) एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले कानूनले तोकेको व्यवस्था पुरा नगरे पनि निर्वाचन आयोगले दल दर्ता गरेको छ ।

राजनीतिक दल सम्बन्धी (पहिलो संशोधन) ऐन २०७४ को दफा १५ (४) ले ‘दलको संगठनात्मक संरचनामा दलको सबै तहको समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नु पर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।

सो व्यवस्था अनुसार नवगठित नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय कमिटिमा कम्तिमा १ सय ४५ जना महिला हुनुपर्छ । तर ऐन विपरित ७५ जना मात्रै महिला नेकपाको कन्द्रीय सदस्य छन् । यो संख्या कूल संख्याको १७ प्रतिशत मात्रै हो ।

तर, निर्वाचन आयोगले ऐनको उक्त व्यवस्थालाई नेकपाको अनुकुल हुनेगरी व्याख्या गरी दल दर्ता गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका उप–न्यायाधीवक्ता घनश्याम ओझा नेकपाले आगामी महाधिवेशनमा एक तिहाइ महिला पुर्याउने लिखित प्रतिवद्धता गरेकोले दल दर्ता गर्ने निर्णय गरेको बताउँछन् ।

निर्वाचन आयोगमा यसअघि नेकपा एमाले र एनेकपा माओवादी सहित १ सय २६ दल दर्ता थिए । दुई पार्टीको एकीकरण पछि १ सय २५ दल भएका छन् । यसअघि दर्ता भएका दलमध्ये कुनैले पनि एक तिहाइ महिला पुर्याएका छैनन् । उप–न्यायाधीवक्ता ओझा भन्छन्, ‘यसअघि १ सय २४ दलको पनि महिलाको संख्या एक तिहाइ नपुगेकोले हामीले नेकपालाई पनि बाँध्न सकेनौं ।’

उनले आगामी २ वर्ष भित्रमा महाधिवेशन गरी एक तिहाइ महिलाको संख्या पुर्याउने नेकपाको निवेदनमा उल्लेख भएकोले निर्वाचन आयोगले दल दर्ता स्वीकृति दिएको पनि दाबी गरे ।

निर्वाचन आयोगले बुधबार नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । आज बिहीबार दिउँसो दल दर्ता प्रमाणपत्र हस्तान्तरण गर्ने गरिएकाे छ । अायाेगका प्रमुख अायुक्त डा‍ अयाेधीप्रसाद यादवले नेकपामा महासचिव विष्णु पाैडेललाई दल दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

संविधान तथा कानूनले गरेका अनिवार्य व्यवस्था पालना नगरेको खण्डमा सर्वोच्च अदालतबाट न्यायिक सुनुवाई पाउने कानूनी व्यवस्था छ । नेकपाले पनि राजनीतिक दल सम्बन्धी (पहिलो संशोधन) ऐन २०७४ को व्यवस्था उलंघन गरेकोले कानूनी व्यवस्था कार्यान्वयनको माग गरेर सर्वोच्च अदालत जान सुझाव दिन्छन्, पूर्व महान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ ।

उनले कानून पालना गर्ने निकायले पालना नगरेपछि कार्यान्वयन गराउने एउटै विकल्प सर्वोच्चमा रिट हाल्नु रहेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: