मना सार्कीका हत्यारालाई कर्तव्य ज्यान मुद्दा


प्रकाशित मिति :2018-06-07 12:45:19

–महिला खबर–

कालिकोट । जातीय विभेद हुने गाली गलौजसहित कुटपिट पछि हत्या गरिएकी कालिकोटकी ४५ वर्षीया मना सार्की हत्याको प्रहरीले मुद्दा दर्ता गरेको छ ।

नरहरिनाथ गाउँपालिका वडा नम्बर–९ दलित महिला सदस्य मनाको यही जेठ १९ गते राती सवा ८ बजे छिमेकी २२ वर्षीया राजीन्दा शाही र १९ वर्षीया सिर्जना शाहीले जातीय अपमान हुने गाली गलौज गर्दै लाठी र मुड्कीले कुटपिट गरी हत्या गरेको जनाउँदै मृतकका जेठा छोरा पदम सार्की नेपालीले कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरीले मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी प्रमुख सुवास बोहोराका अनुसार उनीहरू विरुद्ध कर्तव्य ज्यानको महलमा मुद्दा दर्ता भएको छ । किटानी जाहेरी परेका दुवै जना युवतीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मृतक मना सार्की

आफ्नो बुवासँग अवैध सम्बन्ध राखेको आरोपमा स्थानीय कम्मरबहादुर शाहीका दुई छोरीले दलित महिला सदस्यमा निर्वाचित सार्कीलाई कुटपिट गरेका थिए ।

प्रत्यक्षदर्शी समेत रहेका मृतकका कान्छा छोरा नेत्र सार्कीले शनिबार राती ९ बजेतिर बाहिरबाट आमालाई दुई जनाले कुट्दै ल्याएको बताए । उनले दिनभरी मकै गोडेर बेलुकी ५ बजे घर फर्किएकी आमा बेलुकीतिर प्याज ल्याउन गडी गाउँ गएको र प्याज ल्याएर धारामा हात खुट्टा धोइरहेको बेला आक्रमण गरेको बताएका छन् ।

राजीन्दा र सिर्जनाले आमालाई धाराबाटै कुट्दै र गाली गर्दै छिमेकी तपेन्द्रको घरमा रुवावासी भएको सुनेपछि दिदी र आफू गएको नेत्रले बताए । ‘मलाई पनि कमारा (अपमान हुने शब्द) तेरी आमामाथि चढ् भन्दै कुटे’ उनले भने, ‘त्यसपछि दिदीले आमालाई घर ल्याएपछि राती ११ बजे मृत्यु भयो ।’

मृतकका पति चुरे सार्की कामको सिलसिलामा भारतमा छन् । मृतकका ३ छोरा र ३ छोरी छन् ।

हत्या विरुद्ध जुलुस र ज्ञापन पत्र 

जातीय विभेद हुने गरी निर्वाचत दलित महिला सदस्यलाई कुटीकुटी हत्या गरेको जनाउँदै जिल्लाका अधिकारकर्मीहरूले मान्म बजारमा विरोध जुलुस निकालेका छन् ।

स्थानीय जनप्रतिनिधिसहित अधिकारकर्मीले दलित भएकै कारण जातीय अपमानसहित कुटेर हत्या गरिनु निन्दनीय भएको बताउँदै मृतकलाई सहिद घोषणा, परिवारलाई राहत, दोषीलाई कारवाही र घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम मार्फत प्रधानमन्त्री कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्टिय महिला आयोग र राष्टिय दलित आयोग लगायतलाई बोद्धार्थ दिइएको ज्ञापन पत्रमा जातीयताकै कारण कुटीकुटी लखेटेर हत्या गरेको उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले दोषीलाई पक्राउ गरेर अनुसन्धान भइरहेकोले कसैले पनि उन्मुक्ति नपाउने प्रतिबद्धता जनाए ।

नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले मनाका हत्यारालाई कडा कारवाही हुनुपर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: