फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल


प्रकाशित मिति :2018-05-25 17:16:57

–महिला खबर–

ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई यो समस्या भएको छ, उसले पनि लुकाएर बस्नुपर्ने बाध्यता छ ।

कठिन प्रसव अवस्थाका कारण महिलाहरुमा पिसाब वा दिसा बगिरहने समस्या ‘प्रसव फिस्टुला’ हो । कसैलाई पिसाब र दिसा दुवै बगिरहने खालको समस्या पनि हुने गरेको चिकित्सकहरु बताउँछन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्री तथा प्रसुति सेवा विभागका प्रमुख डा. मोहनचन्द्र रेग्मी सन्तान जन्माउने बेलामा समयमै स्वास्थ्य संस्थामा नपु¥याईंदा नै महिलाहरु यसको जोखिममा परिरहेको बताउँछन् ।

पछिल्लो समय पाठेघरको शल्यक्रिया गर्दा वा शल्यक्रिया गरी बच्चा निकाल्दा पनि पिसाब चुहिने समस्या देखिन थालेको डा. रेग्मीको भनाइ छ ।

यूएनएफपीएले सन् २०११ मा गरेको अध्ययन अनुसार नेपालमा वार्षिक दुई सयदेखि चारसय नयाँ बिरामी देखिन्छन् । तर खुलेर नआउने फिस्टुलाको समस्यामा पर्नेहरु भने धेरै हुने गरेको अनुमान फिस्टुला फ्री नेपालको छ ।

फिस्टुलाको उपचार गर्ने अस्पतालको पनि अभाव छ । नेपालमा अहिलेसम्म ललितपुरको पाटन अस्पताल, काठमाडौंको मोडेल अस्पताल, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार हुँदै आएको छ ।

तर स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अब यो सेवा दिने अस्पतालहरुको संख्या बढाउने गरी आफूले पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । आज बेलुका प्रसारण हुने ‘समकोण’ टेलिभिजन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहज सेवा हुने गरी उपचार गर्ने अस्पताल र दक्ष जनशक्ति बढाउने गरी योजना बनाइरहेको बताइन् ।

महिलामा हुने प्रसव फिस्टुलाको बारेमा गरिएको समकोण आज बेलुका ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: