तीन महिनामा ५ सय १० हिंसाका घटना


दाइजोका कारण महिला हिंसा बढ्दै

प्रकाशित मिति :2018-05-25 11:08:47

–महिला खबर–

ललितपुर । दाइजोका कारण नेपालमा महिलामाथि हिंसाका घटना बढ्दै गएका छन् । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालले सार्वजनिक गरेको तीन महिनाको तथ्याङ्कले सबैभन्दा बढी दाइजो प्रथाका कारण हिंसा भएको देखाएको छ ।

महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालले तीन महिनाको अवधीमा भएका ५ सय १० महिला हिंसाका घटना मध्ये सबैभन्दा धेरै ३२ घटना दाइजो प्रथाका कारण भएका छन् ।

दाइजोका कारण १२ जना महिलामाथि कुटपिट भएको छ । ७ जना घर निकाला भएका छन् । ७ जनालाई खान लाउन नदिने, विवाहदर्ता, जन्मदर्ता तथा नागरिकता जस्ता स्रोत सुविधाबाट बञ्चित गरिएको छ ।

४ जनामाथि मानसिक हिंसा भएको छ । १ जनाको हत्या प्रयास र १ जनाले दाइजोको कारणले नै आत्महत्या गरेको ओरेकको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयमा दर्ता भएका र विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका घटनालाई आधार मान्दै ओरेक नेपालले २०७४ फागुन, चैत र वैशाखमा विभिन्न स्वरुपका ५ सय १० वटा महिला हिंसाका घटना भएको जनाएको हो । महिलामाथि आफ्नै श्रीमान र घरपरिवारबाट बढी हिंसा भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: