डिप्रेसनले बनायो यौन दुर्व्यसनी


प्रकाशित मिति :2018-05-25 10:49:23

ललितपुर । एक युरोपेली महिला भन्छिन्, यौन दुर्व्यसनी उनको जीवनमा घातक बन्यो । यसले उनको आफ्नो निकट सम्बन्धहरुलाई पनि तहसनहस पार्यो ।

हाल फ्रान्समा बस्ने ३७ वर्षीया रेबेका बारकर पहिले संयुक्त अधिराज्यको नर्थ योर्कशाएरकी बासिन्दा थिईन् । उनी पहिले यौन दुर्व्यसनीको कुलतमा परिन । यो कुलत लागेको चरम अवस्थामा उनी आफ्नो पुरूष यौन साथीसँग एक दिनमा पाँच पटकसम्म यौन सम्पर्क गर्न चाहन्थिन् ।

परोपकारी संस्थाहरुले रिलेट रेबेका जस्ता यौन दुर्व्यसनीमा परेकाहरूलाई यो कुलतबाट छुट्कारा पाउन थप सहयोगका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा यस प्रकारको दुर्व्यसन सूचिकृत हुनुपर्छ भनेर पैरवी गरिरहेका छन् ।

रेबेका पहिले यौन दुर्व्यसनीमा परेकी थिईन् 

‘यो कुलत यति खराब बन्दै गयो कि एक दिनमा पाँच पटकसम्म यौन सम्बन्ध राखे पनि मलाई पर्याप्त लाग्दैनथ्यो । मेरो तेस्रो बच्चा जन्मे पछि मलाई डिप्रेसनले समात्यो । यो मानसिक रोगले छोएको करिब दुई वर्षपछि मेरो यौन चाहना बढ्दै गयो । यतिसम्म भयो कि म खालि यौन बाहेक अरू केही सोच्न नसक्ने भए’, रेबेकाले भनिन् ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य प्रणालीमा यौन दुर्व्यसनलाई सम्बोधन गर्ने कुनै प्रावधान छैन । तर रेबेका यसलाई पनि लागु पदार्थ र मदिरा दुर्व्यसनहरुलाई जस्तै गरि कानूनी दायरामा ल्याउनु पर्ने विचार राख्छिन् । ‘यो दुर्व्यसनमा म धेरै जकडिएकी थिएँ । म घरबाहिर समेत निस्किन सक्दिन थिएँ, किनभने म जहिले पनि यौन कै बारेमा सोचिरहेकी हुन्थें’, उनले भनिन् ।

निकट भविष्यमा विश्व स्वास्थ्य संघले यौन दुर्व्यसनलाई एक प्रकारको मानसिक असन्तुलनको रुपमा मन्यता दिनसक्ने सम्भावना छ ।
‘यो दुर्व्यसनमा परेका कतिपयलाई सम्बन्धित विज्ञहरुबाट हेरचाह र सहयोगको आवश्यकता पर्छ । त्यस कारण राष्ट्रिय स्वास्थ्य प्रणालीले आवश्यक सेवाहरु विकास गर्नुपर्छ’ मनोचिकित्सक पउल हलले भनिन् ।

‘मलाई थाहा छ यो साँचो कुरा हो । यौन दुव्र्यसन भन्ने अवस्था हुन्छ । मैले यो भोगेको छु र मैले यस्तो अवस्था पार पनि गरिसकेको छु । खुशीको कुरो म अहिले यो समस्याबाट मुक्त भैसकेको छु’ , रेबेकाले भनिन् ।

साभार : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: