सामूहिक बलात्कारमा परेकी बालिकाले न्याय पाईन्


प्रकाशित मिति :2018-05-16 10:30:55

–महिला खबर–

नवलपरासी । सामूहिक बलात्कारमा परेकी नवलपरासीकी एक बालिकाले दुई वर्षपछि न्याय पाएकी छन् । ७२ साल चैत्र १८ गते सामूहिक बलात्कारमा परेकी १५ वर्षकी बालिकाको पक्षमा जिल्ला अदालत नवलपुरले फैसला गरेको छ ।

कावासोतीका कृष्ण महत्तो, विनोद गुरु¨ र केशव थापालाई दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश विदुर कोइरालाको ईजलासले बालिकाको पक्षमा फैसला गरेको हो । तीनै जनालाई १३ वर्ष कैद र एक÷एक लाख क्षतिपूर्ति असुल गर्ने गरी सजाय भएको छ ।

घटना हु“दा बालिका १३ वर्षकी थिईन् । घटना मिलापत्र गर्न राजनैतिक दबाब आएका कारण घटनाको फैसला हुन समेत ढिलाई भएको बालिकाका आफन्तले आरोप लगाउदै आएका थिए ।

घटना पश्चात फरार रहेका तीनै जनालाई राजनीतिक दबाबका कारण प्रहरीले पक्राउ नगरेको भन्दै अधिकारवादीहरुले लगातार १४ दिन राजमार्ग बन्द, प्रशासन कार्यालय बन्द तथा धर्ना लगायका बिरोध कार्यक्रम गरे पछि तीनै जनालाई  २०७३ वैशाख ३ गते प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरि राखेको थियो ।

पक्राउ परेपश्चात हिरासतमा राखि जिल्ला अदालतमा सामूहिक करणीको मुदा दायर गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: