तिलकुमारी एक हप्तादेखि बेपत्ता


प्रकाशित मिति :2018-05-15 15:17:37

–महिला खबर–

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ तिलौली बस्ने एक जना महिला एक हप्तादेखि बेपत्ता छन् ।

पारिवारिक श्रोतका अनुसार ४८ वर्षीया तिलकुमारी हरिजन यहि बैशाख २६ गते बुधबारका दिन सरावल गाउँपालिका वडा नम्बर १ स्थित बासा चोकबाट बर्दघाट औषधि गराउन जाने क्रममा बेपत्ता भएकी हुन् ।

बैजनी रङको लुगा लगाएकी, अनुहारमा कालो कोठी भएकी, गहुगोरो बर्णकी, उचाई करिब ५ फिट भएकी तिलकुमारी धेरै हिँलडुल गर्न नसक्ने अवस्थाकी छन् । उनलाई नवलपरासीका विभिन्न स्थानमा खोजतलास गर्दा पनि फेला पार्न नसकिएको परिवारले जनाएको छ ।

तिलकुमारीको खोजीमा सहयोग गरिदिन उनको परिवारले सबैसँग आग्रह गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: