श्रीमती हत्या गर्ने श्रीमानलाई १० वर्षको कैद


प्रकाशित मिति :2018-05-15 13:38:34

–रुजु खतिवडा–

पाँचथर । आफ्नै श्रीमतीको हत्या गर्ने एक वृद्धलाई जिल्ला अदालत पाँचथरले १० वर्षको कैद फैसला सुनाएको छ ।जिल्ला न्यायाधिश मनोज केसीको एकल इजालसले फिदिम नगरपालिका ३ का ६१ वर्षिय डिकबहादुर मुखियालाई उक्त फैसला सुनाएको हो ।

मुलुकी ऐन महल १० ज्यान सम्बन्धीको १४ नं. को व्यवस्था अनुसार डिकबहादुर विरूद्ध उक्त फैसला गरिएको जिल्ला अदालतले जनाएको छ । डिकबहादुरले गएको फागुन ५ गते ४२ वर्षिया श्रीमती गंगामाया मुखियाको हत्या गरेका थिए ।

पीडितका आफन्त अगमबहादुर मुखियाले ०७४ फागुन ७ गते उनी विरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले डिकबहादुरलाई पुर्पक्षमा राख्न आदेश दिएको थियो ।

मुद्दाको फैसलासँगै हत्या गर्ने डिकबहादुरलाई जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन जबेगुले जानकारी दिए । पीडित पक्षको उजुरीका आधारमा गएको फागुन २० गते डिकबहादुरलाई पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए

अनुसन्धानका क्रममा गएको फागुन ५ गते मध्यराती घरमा कोहि नभएको समयमा श्रीमतीलाई उत्तिसको दाउरा र मुक्का प्रहार गरेर हत्या गरेको खुलेको थियो । त्यसपछि उनले श्रीमतीको शव घर अघिको आलुवारीमा खाल्डो खनेर पुरेका थिए । शव १५ दिनपछि मात्र फेला पारिएको थियो ।

श्रीमतीको हत्यापश्चात सुनुवारले श्रीमती हराएको भन्दै प्रहरी चौकी पौवाभञ्ज्याङमा मौखिक उजुरी दिएका थिए ।हत्या र उजुरीपछि घरैमा बस्दै आएका सुनुवारको गतिविधिमा शंकास्पद रहेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका सुनुवारलाई अनुसन्धान गर्ने क्रममा आफूले श्रीमतीको हत्या गरेको स्विकारेका थिए । शवको गएको फागुन २१ गते जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टम गरिएको थियो ।

यो पनि हेर्नुहोस्

श्रीमतीको हत्या गर्ने मुखिया पक्राउ

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: