अभिभावकले जिम्मा नलिँदा किशोरीको बिचल्ली


प्रकाशित मिति :2018-05-13 15:24:49

–महिला खबर–

पर्सा । अभिभावकले जिम्मा नलिएपछि पर्साकी एक किशोरी बिचल्लीमा परेकी छिन् । वीरगञ्ज महानगरपालिकाकी १८ वर्षीया एक किशोरी घुम्न गएको केटा साथीसँग काकाले नै नाम जोडिदिए पछि बिचल्लीमा परेकी हुन् ।

साथीहरुसँग घुम्न गएका बेला किशोरीको काकाले प्रहरीमा खोजिदिन उजुरी गरेका थिए । तर प्रहरीको सम्पर्कमा आइसकेपछि भने जिम्मा लिन समेत नआएको किशोरीले बताइन् । घुम्न गएको केटा साथी आफ्नो प्रेमी रहेको उनले बताइन् ।

सोही महानगरपालिका वडा नम्बर १२ रानीघाटका पंकज साहसँग विहे गरेको भन्दै किशोरीका आफन्तले खोजतलासको उजुरी दिएका थिए । प्रहरीले किशोरी र पंकजलाई यही बैशाख २३ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराएको थियो ।

प्रहरीले दुबै जनालाई उपस्थित गराउँदा किशोरीका अभिभावक छोरी बुझ्न प्रहरी कार्यलयमा नआएकाले किशोरीलाई समस्या भएको प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र पर्साकी असई सनुजा श्रेष्ठले बताइन् ।

२१ वर्षीय पंकजले १८ वर्षीया भतिजीलाई भगाएको भन्दै सुप्रियाका काकाले प्रहरी कार्यालयमा वैशाख २३ गते उजुरी दिएका थिए । तर, किशोरी र युवक फेला परिसकेपछि प्रहरीले किशोरीलाई घर पठाउन उनका काका, बुबालाई पटकपटक फोन गरे पनि उनीहरु नआएको श्रेष्ठले बताएकी छन् ।

‘प्रहरीले २३ गते नै किशोरीलाई प्रहरी कार्यलयमा उपस्थित गराए पनि परिवारबाट कोही नआउँदा समस्या भएको छ’ असई श्रेष्ठले महिला खबरसँग भनिन्, ‘उजुरी गर्नेहरु प्रहरी कार्यलयमा उपस्थित नहुँदा केटाकेटीलाई त्यत्तिकै छोड्न मिल्दैन । केटालाई अभिभावकको जिम्मा लगाइसकेका छौं । तर केटी पक्ष कोही पनि उपस्थित हुँदैनन् ।’

प्रहरीको जिम्मामा रहेकी किशोरीले भने घरमा आमाबुवाले जबरजस्ती आफ्नो बिहे गर्न खोजेको आरोप लगाएकी छन् ।

साथीसँग घुम्न गएको बेला बिहे गरेको भन्दै अब केटाकै घरमा बस्न दबाब दिएको उनले बताइन् । ‘मेरो उमेरै पुगेको छैन । म पढिसके पछि मात्रै विहे गर्न चाहन्छु ।’ उनले भनिन्, ‘हाम्राबीच प्रेम छ । तर हामी अहिले विहे गर्दैनौं । परिपक्क भएर आ–आफ्नो खुट्टा उभिए भए पछि मात्रै विहे गर्न चाहान्छौं ।’

उनले थपिन्, ‘प्रहरी कार्यलयमा आएको आठ दिन भइसक्यो । म मेरो प्रेमीसँग एक्लै घुम्न पनि गएकी होइन । सामूहिक रुपमा साथीहरुसँगै घुम्न गएका थियौं । त्यही बहाना बनाएर मलाई हराएको भन्दै विहे गरिदिने सोच बनाएका रहेछन् मेरो अभिभावकले ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार केटा पक्षले भने किशोरीका अभिभावकले प्रहरी कार्यालयमा आएर किशोरीलाई आफ्नो जिम्मा लगाइदिए स्विकार्ने बताइरहेका छन् ।

यस्तै केटाका अभिभावकले किशोरीको विहे गर्ने उमेर नभएसम्म आफ्नो छोरा भन्दा बाहिर कतै राखेर पढाउने र त्यो खर्च आफैले व्यहोर्ने बताइरहेको पनि प्रहरीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: