यसरी पुगें ‘कोठी नम्बर ६४’


प्रकाशित मिति :2018-05-10 17:34:52

– प्रतिमा सिलवाल –
बुधबार साँझ ललितपुरमा भेट्दा उनी थकित देखिन्थिन् । आँखा राता थिए, वरपर डिल सुन्निएका । अनुहारमा त्रासको भाव थियो । त्राससँगै मिसिएको थियो बेचिनुको पीडासहितको लज्जाबोध ।

१९ वर्षे अञ्चल किशोरी । प्रेमी मानेका व्यक्तिले खुसी जीवनको सपना देखाए । त्यहि सपनासँगै तानिईन् उनी । परिवारलाई थाहै नदिई सुखमय जीवनको परिकल्पनामा दिल्लीको एक कोठीमा पुगिन् ।

उनलाई सम्झना छ ३ महिना अगाडिको फागुन महिनाको त्यो दिन । दिउँसो करिब ३ बजेको थियो । सुनिल थापा नामको २१ वर्षे युवकसँगै थिईन् । नेपालगञ्जको सीमा नाका हुँदै दुवै भारत छिरे । सीमानामा प्रहरीले सोधपुछ पनि गरेन । प्रहरीले नसोधेको कारण अनुमान गर्दै भन्छिन्, – ‘झोला पनि बोकेका थिएनौं ।’

उनको पाँच महिना अगाडि मात्रै फेसबुक मार्फत सुनिलसँग सम्पर्क भएको थियो । सुनिल थापाको नामबाट फेसबुकमा रिक्वेष्ट आएको थियो । उनले एसेप्ट गरिन् । च्याटमा गफ हुँदै जाँदा किशोरी सुनिलसँग नजिकिईन् ।

फेसबुकबाटै सुनिलसँग माया बस्न थाल्यो । २१ वर्षका सुनिलले पनि माया देखाउन थाले । फेसबुकबाटै बसेको पिरती विवाहसम्म पुर्‍याउन किशोरी राजी भईन् ।

उनका अनुसार सुनिल थापाको घर बाँके कोहलपुरको निबुवा जाने बाटोमा पर्ने चप्पर गौडी हो । सुनिलसँग उनको भेटघाट बाक्लिन थाल्यो । सुनिलले पनि मिठा मिठा सपनामा उनलाई अल्झाउन थाले । ‘भागेर इण्डिया जाने । उतै विहे गर्ने अनि उतै बस्ने सल्लाह भयो ।’ महिलाखबरसँग किशोरीले भनिन्, ‘उसलाई माया गर्थें । इण्डियामा बस्ने भनेपछि घरमा थाहा नदिई भाग्यौं ।’

भारत छिरेपछि सुनिलसँग विहे गर्न आतुर थिईन् । तर, सुनिलले विवाह गरेन । बरु सिधै दिल्ली पुर्यायो । दिल्लीको सरायकालेखामा एक दिन आफूसँग राख्यो । त्यसपछि ठाउँ सारेर रमेश ठाकुरको कोठामा पुर्‍यायो ।

रमेशकहाँ पुर्याउँदासम्म किशोरी ढुक्क थिईन्, ‘सुनिलसँगै विहे हुन्छ । दुबै मिलेर काम गर्ने । कमाउने अनि सुखी जीवन बिताउने ।’ तर, उनको सपना थप एक रात पनि टिकेन ।
‘सुनिल त्यहाँ मलाई छोडेर भागेछ ।’ किशोरीले भनिन्, ‘त्यसपछि पो मलाई बेचेको भन्ने थाहा पाएँ ।’ उनीभित्र आक्रोश पनि छ । तर धक फुकाएर बेचिएको कहानी भन्न सकिरहेकी थिईनन् । उनलाई शरीर बेचिएको लज्जाबोधले गाँजेको थियो ।

रमेश दिल्लीको अर्को दलाल रहेछ । सुनिलले प्रेमको नाटक गरेर लैजाने गरेका किशोरीहरू उसैकहाँ छोडेर नेपाल फर्किने रहेछ । उनले भनिन्, ‘रमेशकोमा ७ जना अरु केटी पनि छन् । सब भन्दा कम उमेकी किशोरी १३ वर्षकी छिन् । ६ जना त सुर्खेतका छन् । ’

रमेश अघोषित कोठी सञ्चालन गरेर बसेको रहेछ । किशोरीको उद्दारमा खटिएका केआइ नेपालका भारत प्रतिनिधि नविन जोशीले भने, ‘रमेशले किशोरीहरूलाई कोठीमा पठाउनुअघि आफ्नो सम्पर्कमा रहेका ग्राहककहाँ किशोरीहरू पठाउने रहेछ ।

उद्दार गरिएकी किशोरीलाई पनि १ महिना रमेशकहाँ राखियो । त्यहाँ राख्दा १५÷१५ दिनको लागि २ ठाउँमा आफूलाई पठाएको उनले बताईन् । ‘हामीलाई लठ्याउन कि सुई लगाइदिन्थ्यो, कि औषधी खान दिन्थ्यो’ उनले भनिन्, ‘त्यसपछि केही थाहा हुन्थेन । उनीहरूले मन लागेको ठाउँमा लगिदिन्थे ।’

१ महिनापछि रमेशले उनलाई दिल्लीको जी.बी. रोडस्थित कोठी नम्बर ६४ मा लगियो । कोठीमा ग्राहक आउँथे । हाटबजारमा सामान छानेझैं सिंगारिएर बसेका युवतीहरू रोज्थे । ति पुरुषसँग शरीर बेच्न तयार हुनुपथ्र्यो ।

उक्त कोठी दुप्चेश्वर गाउँपालिका १, नुवाकोटका निलम्बित वडा अध्यक्ष सुनबहादुर तामाङकी श्रीमती राधा तामाङले सञ्चालन गरेको हो । सुरुसुरुमा किशोरीले यो सबै गर्न मानिनन् ।

‘मैले नमानेपछि साहुनीले रमेशकहाँ पठाईदिईन्’ किशोरीले भनिन्, ‘धन्दा गर्न नमानेपछि रमेशले कहिले हातले कहिले लठ्ठीले कुट्थ्यो ।’
सँधै नमानेर सुख थिएन । शरीर बेच्नकै लागि उनी बिक्री भएकी थिईन् ।

एक महिनाको कोठी बसाईमा उनले सञ्चालकको मन जितिन् । आफ्नो मोबाइल फिर्ता पाईन् । र नेपाल सम्पर्क गरेर घर फर्किने उपाय खोज्न थालिन् । ‘मलाई त्यहाँ बस्न मनै थिएन । मोबाइल पाएपछि बाबालाई फोन गरें ।’ उनले थपिन्, ‘बाबा यहाँ मलाई नराम्रो काम लगाए । म दिल्ली बस्दिन घर आउँछु भनें ।’

घरमा सम्पर्क गरेपछि किशोरीको बुबाले केआइ नेपालसँग सम्पर्क गरी आफ्नो छोरी फिर्ता ल्याउन अनुरोध गरेका थिए । केआइका भारत प्रतिनिधि नविन भन्छन्, ‘हामीले भारतको लागि नेपाली दुतावास, दिल्ली महिला आयोग र स्थानीय प्रहरीसँग समन्वय गरी कोठी छापा मारेर उनलाई उद्दार गरेका हौं ।’

२ महिना दिल्लीको कोठी नम्बर ६४मा बिताएकी उनी अन्ततः नेपाल फर्किन सफल भएकी छिन् । बैशाख २३ गते आइतबार उद्दार गरिएकी उनी ३ दिनसम्म दिल्ली महिला आयोगको संरक्षणमा बसेर बुधबार काठमाडौं आइपुगेकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

रुढ मान्यता भत्काउँदै शान्तिले मनाइन् दसैँ

–महिला खबर– बझाङको सुर्मा गाउँपालिका वडानम्बर १ की शान्तिले सोही गाउँपालिका ३ मा रहेको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: