आमा


प्रकाशित मिति :2018-05-10 14:44:58

म सँग संसार हेर्ने आँखा छन् ,
संसार जित्न सक्ने बलिया पाखुरा छन् ।
संसार डुल्न सक्ने पैतालाहरू छन् ।
तिमीले स्याहारेर
कसिलो पारेको सिंगो शरीर छ

बासुदेब भट्टराई

तर
मैले अँझै सकिरहेको छैन
मिरमिरे पुस माघको जाडोमा,
आकाशमा अस्ताउन लागेको चन्द्रमासँगै
धर्तीमा झरिरहेका
शीतका थोपा जस्तै
तिम्रा परेलीका आँशुहरू पुछ्न ।

असीम बेदनाले सताउँदा
छट्पटाहट र एक्लोपनले छपक्क ढाकिदीँदा
मेरी आमा
तिम्रो आँखाबाट कति आँशुका धाराहरू
बग्ने रहेछन्
अहिले महशुस गर्दैछु ।

वषौको अन्तराल पछि
चोटहरू दुखिरहँदा
तिम्रो जीर्ण शरीरमा
त्यो चकमन्न रात रातहरूमा
अनि ती कोलाहल दिन दिनहरूमा
तिमी कसरी निदाउँथ्यौ होला ?

एक्कासी फोक्सो फुलेर
श्वास प्रश्वासमा अफ्ठ्यारो हुँदा
तिम्रो शरीर थर्थराउँदा
परेलीबाट शीतरुपी आँशुका
ढिक्काहरू तछाड मछाड गरि बर्सिरहँदा,
दमको व्यथाले छटपटि हुँदा
तातो पानी तताई दिने सहारा नहुने
कस्तो बिडम्बना !

तर
दुर्भाग्य म तिम्रो छोरा भैकन
सँधै सँगै तिम्रो साथ बसेर
ती शीतरुपी आँशुका ढिक्काहरूलाई
पुछ्न सकेको छैन ।
असिमित तिम्रा पिडा र व्यथाहरूलाई
अगाल्न सकेको छैन ।
यो समय र परिस्थतीसँग कैद भएपछि ।

आजकल छिनछिनमा चलिरहने
हुरीलाई सम्झिँदा,
तिमीले नै भनेका कुराहरू सम्झन्छु
बाबु जंगलमा हुरीसँग परेका
छौ भने,
तिमी कुनै रुखलाई बलियो गरी समात्नु ।
हो म अहिले हुरीका बीच
जंगलमा एउटा रुखलाई बलियो गरी
समातेर बसेको छु ।
त्यसैले आमा
त्यति धेरै निराश नहुनु ।
तिम्रो स्वास प्रस्वास अबरुद्ध गर्ने
रोगसँग लडेर बस्नु
मनभरी आशाको दियो बालेर बस्नु है
किन कि दुखाई सँधै एकनास कहाँ हुन्छ र ?
चैत्र वैशाखमा चल्ने यो हुरी
ऋतु परिवर्तनसँगै
असोज कार्तिकमा शान्त हुनै पर्छ,
फेरि असोज कार्तिकमा सँगै हप्तौ बिताउला !

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: