संचार माध्यमले प्राथमिकता दिँदैनन् : सांसद महिला


प्रकाशित मिति :2018-05-08 19:30:37

– महिला खबर

ललितपुर । प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसद महिलाले महत्वपूर्ण विषय उठान गर्ने भए पनि सञ्चार माध्यमले प्राथमिकता नदिने गरेको गुनासो गरेका छन् ।

मंगलबार पत्रकार महिलासँग गरिएको छलफलमा सांसद महिलाले राष्ट्रिय मुद्धा लगायतका सार्वजनिक चासोका विषयमा भनाई राख्दा महिला सांसदलाई सञ्चार माध्यमले प्राथमिकता नदिने गरेको बताएका हुन् ।

महिलाका विषय बाहेकका मुद्धामा पनि महिला सांसदहरू विज्ञ छन् । तर सञ्चार माध्यमले पुरुष सांसदलाई प्राथमिकता दिने गरेका प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बहाम्फेले बताईन् ।

उनले महिला सांसद पनि लामो योगदान पछि पदीय दायित्वमा आएको बताउँदैे सांसद महिलाकाे विषय विज्ञता अनुसार प्राथमिकता दिन सञ्चार माध्यमसँग आग्रह गरिन् ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सांसद महिलाले संसदमा सार्वजनिक चासोका कुराहरूमा राखेका भनाइलाई पनि सञ्चार माध्यमले चासो दिनुपर्ने बताईन् ।

छलफलमा प्रतिनिधिसभा सांसद डा. विन्दा पाण्डेले अहिले विभिन्न ऐन तथा नियमावली निर्माणको चरणमा रहेको भन्दै संसदमा प्रस्तावित विधेयकमा सांसद महिलाले महिला पक्षीय संशोधनहरू राख्ने गरेको बताईन् । यद्यपी, सांसद महिलाकाे संशोधन प्रस्तावलाई सञ्चार माध्यमले कम चासो दिने गरेका उनको भनाइ थियो ।

सोही छलफलमा प्रतिनिधिसभा सांसद उमा रेग्मीले महिला सांसदहरू राष्ट्रिय एजेण्डाहरूमा पुरुष सरह विज्ञ भएकोले उनीहरूलाई पनि सञ्चार माध्यममा स्थान दिन अनुरोध गरेकी थिईन् ।

छलफलमा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाले सांसद महिलाले प्रतिनिधिसभा तथा राष्ट्रियसभामा उठान गरेका विषयमा प्राथमिकता दिने गरेको बताईन् ।

अधिकांश पत्रकार महिलाको प्रतिनिधि तथा राष्ट्रियसभामा पहुँच नभएकोले उनीहरूलाई सहज प्रवेश पास उपलब्ध गराउन शर्माले सांसद महिलाको पहल हुनुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी, सांसदहरू पुष्पा भुसाल, मिनाक्षी झा, डिला संग्रौला, अञ्जना विसंख्य, विमला वि.क, सरिता न्यौपाने, रंगमती शाही लगायतले भनाइ राखेका थिए । भने, पत्रकार महिलाहरूले सांसद महिला र पत्रकार महिलाबीच प्रभावकारी समन्वय कायम राख्न सुझाव दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: