‘राज्यलाई महिला क्रिकेटर छन् भन्ने थाहा नै छैन’


प्रकाशित मिति :2018-05-06 11:08:00

-महिला खबर संवाद-

महिला क्रिकेट राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री राज्यको वेवास्ताका कारण क्रिकेटर महिलाहरु पलायन हुने क्रम बढेको बताउँछिन् । देशको प्रतिनिधित्व गरेर खेल खेल्न जाँदा समेत परिवारसँग हात थाप्नुपर्ने, स्पोन्सर खोज्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।

नेपालमा क्रिकेटर महिलाको अवस्था, उनीहरुप्रति राज्यले गरेको लगानी र क्रिकेटर महिलाको विकासका लागि गर्नुपर्ने प्रयासका बारेमा कप्तान क्षेत्रीसँग महिला खबरका लागि सन्दीप विकले गर्नुभएको कुराकानीः

तपाईहरु अब कुन प्रतियोगिता खेल्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय प्रतियोगितामा हामी आइसीसीले इम्प्रुभ गरेको गेम मात्रै खेल्छौ । भारतको चण्डीगढमा आगामी मे २१ तारिखदेखि २५ तारिखसम्म हुने शहीद भगतसिंह अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि पत्र आएको छ ।

आयोजकले पत्र नेपाल नै भनेर पठाएको छ । व्यक्तिगत भनेर पठाएको छैन, हुँदैन पनि । अहिले त्यो टुर्नामेन्ट इन्टरनेशनल नै हो । श्रीलंका, बंगलादेश, भारत, नेपाल गरेर पाँच देश सहभागी हुँदैछन् । आयोजकले बस्ने, खाने र पोशाक पनि दिन्छौ, तर यातायात खर्च तपाईंहरूले व्यहोर्नु पर्छ भनेका छन् । 

कस्तो हुन्छ भने यातायातको खर्च गरेर समस्या त हुँदैन । तर यो जिम्मेवारी त सरकारको हो । व्यक्तिगत खर्च गरेर कति टुर्नामेन्ट भ्याउने खेलाडीले ? खेलाडीहरू कोही काठमाडौंमा छन्, कोही नेपालगञ्जमा छन् । देशभित्रै आवत जावत गर्दा एक जनाको कम्तिमा १५/१६ हजार खर्च हुन्छ । उनीहरू जागिरे पनि होइनन् ।

महिलाहरूलाई यत्रो रकम खर्च गर्न समस्या हुन्छ । त्यति रकम इन्भेष्ट गर्न समस्या हुन्छ । केही रकम त परिवारले गर्न सक्ला तर सबै सक्दैनन् । सबैको परिवार सर्पोर्ट गर्ने खालको पनि हुँदैन । सरकारले केही गरेको छैन, तिमीहरू किन खेल्छौ भनेर घरबाट प्रेसर आइरहेको हुन्छ । यस्तो दुःख देख्दा घरपरिवारले नजा, न खेल भन्छन् ।

भारतमा हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुँदैछौं भनेर कहाँ कहाँ जानकारी गराउनुभयो त ?

मैले खेलकुद परिषदमा चिठी त छोडेको थिए । तर त्यहाँबाट लामो समयपछि मात्रै प्रतिक्रिया आएको छ ।  हामी कसैले केही सहयोग नगरे पनि आफैँ खर्च गरेर भए पनि जान्छाै‌ । तर हामी नेपालको प्रतिनिधि हो भन्ने कुराको सरकारलाई किन हेक्का नभएको होला ? दुःख लाग्छ नी हामीलाई पनि ।

पैसाको अभावले त्यति राम्रो प्रतियोगितामा सहभागी हुन सकेनौं भने त घाटा राज्यलाई नै हो । हामीलाई कति गेमहरुमा खेल्न यातायात खर्च जुटाउनै समस्या हुने गर्दछ । यस्तो हेर्दा त राज्यलाई महिला क्रिकेटर पनि छन् भन्ने कुराको हेक्का नै नभएको जस्तो लाग्छ ।

गेमहरुमा सहभागि हुनका लागि हामीलाई लगभग एक/डेढ लाख रुपैयाँ जति लाग्छ । कहाँबाट ल्याउने तेत्रो पैसा । यातायातमै ८० हजार रुपैयाँ खर्च हुन्छ । त्यो रकम हामी खेलाडीले आफै खर्च गर्न सक्दैनौं ।

यसअघि पनि हामी आफै खर्च उठाएर बंगलादेश गएका थियौं । जसरी भए पनि हामी गयौं । अब नेपालबाट जाँदैछौ भनेपछि जसरी पनि सरकारले, सम्बन्धित निकायले ध्यान दिनु पर्ने हो । क्रिकेटर महिलाहरूको हौसलाका लागि यातायात खर्च मात्रै भए पनि उपलब्ध गर्नुपर्ने हो । जब सरकार छ । खेलकुद परिषद् छ । खेलकुदका नाममा फरक फरक ठाउँमा खर्च गर्दा भइरहेको छ भने क्रिकेटर महिलाहरूको विकास र देशको नाम राख्नुपर्ने ठाउँमा किन लगानी नहुने ?

महिला त्रिकेटरको अवस्था कस्तो छ ?

सरकारले तलबको व्यवस्था गरेको छैन । यस्ता प्रतियोगिताहरू आउँछन् । देख्दा त दुई÷तीन हजार पनि खर्च गर्न सक्दैनौ भनेजस्तो हुन्छ होला । तर घरबाट मागेर कति दिन खेलमा सहभागी हुने ?

घरबाट निस्कियो भने थोरै थोरै खर्च गर्दा पनि धेरै खर्च हुन्छ । नेपालबाटै प्रतिनिधित्व गर्न लाग्दा त सरकारले सरकार हुनुको महसुस गराउनु पर्ने हो । तर विडम्वना हामी आफै स्पोन्सर र पैसा खोज्नुपर्ने बाध्यता छ । देशलाई चिनाउने उच्च इच्छा पनि सरकारको वेवास्ताले मर्छ की भन्ने डर ।

कुनै खेलमा जानु पर्दा घरबाट पैसा माग्नुपर्ने अवस्था छ । उहाँहरूले खेल खेल्न छोडेर विदेश जा भन्नुहुन्छ । कसैले विहे गर भन्नुहुन्छ । कसैले जागिर खाएर बस भन्नुहुन्छ । क्रिकेट खेल्न थाले पछि शुरु भएको आर्थिक अभाव कहिल्यै पुर्ती नहुने जस्तै भो । त्यो पनि देशको पहिचान बनाउने कुरामा लागेका कारण ।

आफ्नै देशले खेलाडीलाई राख्न सक्दैन, तलब दिन सक्दैन भने खेलाडीहरू त्यसै बिलाएर जान्छन् । त्यसो हुँदा हाम्रा ३÷४ जना क्रिकेटर महिलाहरू विदेश गइसक्नु भएको छ । फेरि अरु पनि विदेशीने तयारीमा हुनुहुन्छ ।

क्रिकेटर महिलाहरूप्रति राज्यको यस्तै वेवास्था रहिरह्यो भने नेपालमा क्रिकेटर महिला पनि छन् र भन्दै टर्च बालेर खोज्ने अवस्था नआउला भन्न सकिन्न ।

सन् २०१० को क्रिकेटर महिलाको नामलिस्ट र अहिलेको नाम लिष्ट हेर्दा धेरै फरक छ । जब सिनियरलाई नै राजयबाट आवश्यक सेवा सुविधा दिइदैन भने नयाँ खेलाडीहरू कसरी आउँछन् ? के आधारमा उनीहरूलाई हामीले क्रिकेट खेल भन्नु । यी र यस्ता समस्याका बाबजुद पनि महिला त्रिकेट खेलाडीहरू खेलिराखेको अवस्था छ ।

क्रिकेटर महिलालाई सरकारले वेवास्ता गरेकै हो त ?

 हो, दुई मतै छैन । सरकारले कत्ति पनि ध्यान दिएको छैन हामीप्रति । सरकारले खेलाडीलाई जोगाएर राख्नु पर्छ, तनावमा होइन । अर्को कुरा खेलप्रति उनीहरूको जोस र जाँगर हराउन नदिनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूलाई तलवको व्यवस्था गर्नुपर्छ ।

१० वर्ष देखि हामी क्रिकेटमै समर्पित छौँ । महिला भएका कारण कुनै छुट्टै खालका सेवा सुविधा चाहियो पनि भनेका छैनौं । खेलमा आवश्यक कुराहरू उपलब्ध गराउ भन्दा पनि सरकारले वास्ता गर्ने । हरेक पटक प्रतियोगितामा सहभागी हुनुपर्ने भो भने कसरी राम्रो खेल प्रदर्शन गर्ने भन्ने तर्फ ध्यान दिनुपर्नेमा दाता खोज्न मै ठिक्क हुनुपर्ने बाध्यता ।
हामीलाई सानोसानो कुराले गर्दा समस्या छ । आफै स्पोन्सर खोज्नुपर्ने, गेम खेल्नुपर्ने, देशको लागि पनि सोच्नुपर्ने बाध्यताले तनावै तनाव झेल्नु पर्ने अवस्था छ ।

तपार्इं महिला क्रिकेट राष्ट्रिय टिमकी कप्तान हुनुहुन्छ ? सरकारको सहयोगमा रहेमा टिमलाई कस्तो बनाउने लक्ष्य छ ?

सरकारले यातायात र क्याम्पमा सहयोग गरेमा जुनसुकै टुर्नामेन्टमा हामी राम्रो गर्न सक्छौं भन्ने हिम्मत छ । सरकारले ध्यान दिए हामी जस्तो सुकै खेलमा पनि सफलता प्राप्त गर्नेछौ । सरकारले अवसर देओस्, हामीे परिणाममा सफलता दिनेछौं ।

नेपालमा क्रिकेट खेलाडी महिलाको संख्या कति होला ?

हरेक क्षेत्रमा हाम्रो टिम छ । ९ वटा क्षेत्र एफपीएफ गरेर १० वटा मै हाम्रो टिम छ । तर अहिले ४० जना पुर्‍याउन पनि समस्या छ । हामी त खेलिरहेका छौँ । तर क्रिकेटर महिला महिला भेट्टाउनै गाह्रो भइसक्यो । अब बाँकीका क्रिकेटर महिलाहरूलाई जोगाउने की भगाउने ? सरकारको हातमा छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अब भन्नुस् कसरी काम गर्ने ?

-सुनिता बराल- तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ?

महिला हिंसा अन्त्य गर्न पुरुषलाई सचेत गरिनेः मन्त्री गुरुङ

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको

कोभिडमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार बारे अनलाइन वेबिनार हुँदै

–महिला खबर– कार्यक्रममा युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापा, नेकपाका सांसद विद्या भट्टराई, सांसद

सरकार समक्ष ओरेकको नौं बुँदे अपिल

–महिला खबर– ललितपुर । महिला अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि ओरेकले सरकार समक्ष नौं

अर्थमन्त्री ज्यू, माइतीघर मण्डलाको घेरा तोड्नै पर्ने हो र ?

-भुमिका श्रेष्ठ- आखिर यस्तो कि न त ? तपाईंको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: