उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी


प्रकाशित मिति :2018-04-23 17:45:40

–महिला खबर–

ललितपुर । रामेछाप घर भइ काठमाडौं बस्दै आएकी सुनिता माझी सोमबार महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा भेटिइन् । श्रीमानले अर्कै महिलासँग बिहे गरेर भागेको गुनासोसहित सुनिता कालिमाटी पुगेकी थिइन् ।

दिउँसो साढे १२ बजेको थियो । प्रहरी कार्यालयको प्राङ्गणमा रोइरहेको अवस्थामा भेटिएकी उनका रुदारुदा आँखासमेत सुन्निएका थिए । उनीसँग एकातिर गर्भावस्थाकी आफूलाई श्रीमानले छोडेर गएको पीडा थियो भने अर्कातिर श्रीमान विरुद्ध उजुरी लेख्नका लागि लेखनदासले मागेको २ सय रुपैयाँ थिएन । त्यही पीडा सुनाएर निकै भक्कानिइन् सुनिता ।

प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन लेख्ने पैसा लाग्ने भएकाले आफूसँग पैसा नहुँदा निवेदन लेख्न नपाएको भन्दै निकै भक्कानिइन् सुनिता । उनको रुवावासी सुनेर सेवाका लागि प्रहरीकोमा पुगेका थुप्रै मानिस झुमिए । उनको रोदन सुने । सहानुभूति प्रकट गरे ।

रामेछाप माइती भएकी सुनिता माझीले ४ वर्ष अघि सुनसरीको इटहरीका विक्रम लम्सालसँग विहे गरिन् । घर परिवारलाई थाहै नदिएर १ वर्षसम्म लम्सालसँग प्रेम गरेकी सुनिताले घरमा बिहेको कुरा चल्न थालेपछि बिक्रमसँगको सम्बन्धका बारेमा मुख खोलेकी थिइन् ।

सुनिताको प्रेमलाई परिवारले स्वीकार गर्यो । विहे पनि भयो । विहेको करिब साढे ३ वर्ष त राम्रै भयो । जब श्रीमान अर्कै केटी भगाएर वेपत्ता भए तब उनका दुखका दिन सुरु भए ।

विक्रमको लामो समयदेखि काठमाडौंमा साझा यातायातको बस चलाउने काम थियो । काठमाडौंको कालीमाटी, बल्खु चल्ने साझा यातायात बसका चालक विक्रम दोस्रो विहे गरेर अहिले फरार छन् ।

विहे पछि काठमाडौंमा श्रीमती सुनितासँगै बस्दै आएका विक्रम अर्को महिलालाई भगाएर फरार रहे पछि ६ महिनाकी गर्भवती सुनिताले श्रीमान खोजिदिन आग्रह गर्दै प्रहरी कार्यालय पुगेको बताइन् ।

सँगै मर्ने र सँगै बाँच्ने बाचाकसम खाएर विक्रमसँग रामेछापबाट इटहरी नाता गाँस्न पुगेकी सुनिताले रुँदै भनिन्, ‘पेटमा ६ महिनाको गर्भ छ । २ महिना भयो कोठा भाडा नतिरेको । श्रीमान अर्कै केटी लगेर कहाँ गयो थाहा छैन । के गरौं ? कहाँ जाउँ ? कसलाई भनौं ?’

१० दिन पहिले विक्रम फरार भए । भक्तपुरमा रहेको काँडाघारी प्रहरी चौकीमा श्रीमान खोजी गरी पाउँ भन्दै उजुरी दिए पछि फरार भएको पाँच दिन पछि प्रहरीले विक्रमलाई पक्राउ गर्यो । काँडाघारी प्रहरी चौकीमा उनीहरु बीच मिलापत्र भयो ।

विक्रमले मैले अर्को बिहे गरे पनि तिमीलाई पाल्छु, दुख दिन्न भनेपछि काँडाघारी प्रहरी चौकीले आफूलाई मिलापत्र गराएर घर फर्काएको उनले बताइन् । मेलमिलाप गरेर घर फर्केका श्रीमान फेरि फरार भए पछि उनी महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा पुगेकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: