उपमेयरका छोरा सरकारी विद्यालय भर्ना


प्रकाशित मिति :2018-04-23 13:49:26

–ज्ञानु पंगेनी–

नवलपरासी । देशव्यापी रुपमा भर्ना अभियान चलिरहदा नवलपुरको देवचुली नगरपालिकाकी उपमेयर पार्वता तिवारीले आफ्नो छोरालाई सरकारी विद्यालय भर्ना गराएकी छन् ।

सरकारी कर्मचारी, शिक्षक लगायतले सरकारी विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि चासो नदिएको भन्ने आवाजसँगै आफ्ना छोराछोरी समेत सरकारी विद्यालय भर्ना गर्नु पर्छ भन्ने बहस चलिरहेका बेला उपमेयर तिवारीले आफ्नो छोरालाई देवचुली नगरपालिका ७ स्थित भिमसेन आदर्श माविमा भर्ना गरेकी हुन् ।

यसअघि नीजि विद्यालयमा पढ्दै आएका छोरा करुण पराजुलीलाई कक्षा ९ मा भर्ना गराएको पार्वताले बताइन् । ‘सरकारी विद्यालयको गुणस्तर बढाउनका लागि सबैले चासो दिन आवश्यक छ’ उपमेयर तिवारीले भनिन् । यसैको अभ्यासका लागि आफूले पनि आफ्नो छोराको भर्ना सरकारी विद्यालयमा गराएको उनको भनाइ छ । ‘भर्नासँगै चासो बढ्छ र शिक्षाको गुणस्तर बृद्धिका लागि पनि मद्धत पुग्छ’ उपमेयर तिवारीले विश्वास व्यक्त गरिन् ।

यस्तै देवचुली नगरपालिका वडा नम्बर ६ का वडा वडा अध्यक्ष मिन वहादुर सोतीले पनि आफ्नी नातिनीलाई सोही विद्यालयमा नै भर्ना गरेका छन् । यसअघि नीजि विद्यालयमा पढेकी नातिनीलाई वडा अध्यक्ष सोतीले कक्षा ६ मा भर्ना गरेका हुन् ।

पछिल्लो समय सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको र जनप्रतिनिधीका छोराछोरी पनि सामुदायिक विद्यालमा पढेका छन् भन्ने छाप बस्यो भने सामुदायिक विद्यालयप्रति सर्वसाधारणको आकर्षण बढ्ने हुँदा एउटा सामाजिक दायित्व बोध गरेर नातिनीलाई सरकारी विद्यालयमा भर्ना गरेको वडा अध्यक्षले सोतीले बताए ।

उपमेयर तिवारीका छोरा र वडा अध्यक्ष सोतीका नातिनीले विद्यालयमा प्रवेश परीक्षा पनि दिएका छन् ।

उक्त विद्यालयमा नया“ भर्नाका लागि कक्षा ६ देखि ९ सम्म शनिबार २ सय ४४ जना विद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् । विद्यार्थी भर्नाका लागि विद्यालयले हरेक वर्ष नया“ विद्यार्थीहरुको प्रवेश परीक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले बताए ।

विद्यालयमा नया“ भर्नाका लागि आउने विद्यार्थीहरुको चाप बढिरहेको र सिमित स्रोतका कारण पनि प्रवेश परीक्षा लिएर निश्चित संख्यामा नयाँ भर्ना लिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बलात्कारी पक्रन सीमामा कडाइ

-महिला खबर- ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था

सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत

–महिला खबर– ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश

मान्द्रो बुनेर आत्मनिर्भर

–कृञ्जला पुलामी– सिन्धुली । सिन्धुलीका महिलाहरु मान्द्रो बुनेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका अति सीमान्तकृत

महिलाका समस्याको मुख्य कारक मदिरा

बिर्मलादेवी बुड्थापा उपप्रमुख, साँफेबगर नगरपालिका अछाम मदिरा बेचविखन गर्न निश्चित समय तोकेका छौं । बेलुका

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

–उषा किरण पन्थ – दाजुभाइ रुँदा छोरा मान्छे भएर नि रुन्छन् ? भन्यौ ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: